रुसी अधिकारीहरूका अनुसार साइबेरियाको केमेरोभोको शपिङ सेन्टरमा आगलागीपछि ५० जनाको ज्यान गएको छ भने १६ जना हराइरहेका छ्न्।
धेरै किनमेल केन्द्र रहेको त्यो कम्प्लेक्समा रहेको सिनेमा हलबाट आगो शुरु भएको अधिकारीहरूको आशंका गरिएको छ।
आगलागीमा परी कैयौँ बालबालिकाको ज्यान गएको छ।
‘अनुसन्धान’
भिडिओ फुटेजहरूमा आगो छिटो फैलिरहेको र कतिपय मानिसले आफ्नो ज्यान जोगाउन झ्यालबाट हामफालिरहेको देखिएको छ।
आगलागीको बेला बाक्लो धुँवाले भवनलाई छोपिरहेको देख्न सकिन्छ।
आगलागीको कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान थालेका छन्।



