११ चैत, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर ‘बल टेम्परिङ’ विवादमा फसेका छन् । अष्ट्रेलिया क्रिकेट बोर्डले यसबारे छानविन थालेको छ ।
अफि्रकाविरुद्धको तेस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका हुन् । उनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।
के हो बल टेम्परिङ ?
अष्ट्रेलियाका कप्तान स्टिभ स्मीथले यो गम्भीर र आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् ।
बेनक्राफ्टले ‘बल टेम्परिङ’ गर्दै गरेको भिडियो फुटेज नै सार्वजनिक भएको छ ।
खेल ४३ ओभरमा चलिरहँदा फिल्डिङमा रहेका बेनक्राफ्टको हातमा बलसँगै शंकास्पद बस्तु देखिएको थियो । लगतै अम्पायर निजेल लग र रिचर्ड इलिङ्गवर्थले सामान्य सोधपुछ गरेका थिए ।
अम्पायरले सोध्नुअघि बेनक्राफ्टले आफ्नो ट्राउजरभित्र छोटो एक पहेँलो बस्तु राखेको देखिएको थियो । जब अम्पायर उनीसँग कुरा गर्न गए, उनले ट्राउजरको खल्तीबाट चस्मा सफा गर्ने मुलायम कपडा जस्तो बस्तु निकालेर देखाए ।
अम्पायरले कुनै कारवाही गरेनन् । बल पनि परिवर्तन गरेनन् । तर, भिडियो फुटेजमा भने उनले हातमा पहेँलो पेट टाँसेर रगडेको देखिन्छ, जुन गैरकानुनी हो ।
उनले टेप जस्तो देखिने पहेँलो बस्तु हातमा टाँसेका थिए र त्यही हातले बल घोट्छन् । यसो गर्दा बल एउटा भाग खस्रो हुन्छ र स्वीङ गराउँछ ।
हेर्नुस् भिडियो
कप्तानलाई पहिल्यै थाहा थियो !
बल टेम्परिङको भिडियो नै सार्वजनिक भएपछि बेनक्राफ्टले माफी मागेका छन् ।
साथै अष्ट्रेलिया क्रिकेट कप्तान स्टिभ स्मिथले यसबारे आफूसहित केही सिनियर खेलाडीलाई पहिल्यै थाहा भएको बताएका छन् । तर, अरु खेलाडीको नाम खुलाएनन् ।
उनले बल टेम्परिङ गम्भीर गल्ती भएको स्वीकार गरे । उनले भने, ‘अबका दिन यस्तो हुन्न ।’
तर, उनले कप्तानबाट राजीनामा नदिने बताएका छन् । स्मिथले भनेका छन्, ‘राजीनामा दिने कुनै सोच छैन । यो पदका लागि उपयुक्त छु भन्ने लाग्छ ।’
क्रिकेट अष्ट्रेलियाले भने दुई अधिकारीलाई दक्षिण अफ्रिका पठाएर अनुसन्धान गर्दैछ ।
यो भिडियो फुटेजको आधारमा यदि गलत गरेको पाइएमा बेनक्राफ्टमात्रै होइन, अष्ट्रेलिया क्रिकेट कप्तानलाई समेत कारवाही हुनसक्ने बताइन्छ ।
बल टेम्परिङलाई लिएर क्रिकेट अष्ट्रेलियाको निकै आलोचना भइरहेको छ र धेरैले अष्ट्रेलिया क्रिकेटको इतिहासमा ‘कालो दिन’ भनेेका छन् ।
onlinekhabar


