×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धार्चेले सार्वजानिक निजी साझेदारी मोडललाई जोड दिने

  •  
  • आइतबार, चैत ११, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    चैत्र ११ गते । सरकारी क्षेत्रको एक्लो प्रयासले मात्र स्थानीय तहको समृद्धि सम्भव नभएको धार्चे गाउँपालिकाले निष्कर्ष निकालेको छ । सरकारी सिमित श्रोत र साधनले गाउँपालिकाबासीको अपेक्षा पुरा गर्न नसक्ने भन्दै धार्चेले सार्वजानिक निजि साझेदारी बिधिलाई जोड दिने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले बताए । ‘हामी धार्चेमा बढि भन्दा बढि निजि क्षेत्रका साथीहरुलाई भित्रयाउन चाहान्छौ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ’ उनले भने । पर्यटन उद्योगलाई मुख्य प्राथमिकतामा राखेर पहिलो वर्षको निति तथा कार्यक्रम निर्माण गरेको धार्चेले त्यससँग सम्बन्धित विभिन्न शीर्षकमा लगानीका लागि निजि क्षेत्रलाई आब्हान समेत गरेको छ ।

    गोरखा समाचारसँग कुराकानी गर्दै गाउँपालिका प्रमुख गुरुङ भन्छन ‘लगानीको वातावरण निर्माण गरिदिन्छौ, त्यसको सुरक्षाको ग्यारेन्टी समेत गर्छौ, त्यसले इन्छुक व्यक्ति, सस्थाहरुलाई लगानीको लागि आब्हान छ ।’ पर्यटन उद्योगलाई लक्षित गर्दै नेपाल मै पहिलो पटक आउट डोर ग्यालेरी स्थापना, गोरखामा पहिलो पटक प्याराग्लाइडिङ सेवा, सामुदायिक वन भित्र सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट निर्माण लगायतका कार्यक्रमहरु सुरु भइसकेको गुरुङले बताए ।

    गाउँपालिका र जिल्ला वन कार्यालयको समन्वयमा सामुदायिक तथा कवुलियती वनमा व्यवसायिक रुपमा जडीबुटी खेती गरी सोही ठाउँमा प्रशोधनका लागि आवश्यक पुर्वाधार निर्माण गर्ने गरी प्रक्रिया अगाडी बढाइएको छ । ‘हाम्रो उदेश्य धार्चेलाई गोरखाको पर्यटनको केन्द्र बनाउने हो । त्यससँग सम्बन्धित बिकास पुर्वाधार अन्य लगानीका क्षेत्रहरुमा निजि क्षेत्रलाई मौका दिनुपर्छ भन्ने मान्यताका साथ हामी अगाडी बढेका छौ’ गुरुङले भने । धार्चे गाउँपालिका कला सस्कृतिको हिसाबले पनि धनि रहेको भन्दै गाउँपालिकाले स्थानीय सस्कृतिको जगे्रना गरी विभिन्न ठाउँमा होमस्ट्रे सञ्चालन गरेर पर्यटकलाई सुबिधा दिने योजना बनाएको छ ।

    बिस्तारै उत्तरी गोरखा पनि सडक सञ्जाल सँग जोडिन थालेकाले परम्परागत पदमार्गहरु हराउने अबस्था सृजना भएको भन्दै त्यसको सरक्षण गरी नयाँ पदमार्ग पहिचान गर्ने गुरुङले बताए । ‘अब पुरानो किसिमले त्यहाँको बिकास हुँदैन हामी निति नियम निर्माण गछौं, त्यसमा स्थानीय जनता, विभिन्न सघं सस्था, निजि क्षेत्र सबैलाई सहभागी गराएर अगाडी बढाउँछौ ।’ सिमित सरकारी रकमले जनताको चाहना र तिब्र बिकासको आकाक्षा पुरा नहुने भएकाले सार्बजानिक निजि साझेदारी कार्यक्रमलाई जोड दिएको उनको दाबी छ ।

    सो कार्यले उक्त क्षेत्रको बिकास र जनताको जिवन स्तर उकास्न मद्धत मिल्ने विश्वास लिइएको छ । ‘सरकारी क्षेत्रले मात्र काम गर्ने हो भने अब सय वर्ष पनि केही गर्न सकिदैन, बिकासका काम निजि क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्छ, सबै मिल्यौं भने आर्थिक सम्बृद्धी छिटो आउँछ’ गुरुङले भने ।

    सार्वजानिक निजि साझेदारी कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आवश्यक अध्ययन गरी केही काम समेत थालनी गरिसकेको भन्दै उनले छिट्टै स्पष्ट खाका बनाएर औपचारिक ढङ्गले लगानीका लागि आग्रह गर्ने तयारी भइरहेको गुरुङले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.