×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली

  •  
  • शनिबार, चैत १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेन्द्र काफ्ले

    पैसा लिएर मानव तस्कर हिँडेपछि भोकभोकै

    काठमाडौँ: मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो ।

    अमेरिका पुर्‍याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन् ।

    करिब ४ सय अलपत्र

    मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ ।

    अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिं‌कांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् ।

    अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन् बिजोग भएको छ ।

    अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए । उनले कोष्टारिकासम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए । ‘भएका पैसा सकिएपछि धेरै नेपालीको विचल्ली भएकोछ’, उनले भने, ‘म ३ हजार अमेरिकी डलर डलर तिरेर कोष्टारिका आइपुगेको छु । यहाँबाट न अघि बढ्ने अवस्था छ न त पछाडि फर्कन नै सक्छु ।’

    बाटैमा जान्छ ज्यान

    मानव तस्कारको पछि लागेर उक्त रुटबाट अमेरिका पुग्ने सपना बोकेर हिँडेका कयौँ नेपाली बीच बाटैमा ज्यान समेत गुमाउने गरेका छन् । नेपालीहरु भारतको दिल्ली, रुसको मस्को, स्पेन र बोलिभियासहितका देश हुँदै कष्टपुर्ण यात्रा झेलेर जल र स्थल मार्गबाट अमेरिका तर्फ हान्निने गरेका छन् ।

    मानव तस्करले मोटो रकम लिएर जहाज, डुंगा, रेल र ट्रकमार्फत जोखिमपूर्ण तरिकाले विभिन्न देशका मान्छे अमेरिका पुर्‍याउँदै आएका छन । पछिल्लो समय तस्करले नेपालीलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्‍याउने भनेर लाने गरेका छन् ।

    अमेरिका जाने सपनासहित नेपालीले ४० देखि अधिकतम ७५ लाखसम्म रकम खर्च गरेर खर्च गर्छन् । पछिल्लो समय डोनाल्ड ट्रप राष्ट्रपति भएपछि मेक्सिकोको सीमामा कडाई गरिएको छ ।

    त्यसैगरी आप्रवासीप्रति कडा नीति लिएपछि गैरकानुनी रुपमा प्रवेशी गर्ने नेपालीलाई अमेरिका असहज भएको छ । अमेरिका प्रवेश गर्ने मेक्सिकोको नाकामा कडाइ भएका कारण सयौँ नेपालीको विभिन्न ल्याटिन अमेरिकी मुलुकमा बिचल्ली भएको हो ।

    दलाल बोल्नै चहाँदैनन्

    नेपालीहरुलाई अमेरिका लाने काममा सक्रिय काठमाडौँका प्रकाश श्रेष्ठले यसबारेमा बोल्नै चाहेनन् । उनले आफुलाई नेपाली अपलपत्र परेकोबारेमा थाहा नभए भन्दै बोल्नै तयार भएनन् । ‘मलाई थाहा छैन’उनले यति मात्रै उत्तर दिए । तर, पीडित नेपालीहरुले उनीसहितका ५ जना भन्दा धेरैले लाखौँ पैसा लिएको भन्दै सम्पर्क नम्बर पनि दिएका छन् ।

    परराष्ट्र के भन्छ ?

    परराष्ट्र मन्त्रालयका प्रवक्ता भरताराज पौडेलले मानव तस्करले उक्त रुटबाट अबैध रुपमा नेपालीलाई अमेरिका लाने गरेको धेरै घटना भेटिएका बताए । उनले मानव तस्करले अलपत्र पारेका धेरै नेपालीलाई पटक पटक परराष्ट्र मन्त्रालय र वासिङटन डिसीस्थित नेपाली राजदुतावासको पहलमा उद्धार गरिरहेको जानकारी दिए ।

    पौडेलले जोखिमपूर्ण रहेको भन्दै पटक जमिनको बाटोबा अमेरिका नजान समेत नेपालीलाई सचेत गराइरहेको बताए । ‘हामीले धेरैको उद्धार गरेका छौँ, त्यो बाटो अमेरिका पुर्‍याउने भन्दै धेरै नेपालीलाई मानव तस्करले विचल्ली बनाएका छन्’, उनले भने, ‘त्यो बाटो जोखिमपूर्ण छ भनेर पटक पटक सचेत समेत गराइरहेका छौँ ।’उनले पछिल्लो घटनाबारे आफूहरुसँग सूचना नआएको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.