×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आफ्नो व्यापारिक हितको रक्षा गर्छौं: चीन

  •  
  • शनिबार, चैत १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ उत्पादनहरूमाथि उच्च कर लगाइने जनाएपछि चीनले व्यापारसम्बन्धी आफ्ना हितहरूको बचाउ गर्ने भन्दै अमेरिकालाई सावधान गराएको छ।

    चीनका उप-प्रधानमन्त्री ल्यू ख र अमेरिकी आर्थिक मामिला मन्त्री स्टीभन मनुशिनबीच भएको टेलिफोन संवादमा बेइजिङको त्यस्तो प्रतिक्रिया आएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्मको कर लगाउने घोषणा गरेका थिए।

    डर

    अमेरिकाको त्यस्तो कदमले विश्वबजारमा तरंग देखिएको छ र व्यापार युद्ध हुनेसक्ने डर उत्पन्न गराएको छ।

    मनुशिनसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङका शीर्ष आर्थिक सल्लाहकार रहेका ल्यूले, उनकै शब्दमा, बेइजिङ आफ्नो राष्ट्रिय हितको रक्षा गर्न तयार भएको तर दुवै पक्षले विवेकको प्रयोग गर्ने र सहकार्य गर्नेप्रति आशा पनि व्यक्त गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

    ट्रम्प

    अमेरिकी राष्ट्रपतिले बिहीवार चर्को कर शुल्क लगाइने घोषणा गरेयता सबैभन्दा शीर्ष तहबीच भएको ठानिएको कुराकानीका क्रममा अमेरिकाले चिनियाँ बौद्धिक सम्पत्तिसम्बन्धी अभ्यासहरूमाथि छानबिन गरेर अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लंघन गरेको आरोप ल्यूले लगाए।

    व्यापारसम्बन्धी तनावहरूका माझ विश्व व्यापार संगठनका निर्देशक रोबर्टो आजभेइडुले नयाँ व्यापार बन्देजहरूले “विश्व अर्थतन्त्रलाई जोखिममा पार्ने” बताएका छन्।

    प्रभाव

    ट्रम्पले चीनमाथि चर्को कर शुल्क लगाउने अमेरिकी कदमले परिणाम देखाउन सुरू गरिसकेको बताएका छन्।

    ट्रम्पले शुक्रवार भनेका थिए, “अन्य धेरै देश समान व्यापार सम्झौताहरु गर्न अहिले हामीसँग छलफल गरिरहेका छन्।”

    ट्रम्पको त्यस्तो कदमको बदलामा चीनले दैनिक उपभोग्यका सामान र एलम्युनियमका सामग्रीमाथि प्रस्तावित ३ अर्ब डलरको कर लगाउने योजना बनाइएको चीनले जनाएको छ।

    बेइजिङले “आफू व्यापार युद्धबाट नडराएको” तर निरन्तर वार्तामार्फत् त्यस्तो अवस्था आउन नदिनेप्रति आफू आशावादी भएको भन्दै अमेरिकालाई सावधान गराएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.