×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कतारः रेमिट्यान्स सहज बनाउन पहल

  •  
  • शनिबार, चैत १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कतारबाट रेमिट्यान्स पठाउने प्रक्रिया सहज बनाउन कतारको केन्द्रीय ब्याङ्कलाई अनुरोध गरिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

    छिमेकी देशहरूले नाकाबन्दी लगाएपछि कतारका रेमिट्यान्स कम्पनीहरूले रकममा सीमा तोकिदिएपछि नेपाली कामदार मर्कामा परेका छन्।

    नेपालीहरूले पैसा पठाउने प्रक्रिया महँगो र झन्झटिलो भएको गुनासो गरेपछि दूतावास सक्रिय भएको हो।

    नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर परेपछि कतारमा डलरको अभाव रहेको भन्दै त्यहाँका विप्रेषण अर्थात् रेमिट्यान्सको कारोबार गर्ने कम्पनीहरूले पैसा पठाउन सीमा तोकेको नेपाली कामदारहरू बताउँछन्।

    समाधान

    त्यस्तो नियमका कारण नेपाली कामदारलाई त्यहाँ कमाएको पैसा घर पठाउन परेको समस्याबारे सम्बन्धित निकायलाई अवगत गराइएको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बताए।

    उनले भने, “यहाँका रेमिट्यान्स कम्पनीहरूले एक पटक पैसा पठाउँदा कहिले १५ सय, कहिले हजार रियालभन्दा बढी नपठाउने गरेको पाँच-छ महिना भइसकेको रहेछ। हामीले कतारको केन्द्रीय ब्याङ्कसँग कुरा गरेका छौँ। उहाँहरुले यो निमयविपरीत रहेको र यो समस्या समाधान गर्छौँ भन्नुभएको छ।”

    यसरी पैसा पठाउँदा प्रत्येक पटक रेमिट्यान्स कम्पनीलाई १८ रियाल अर्थात् करिब ५ सय रूपैयाँ शुल्क तिर्नपर्ने व्यवस्था रहेको छ।

    कामदार

    श्रम मन्त्रालयका अनुसार कतारमा ४ लाख ५० हजारभन्दा बढी नेपाली विभिन्न पेशामा कार्यरत छन्।

    तीमध्ये अधिकांश न्यून पारिश्रमिकमा काम गरिरहेको बताइन्छ।

    शुल्क

    यसरी प्रत्येक पटक पैसा पठाउँदा तिर्नपर्ने शुल्कले आर्थिक भार थपिएको कतारमा रहेका नेपालीहरू बताउँछन्।

    नयाँ नियम लागू भएयता कतारबाट आउने रेमिट्यान्समा पनि केही कमी आएको नेपाल रेमिटर्स अशोसिएसनका महासचिव सुमन पोखरेलले बताए।

    उनले भने, “कतारको केन्द्रीय ब्याङ्कले त्यहाँबाट पैसा पठाउने हाम्रो साझेदारलाई धेरै डलर उपलब्ध नगराएको भएर उनीहरूले पैसा पठाउँदा एउटा सिमा तोकिदिएको छ। र यसले गर्दा भनेको जती पैसा पठाउन नसक्ने समस्या देखिएको छ।”

    केहि समययता नेपाल भित्रिने विप्रेषणमा सबैभन्दा धेरै योगदान कतारको रहने गरेको थियो।

    गत वर्ष उक्त देशबाट करिब एक अर्ब विप्रेषण भित्रिएको थियो।

    तर कतारको अर्थतन्त्रमा परेको समस्याको छायाँ नेपालले प्राप्त गर्ने विप्रेषण आम्दानीमा पनि परेको अधिकारीहरूले बताएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.