×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पार्टीको विशेष महाधिवेशन बोलाउन माग

  •  
  • शनिबार, चैत १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राधा चालिसे

    काठमाडौंँ, चैत १० गते । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको कारणको समीक्षा गर्नका लागि बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरिएको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्य समितिको बैठक शुक्रबार शुरु भएको बैठकमा पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै यस्तो माग गरिएको हो ।
    पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा शुक्रवार आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरूले नेतृत्वको तीखो आलोचना गर्दै शीघ्र पार्टीको विशेष महाधिवेशन बोलाउन दबाब दिएका हुन् ।
    बैठकमा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य नारायण खड्काले सबैभन्दा ठूलो पार्टी काँग्रेस पराजय हुनुमा नेतृत्वको अनेक कमजोरी रहेको भन्दै निकास जरुरी रहेको मत राखेका थिए ।
    बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहले नौ पृष्ठ लामो लिखित प्रस्ताव राख्नुभएको थियो । उहाँले काँग्रेसले भाग लिएको निर्वाचनमा अहिलेको जस्तो लज्जास्पद पराजय विगतमा कहिल्यै नभोगेको भन्दै थप्नुभयो,‘ निर्वाचनमा किन जनताले काँँग्रेसलाई निर्मम तवरले दण्डित गरे त्यसको गहिरोसँंग समीक्षा गर्नु जरुरी छ । ’
    उहाँले पार्टीले आगामी दिनमा लिनुपर्ने सैद्धान्तिक एवं नीतिगत सुझाव पनि दिनुभयो । त्यसक्रममा पार्टीको वैचारिक मुद्दालाई जनभावना, समयको माग र प्रजातान्त्रिक मूल्य मान्यता अनुसार परिवर्तन, परिमार्जन वा पुनः परिभाषित गरिनु जरुरी भएको उहाँको भनाइ थियो ।
    नेता सिंहले नेपाली काँग्रेसले वामपन्थी भाषामा वा उग्र दक्षिणपन्थी अतिवादमा फसेर आफ्नो अस्तित्व कायम गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले पार्टी सभापतिले नेकपा माओवादी केन्द्रसँंग आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र चितवनमा प्रचण्डपुत्रीलाई मेयरमा जिताउन खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ताकेन्द्रित राजनीतिको पराकाष्ठा भएको टिप्पणी गर्नुभयो ।
    पूर्व महामन्त्री सिंहले मधेशकेन्द्रित दललाई मनाउने क्रममा नेपाली काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको औचित्य सिद्ध गर्न नसक्दा तरार्ई र पहाड दुवैतिर हार बेहोर्नुपरेको मत पनि राख्नुभयो । बैठकमा अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पार्टीले अवलम्बन गरेको नीति, योजना र कार्यक्रमको समीक्षा गर्दै त्यसमा दोष पार्टी सभापति र वरिष्ठ नेताको रहेको बताउनुभयो । उहाँले विशेष महाधिवेशन बोलाएर पार्टीलाई नयाँ ढङ्गले अगाडि लैजानुको विकल्प नरहेको धारणा राखेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।
    अर्का नेता डा. नारायण खड्काले पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि स्थायी रूपमा गुटगत संस्कृतिको विकास हुनु दुर्भाग्यपूर्ण भएको धारणा राख्नुभयो ।
    निर्वाचनमा पार्टी पराजयको मुख्य कारण गुटको राजनीति नै भएको भन्दै जति सक्यो छिटो त्यसको अन्त्य गर्न पार्टी नेतृत्व लाग्नुपर्ने सुझाव दिनुभएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । बैठक शनिबार पुनः बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.