×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २२ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

७ अर्बको सामानमा भन्सार छली

  •  
  • बुधबार, चैत ०७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     श्रीधर खनाल 

    चैत ७, २०७४ काठमाडौं : संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो।

    खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट बिनाभन्सार नेपाल आएको छ। भारतको वाणिज्य विभागमा अभिलेख भएको तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अन्तर निकाल्दा यस्तो पाइएको हो। नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो।

    सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगस्टदेखि डिसेम्बरसम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ।

    भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ। यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ।

    भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिव भण्डारी भारतबाट आयात गरिएका सामानमा १२ प्रतिशत ढुवानी भाडा र बिमा खर्च जोडेर भन्सार गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘भाडा र बिमाको खर्च आयातित सामानको मूल्यमै जोडिन्छ। त्यसपछि मात्र भन्सारको अभिलेखमा सामानको आयात मूल्य कायम हुन्छ।’ भाडा र बिमालाई जोडेको रकम समावेश गर्दा सन् २०१७ को पछिल्लो पाँच महिनामा भारतबाट आयात भएको सामानको मूल्य तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ हुन आउँछ। विभागका निर्देशक भण्डारी भारतबाट नेपालमा अनौपचारिक रूपमा सामान आउने भएकाले उताबाट आएको भन्दा कम सामान भन्सारमा अभिलेख भएको बताउँछन्।

    भारतको वाणिज्य विभागको तथ्यांकले सन् २०१७ को डिसेम्बरमा भारतबाट नेपालमा ४० अर्ब १६ करोड ११ लाख भारतीय रुपैयाँको सामान आएको देखाउँछ। नेपाली रुपैयाँमा रूपान्तर गर्दा आयातमूल्य ६४ अर्ब २५ करोड ७७ लाख हुन आउँछ। यसमा १२ प्रतिशत खर्च जोड्दा ७१ अर्ब ९६ करोड रुपैयाँ हुन आउँछ। यही अवधिमा भारतबाट ७० अर्ब २९ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ। एक महिनामा मात्र भारतले निर्यात गरेभन्दा एक अर्ब ६७ करोड रुपैयाँ कमीको सामान नेपाल आएको देखिन्छ। वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल भारतीय भन्सार आधुनिक नहुँदा तथ्यांक तल–माथि पर्ने बताउँछन्। उनले भने, ‘भारतीय भन्सारले कागजमा राख्ने अभिलेखका कारण आयातको तथ्यांक सही नहुन सक्छ।’

    राष्ट्र बैंकले ०७३ सालमा गरेको अध्ययनअनुसार नेपालको भन्सार र भारतको भन्सारको अभिलेखमा आयात–निर्यात भिन्नता औसत ३५ दशमलव पाँच प्रतिशत रहेको देखिएको छ। गैरकानुनी व्यापार बढेको भन्दै गत वर्ष भारतले गुड फर सर्भिस ट्याक्स (जेएसटी) लगाउने निर्णय गरेको थियो।

    राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भारतबाट हुने गैरकानुनी आयात रोक्न अर्थमन्त्रीले सन्दर्भ मूल्यको विषय अगाडि सारेको बताउँछन्।

    उनी भन्छन्, ‘हामीले पछिल्लो समय अनुसन्धान गरेका छैनौं। मन्त्रीको पछिल्लो निर्देशनले यस्तो आयात घटेको होला भन्ने अनुमान लगाउन सकिन्छ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.