×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रहरी हुँ भन्दै, ठग्दै

  •  
  • सोमबार, चैत ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • बर्दीमा खिचेको तस्बिर र नक्कली परिचयपत्र देखाउँदै ठग्ने गिरोह नै सक्रिय
    • नक्कली सशस्त्र प्रहरी महिला पक्राउ
    • ठगको फन्दामा प्रहरी नै

    जनकराज सापकोटा

    चैत्र ५, २०७४ काठमाडौँ —  सशस्त्र प्रहरीको फौजी पोसाकमा उभिएका अनेक फोटो देखिन्छन्, मन्जु बुढाथोकीको फेसबुक पेजमा । एउटा फोटोमुनि एक प्रयोगकर्ताले कमेन्ट लेखेका छन्– सेवा नै धर्म हो, सलाम छ । महानगरीय प्रहरी वृत्त, बालाजुले आइतबार तारकेश्वर नगरपालिका १० बाट यिनै बुढाथोकीलाई पक्राउ गर्‍यो । पक्राउपछि पो प्रहरीले थाहा पायो, उनको असली नाम कोपिला बोहोरा रहेछ ।

    सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ लामोसाँघु घर भएकी कोपिला पक्राउको कारण अनौठो छ। वास्तवमा उनको परिचय पनि झूटो रहेछ। प्रहरीले उनको कोठामा सशस्त्र प्रहरीको पोसाकमा सजिएको फ्लेक्स प्रिन्ट पनि देखेको थियो। आफू सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक रहेको बताउँदै सशस्त्रमा जागिर लगाइदिने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेकी थिइन्।
    कोपिलाले आफू भर्खरै रसुवाबाट सरुवा भएर सशस्त्र प्रहरीको प्रधान कार्यालय आएको भन्दै ४ जनाबाट ६ लाख ३० हजार रुपैयाँ ठगेकी थिइन्। सशस्त्र प्रहरीमा जागिर खान प्रतिस्पर्धामा उत्रिएर फेल भएकाहरूसित नाम निकालिदिने भन्दै उनी रकम असुल्थिन् र एकाएक बेपत्ता हुन्थिन्। महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी विश्वराज खडकाका अनुसार कोपिलाले यसअघि पनि यस्तै प्रकृतीको ठगी घटनामा पक्राउ परेर सजाय भोगेकी थिइन्।
    प्रहरीका अनुसार २०७३ फागुन ११ मा भीमप्रसाद राईसहितका पीडितले ५ लाख ५ हजार रुपैयाँ ठगेको भन्दै उजुरी गरेपछि उनी पक्राउ परेकी थिइन्। यही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना बुझाएपछि उनी थुनामुक्त भएकी थिइन्। कोही सक्कली सशस्त्र प्रहरीकै मिलेमतोमा उनले ठगी गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
    बालाजु वृत्तले कोपिलालाई पक्राउ गरेकै दिन महानगरीय अपराध महाशाखाले मैतीदेवी बस्ने कुमार मण्डललाई पक्राउ गर्‍यो। कोपिलाको जस्तै झूटको सहारा लिएर ठगी गर्न पल्केका कुमारको धन्दा उस्तै रोचक थियो। कोपिलाले सर्वसाधारणलाई ठगेकी थिइन्, तर कुमारले त बहालवाला प्रहरीलाई नै ठग्न भ्याए। प्रहरी प्रधान कार्यालयमा काम गर्ने डीएसपीसँग कुरा मिलाएर ‘सेटिङ’ मा संयुक्त राष्ट्रसंघको मिसन टोलीमा पठाइदिने आश्वासन दिँदै उनले बहालवाला दुई प्रहरीसँग पटक–पटक गरेर ४ लाख रुपैयाँ ठगेका थिए। प्रहरीका अनुसार कुमारले प्रकाशकुमार नामका व्यक्तिसँग मिलेर ठगीे धन्दा चलाएका थिए। आफूलाई डीएसपी नारायणकुमार श्रेष्ठ बताउने प्रकाशको पनि प्रहरीले खोजी गरिरहेको छ। महाशाखाले कुमारलाई ठगीमा कारबाही चलाउने भएको छ।
    नक्कली प्रहरी बनेर ठग्ने र सक्कली प्रहरीलाई नै ठगी गर्ने घटना यो पहिलो भने होइन। गत ५ वैशाखमा कञ्चनपुरका केशव सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गर्‍यो। उनले आफूलाई परिसरको सिभिल पुलिस भएको नक्कली परिचयपत्र देखाउँदै ठगी गरेका थिए। रकम र मोबाइल नदिए विभिन्न मुद्दा चलाएर फसाइदिने भन्दै उनले डोटी, गुगडा– ३ का शुभम बोगटीलाई धम्काउँदै आएका थिए। पैसा लिन कोटेश्वर पुगेका बेला प्रहरीले केशवलाई पक्राउ गरेको थियो। फागुन तेस्रो साता पनि महानगरीय अपराध महाशाखाले एआईजीको ड्राइभर बताउने र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने आश्वासन दिँदै ठगीधन्दा चलाएका गुल्मीका मिलन पाण्डेलाई पक्राउ गरेको थियो। अपराध महाशाखाको प्रहरी बताउँदै ठगीधन्दा चलाउने सिन्धुपाल्चोकका दीपेन्द्र केसीलाई पनि फागुनकै तेस्रो साता अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
    प्रहरीको बर्दीसहितको फोटो देखाउँदै ठगी गर्ने दीपेन्द्रले आफू प्रहरीको केरकार शाखामा काम गर्ने र सजिलै ग्यास उपलब्ध गराइदिने भन्दै सल्लाघारीकी एक महिलासँग ५० हजार ठगेर बेपत्ता भएका थिए।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.