×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘साहेब साहेबनी युगको अन्त भयो ! आसेपासेबाट जोगिनुस्’

  •  
  • आइतबार, चैत ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • सरुवा बढुवाका लागि पेट्रोल खर्च नगर्नोस्, हिंसा र पृथकतावाद अस्वीकार्य

    ४ चैत, काठमाडौं । मन्त्रिपरिषद विस्तारको काम लगभग सिध्याउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सबै मन्त्रीहरु र सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर ‘कडा’ निर्देशन दिएका छन् ।

    यो सरकारलाई असफल हुने छुट छैन भन्ने पटक-पटक दोहोर्‍याउँदै आएका प्रधानमन्त्री ओलीले मन्त्री, कर्मचारी र सुरक्षा निकायका अधिकारीहरुलाई समेत एकैठाउँमा राखेर केही निर्देशन अनि केही सुझावहरु दिएका हुन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै मन्त्री, मुख्य सचिव, सचिव र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै ओलीले कतिपय सन्दर्भहरु लाक्षणिक रुपमा र कतिपय सिधा भाषामा व्यक्त गरे ।प्रधानमन्त्री ओली भ्रष्टाचारका सन्दर्भमा निकै कडा रुपमा प्रस्तुतमात्रै भएनन्, विकासको पुतलीसडक मोडलदेखि ‘साहेब साहेबनी’ बाट मन्त्रालय चलाउने युगको समेत अन्त्य भएको घोषणा गरे ।

    प्रधानमन्त्री भ्रष्टाचार, ढिलासुस्तीप्रति कडारुपमा प्रस्तुत भएको र मन्त्री तथा कर्मचारी संयन्त्रले विकास एवं सुशासनका सन्दर्भमा दिशानिर्देशसमेत प्राप्त गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अनलाइनखबरलाई बताए ।

    प्रधानमन्त्रीको निर्देशन सुनेपछि मन्त्री र सचिवहरुले कार्यशैलीका सन्दर्भमा पनि पुनरावलोकन गर्नुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको प्रस्तुतिले अहिलेको सरकारमा रहेकाहरुलाई काममा परिणाम निकाल्न दबाव बढेको एक मन्त्रालयका सचिवले बताए ।

    प्रधानमन्त्रीले ३५ प्रतिशतमात्र काम हुनु भनेको केही पनि काम नभएको भन्ने बुझिने भनेपछि सचिवहरु दबावमा परेका हुन् ।

    मन्त्रीहरुलाई सुझाव-नातागोता र आसेपासेबाट जोगिनुस्

    प्रधानमन्त्रीले मन्त्री, सचिव र सुरक्षा अधिकारीहरुलाई लक्षित गर्दै फरक-फरक टिप्स र कटाक्षसमेत गरेका छन् ।

    उनले मन्त्रीहरुलाई नातागोता, आसेपासे र चलखेलवालाबाट जोगिन सुझाव दिएका छन् । त्यस्तै कर्मचारीलाई सेवाग्राहीसँग आँखा जुधाएर घुस नखाने सपथ खानसमेत निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीका टिप्स यस्ता थिएः

    -पहिले-पहिले मन्त्रीले मन्त्रालय चलाउने होइन, साहेब वा साहेबनीले चलाउँछन् भन्ने सुनिन्थ्यो । ठेक्कापट्टा र कमाइ धमाइका काममा मन्त्री र परिवार सक्रिय हुने गरेका छन् । तर, अब तपाईहरु बुझ्नुस, त्यो युग सकियो । सबैजना निगरानीमा हुनुहुन्छ । मरेर जाँदा केही लान पाइन्न, यति कुरा ख्याल गर्नुस् ।

    -यो सरकारलाई असफल हुने छुट छैन । कुनै बहानाबाजी चल्दैन । निम्छरा कार्यक्रम होइन, महत्वांकाक्षी योजना बनाउनुस्. । तर, सम्भव हुने कार्यक्रममात्र । अब समयको सदुपयोगको सिद्धान्त अपनाइनेछ । देश छिटो बनाउने, गरिवीबाट मुक्त गरेर देशलाई धनी बनाउने मौका तपाई हामीले पाएका छौं । यस्तो भाग्यमानी सरकारमा सहभागी हुन पाउनु गर्वको कुरा हो ।

    – भ्रष्टाचार एक्लै हुँदैन । मातहतका मान्छेसँग नगिर्नुस, किनकि इमान भन्ने कुरा एकपटक गएपछि आउँदैन । तलदेखि नमिली एक्लै कसैले भ्रष्टाचार गर्न सक्दैन, मनमनै गर्ने मात्र हो । मुख्य कुरा नातागोता, परिवार र चलखेल गर्नेहरुबाट जोगिनुस् ।

    सचिवहरुलाई निर्देशनः सरुवा बढुवामा पेट्रोल खर्च नगर्नुस्

    प्रधानमन्त्री ओली कर्मचारीतन्त्रप्रति पनि कडा रुपमा प्रस्तुत भएका छन् । भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता कर्मचारीकै कारण हुने गरेको संकेत उनको थियो ।

    उनले कर्मचारीतन्त्रबारे यसो भने-

    -तपाईहरु मन्त्रालय वा कार्यालय जानासाथ काम गर्नुभन्दा अघि सेवाग्राहीसँग आँखा जुधाएर सपथ खाने कानुन नै बनाइदिउँ कि ? सेवाग्राही काम लिएर आएपछि ‘म घुस नखाई, समयभित्रै जनताको काम गर्नेछु’ भन्ने व्यहोराको सपथ लिने कानुन नै बनाइदिउँ कि ? यसबाट बुझ्नुस् कि भ्रष्टाचारमा जिरो टलरेन्स हुन्छ ।

    – यो सरकार यसअघिको जस्तो होइन भन्ने बुझ्नुस । सरकार सुझाव मान्छ, तर दबाब मान्दैन । टार्गेट राखेर काम गर्नुस् । ३५ प्रतिशत काम भयो भने बुझ्नुस् कि केही काम भएन । अब कहीँ पनि सिण्डिकेट चल्दैन ।

    – नेतालाई भनेर, सांसदहरु लिएर भनसुन गर्ने प्रवृत्ति बन्द गर्नुस । अब कसैको भनसुनमा सरुवा, बढुवाजस्ता काम हुने छैनन् । जसले भनसुन गराउँछ, उसको नम्बर माइनस हुनेछ । सरुवा बढुवाका लागि पेट्रोल खर्च नगर्नुस् । परिस्थिति बिल्कुल बदलिएको छ भन्ने कुरा बुझ्नुस् है !

    – विकासमा पुतलीसडक मोडलको युग अब अन्त भयो भन्ने कुरालाई ख्याल गर्नुस् । पुतली सडक मोडल भनेको असार १ गतेतिर योजना बन्छ, असार १२ सम्म पीच हुन्छ र १५ गतेपछि उप्किन थाल्छ । असार मसान्तसम्म पुतलीसडकको पिच पुरै भत्किसक्छ । हरेक आर्थिक वर्षमा पुतलीसडकको पीचमा बजेट छुट्याइन्छ । सायद यसपालि चाहिँ छैन कि ?

    सुरक्षा निकायलाई निर्देशनः हिंसा र पृथकतावाद अस्वीकार्य

    प्रधानमन्त्री ओलीले सुरक्षा निकायका लागि पनि केही टिप्स दिए ।

    सरुवा-बढुवाका लागि पेट्रोल खर्च नगर्नुस भनेर उनले आइजीपी बन्न नेता र सांसदहरुमार्फत भनसुन गराइरहेका डीआइजीहरुलाई सचेत गराए । त्यसका साथै सिके राउतदेखि विप्लवसम्मका समूहप्रति पनि नजर राख्ने बताए ।

    उनले भने- कानुन उल्लंघन गर्न विल्कुल दिइन्न । स्थायित्व र शान्ति सुरक्षामा खलल पार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन्नन् । सबैखाले साम्प्रदायिकता, पृथकतावादी गतिविधि, हिंसा र कानुन विपरीतका क्रियाकलापसँग सम्झौता हुँदैन । यस्ता सबैलाई कानुनको दायरमा ल्याउनुस् ।

    अर्थशास्त्री लोभी हुन्छन् !

    आफूले राजनीतिक नेतालाई अर्थमन्त्री नबनाई डा. युवराज खतिवडालाई अर्थको जिम्मा दिएकोमा विभिन्न टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीले खतिवडालाई अर्थमन्त्री बनाउनुको राज पनि खोले ।

    प्रधानमन्त्री ओलीले भने- अर्थशास्त्री लोभी हुन्छन्, त्यसैले अर्थशास्त्रीलाई अर्थमन्त्री बनाएको हो । नेता भनेको धेरैका कुरा सुन्छन्, कसैलाई पनि हुन्न भन्न सक्दैनन् । देशको अर्थतन्त्र जोगाउनुपरेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.