×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘आशाको दियो निभ्यो’

  •  
  • आइतबार, चैत ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    २३ वर्षीया मिली महर्जनलाई बांग्लादेशमा गएर चिकित्साशास्त्र पढ्ने रहर थिएन। न त उनका बाबुआमाको उनलाई विदेशमा पठाउन चाहना नै थियो।

    नेपाल टेलिकमको सवारीसाधन चलाउने उनका बुबाले एकैचोटि ४० लाख रूपैयाँ जम्मा गर्न सक्ने अवस्था भएन।

    तर किस्तामा शुल्क तिर्न पाइने सुविधाका कारणले मिलीको परिवार उनलाई पाँच वर्षअघि बांग्लादेश पठाउन तयार भयो।

    बीबीसीसँग कुराकानी गर्दै उनका ४९ वर्षीय बुबा राजकुमार महर्जनले भने, “मैले त्यसबेला एकैचोटि ४० लाख रूपैयाँ जोहो गर्न सकेको भए यस्तो दिन देख्नुपर्ने थिएन।”

    मिलनसार मिली

    महर्जनका तीन छोरीमध्ये मिली माइली थिइन्। सानैदेखि अध्ययनशील मिलीको डाक्टर बनिछाड्ने अठोटका कारण जीवनभरिको कमाइ छोरीको पढाइमा लगानी गर्न उनका बुबाले रतिभरपनि कन्जुस्याइँ गरेनन्।

    मैले त्यसबेला एकैचोटि ४० लाख रूपैयाँ जोहो गर्न सकेको भए यस्तो दिन देख्नुपर्ने थिएन

    मिली महर्जनका पिता

    पुर्ख्यौली जमिन समेत बेचेर छोरीको पढाइमा लगानी गरेका उनले केही समयअघि छोरी मिलीसँगको संवाद यसरी सम्झे, “बाबा तपाईँले मेरो इच्छा पूरा गर्नुभयो, अब मैले तपाईँहरुको इच्छा पूरा गर्छु।”

    गत सोमवार यूएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये १३ जना नेपाली विद्यार्थी थिए।

    उनीहरुले बांग्लादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययन गर्दै थिए। जसमध्ये मिली पनि एक थिइन्।

    सोमबार बांग्लादेशबाट उड्नुअघि दिउँसो ३ बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिर कुर्न आग्रह गरे अनुसार मिलीका बुबाआमा, बहिनी लगायतका आफन्त उनको स्वागतमा खादा र मालासहित विमानस्थल पुगेका थिए।

    विमानस्थल पुगेको केही समयमै उनीहरुले कहालीलाग्दो समाचार सुन्नुपर्यो।

    परिचित पूर्णिमा

    लम्जुङका नुरबहादुर लोहनीको व्यथा पनि कम दर्दनाक छैन। तीन छोरीमध्ये जेठी छोरी पूर्णिमाले पनि सोही दुर्घटनामा ज्यान गुमाएकी हुन्।

    पूर्णीमा

    नेपाल आउनुभन्दा चार दिनअघि मात्र परीक्षा सकाएका अन्य विद्यार्थी जस्तै पूर्णिमाले परीक्षा अत्यन्त राम्रो भएको भन्दै बुबासँग खुसी साटेकी थिइन्।

    तर त्यो खुसी लामो समय टिक्न पाएन। बांग्लादेश वा चीन मध्ये बांग्लादेश रोजेकी पूर्णिमाले परीक्षाको समयबाहेक हरेक दिनजसो घरमा फोन गर्ने गर्थिन्।

    विक्रम सम्वत् २०७२ सालबाट शैक्षिक पेशाबाट अवकाश पाएका पूर्णिमाका बुबाले भने, “दुर्घटना हुने दिनमै तीन पटकसम्म कुराकानी भएको थियो। अब कहिल्यै कुरा हुन सक्दैन।”

    दुर्घटना हुने दिनमै तीन पटकसम्म कुराकानी भएको थियो। अब कहिल्यै कुरा हुन सक्दैन

    नुरबहादुर लोहनी, पूर्णिमाका पिता

    नाचगान र सामाजिक सेवामा समेत सोख राख्ने पूर्णिमा परिवारमात्र नभई गाउँठाउँमा समेत सानैदेखि धेरैको आशाको केन्द्र भएको उनका आफन्तजनले बताए। पूर्णिमाकी आमा र बहिनीहरु भावह्विल अवस्थामा छन्।

    ४९ वटै शव राखिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा दिनहुँ धाइरहेका उनीहरुले कहिले र कुन अवस्थामा शव प्राप्त गर्ने हो अन्योल व्यक्त गर्छन्।

    सरल सञ्जय

    ललितपुरस्थित महालक्ष्मी नगरपालिका, सानागाउँका श्यामकुमार महर्जनको पीडा झन् दु:खलाख्दो छ। किराना पसलको भरमा छोरा संजय महर्जनलाई स्थानीय स्कूलमा पढाएका उनले छोरालाई डाक्टर पढाउन सारा सम्पति बेचेको बताए।

    संजय महर्जनसञ्जय महर्जन

    दुई छोरामध्ये एकको ज्यान गएपछि अर्को छोरालाई कसरी उच्च शिक्षा हासिल गराउने भन्ने चिन्ताले अहिलेदेखि नै पिरोलेको मृतक सञ्जयका परिवारजनले बताएका छन्।

    सञ्जय किताबका निकै सौखिन थिए। उनले आफू नेपाल फर्किँदा पनि धेरै किताब लिएर आउने बताएका थिए। साथीभाइ इष्टमित्रसँगको सम्बन्ध पनि उत्तिकै राम्रो भएको उनका आफन्त र साथीहरुले बताए।

    आफू नेपाल आउँदा किताबका अतिरिक्त आमा, हजुरआमा, भाइ तथा मामाका छोराछोरीलाई समेत कपडा किनिदिएको संजयले आफ्नो बुबालाई बताएका थिए।

    “ऊ परीक्षा सकिएकै भोलिपल्ट नेपाल आउन चाहन्थ्यो तर टिकट वा उडान नभएका कारण साथीहरुसँगै सोमबारका लागि टिकट लिएको हो,” सञ्जयका बुबाले भने।

    छुट्टी सकिएपछि अब फेरि त्यही कोठामा गएर बस्नु छ, साथी सञ्जयको पलङ्ग खाली हुनेछ, कसरी मन बुझ्ने हो थाहा छैन

    नरेश मण्डल, सञ्जय पौडेलका साथी

    उनीहरु जहाज चढ्ने दिनै कतिपय साथीहरु भने स्थलमार्गबाट भारत हुँदै नेपालका लागि हिँडेका थिए।

    सहज सञ्जय

    भारत-बांग्लादेश सीमामा आइपुगेपछिमात्रै उनीहरुले विमान दुर्घटनामा आफ्ना साथीहरु परेको चाल पाए।

    तर केही यात्रु बाँचेको खबर पाएपछि आफ्ना साथीहरु बाँचेको खबर सुन्न पाइयोस् भनी भगवानसँग प्रार्थना गर्दै नेपाल पुगेको उनीहरुले बताए।

    सञ्जय पौडेलसञ्जय पौडेल

    सिरहाका नरेश मण्डललाई अझै होस्टलमा एउटै कोठामा सुत्ने गरेका आफ्ना मिल्ने साथी गुमाएकोमा विश्वास लाग्दैन।

    उक्त दुर्घटनामा ज्यान गुमाएका साथी थिए चिकित्साशास्त्रका अर्का विद्यार्थी पोखराका सञ्जय पौडेल।

    “हामी बांग्लादेश पुगेपछिमात्र साथी बनेका हौं तर त्यसपछि हामी हरेक क्षणजसो सँगै हुन्थ्यौं,” मण्डलले सुनाए।

    कार्टुन र एनिमेशन गरिएका चलचित्र सञ्जयलाई निकै मनपर्थ्यो। कुनै कार्यक्रम आयोजना गर्नुपरे त्यसको नेतृत्व लिन सञ्जय नै सहज थिए र उनकै नाम अग्रपंक्तिमा आउँथ्यो।

    रसिला आँखा पार्दै उनले भने, “छुट्टी सकिएपछि अब फेरि त्यही कोठामा गएर बस्नु छ, साथी सञ्जयको पलङ्ग खाली हुनेछ, कसरी मन बुझ्ने हो थाहा छैन।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.