×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

विदेशबाट फर्केर सुन्तला खेती

  •  
  • आइतबार, चैत ०४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ४, २०७४ तेह्रथुम — सोल्माका ५२ वर्षीय सन्तबहादुर कार्की आकर्षक कमाइको लोभमा १ लाख ऋण खोजेर मलेसिया हान्निएका थिए । दुई वर्षपछि घर फिर्दा उल्टै ११ लाख ऋण थपिएको छ । त्यसमाथि घाइते शरीर लिएर गाउँ फर्किंदा उनको मन कुँडियो । केही समयको उपचारपछि उनले गाउँमै सुन्तला खेती सुरु गरे । अहिले त्यही खेतीले उनको जीवन उकासिरहेको छ ।

    तीन पटकसम्म खाडी मुलुक पुगे पनि उनले ऋण तिर्न सकेनन् । उल्टै थपिएको थपियै भयो । पछिल्लो पटक उनी ‘दलाल’ कै चंगुलमा फसे । कम्प्युटरका समान बनाउने कम्पनीमा काम लगाइदिन्छु भन्दै दलालले झुक्याएर मलेसिया पुर्‍याए । त्यहाँ पुगेपछि मात्र कार्कीले थाहा पाए, काम त चामल गोदाममा पो रहेछ ।

    ‘कर्मले ठग्यो,’ सुन्तला बगानमा टहलिरहेका उनले भने, ‘न ज्यान सग्लो फर्कियो न त पैसा नै कमाउन सकियो ।’ पछिल्लो पटक मलेसिया गएका उनी त्यहाँ पुगेको डेढ वर्ष नपुग्दै सडक दुर्घटनामा परे । मोटरसाइकलले ठक्कर दिँदा उनको खुट्टा, दाहिने हात र करङ भाँचिएको छ । सजिलोसँग हिँड्डुल र बस्नसमेत सक्दैनन् ।

    भाँचिएको खुट्टा लिएर घर फर्किएका उनी थप उपचारका लागि पटकपटक विराटनगर पुगे । चिकित्सकले त्यहाँ उपचार सम्भव नहुने भन्दै खुट्टा काट्नुपर्ने सुझाव दिएपछि उनी घर फर्किए । गाउँघरमै पाइने जडबुटी लगाएर भाँचिएको हात, खुट्टा र करङ निको पारे । अहिले सामान्य हिँड्डुल गर्ने सक्ने भएका छन् । गाउँघरमै पाइने जडीबुटी र झारबाट भाँचिएका शरीरका अंगको उपचार गरेको उनले बताए ।

    घाइते शरीरले बढी श्रम पर्ने काम गर्न नसकेपछि उनले आफ्नो जमिनमा सुन्तला खेती सुरु गरेका छन् । सुन्तला खेतीमा तुलनात्मक रूपमा कम श्रम गरे पुग्ने उनको भनाइ छ । यो वर्ष ८० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको उनले बताए । ‘गर्न जान्दा त पैसा यहीं रहेछ,’ कार्कीले भने, ‘यो वर्ष सुन्तला खेती विस्तार गर्ने तयारीमा छु ।’ उनी अरूलाई पनि विदेश जानुको साटो स्वदेशमै केही गर्न सुझाव दिन्छन्।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.