×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रदेश ४ ले तयार पार्‍यो मन्त्रीहरुको आचारसंहिता

  •  
  • शनिबार, चैत ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमृत सुवेदी

    प्रदेश ४ को मन्त्रिपरिषदको बैठकले आफ्ना सदस्यको आचारसंहिता तयार पारेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद सदस्यका लागि ३० बुँदे आचारसंहिता तयार पारेर कार्यान्वयमा लैजान लागेको हो ।

    यस्तै प्रदेश सभाका सदस्यको राय सल्लाह र सुझाव सुन्न सरल र प्रभावकारी व्यवस्था मिलाउनुपर्ने, आˆनो मन्त्रालयका हरेक कामकारबाहीमा जिम्मेवारपूर्वक गर्नुपर्ने र त्यसको अभिलेखीकरण गर्नुपर्ने, मुख्यमन्त्रीबाट जारी गरिएका हरेक निर्देशनलाई पूर्ण रुपमा पालना गर्नुपर्ने र प्रगति विवरण दिनु पर्ने लगायत ३० बुँदे आचारसंहिता तयार पारिएको हो ।आचारंहितामा नियुक्ति भएको मितिले ६० दिनभित्र मन्त्रिपरिषदका सदस्यले सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रिपरिषदका सदस्यले आˆनो मन्त्रालयका कामका लागि व्यक्तिगत रुपमा प्रदेशसभा र मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने, मन्त्रिपरिषदका सदस्यको काम कारबाही र राष्ट्र र सेवामा केन्द्रित हुनुपर्ने लगायत छन् ।

    ४ विधेयक ल्याउन सैद्धान्तिक सहमति

    कानुन तयार पारेर प्रदेश सञ्चालनलाई गति दिन प्रदेश सरकारले ढोका खोल्दै गएको छ । प्रादेशिक कानुन बनाउन मस्यौदा समितिले गृहकार्य गरिरहेको छ भने प्रदेश सरकारले कानुन ल्याउने बाटो खोल्दै गएको हो ।

    प्रदेश ४ को शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ४ विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको छ । प्रादेशिक योजना तथा नीति आयोग गठनदेखि राजस्व वित्तीय समानीकरण गर्ने सम्ममा ४ विधेयक ल्याउन विभिन्न मन्त्रालयलाई बैठकले सैद्धान्तिक सहमति दिएको हो ।

    प्रदेशमा प्रादेशिक योजना तथा नीति आयोग गठन हुने भएको छ । राष्ट्रिय योजना आयोगजस्तै प्रकृतिको प्रादेशिक विकास योजना तयार पार्ने र त्यसका लागि चाहिने कानुनको खाका संसदमा लैजान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सैद्धान्तिक सहमति दिइएको छ । आयोगले ५ वषर्ीय रणनीतिक योजना बनाउने काम गर्नेछ । बजेटको तयारी, योजनाहरुको तथ्यांक तयार पार्ने, अनुगमन तथा मूल्यांकन गर्ने काम आयोगले गर्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

    राजस्व बाँडफाँड सम्बन्धमा नेपाल सरकारबाट आएको अनुदान र प्रदेशले उठाएको राजश्वबाट स्थानीय तहमा कसरी पठाउने, कति पठाउने, प्रदेशमा राजश्य संकलन कसरी गर्ने लगायतका वित्तीय विधेयक ल्याउने स्विकृति पनि मन्त्रिपरिषदको बैठकले दिएको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयलाई वित्तीय समानीकरण विधेयक ल्याउन मन्त्रिपरिषदले स्विकृति दिएको हो ।

    नमुना कर कानुन ल्याउन मन्त्रिपरिषदले योजना मन्त्रालयलाई स्विकृति दिएको छ । कानुन नबनाई कर संकलन गर्न नमिल्ने भएकाले नमुना कर कानुन ल्याउने मन्त्रिपरिषदले बाटो खोलेको छ ।

    सार्वजनिक लिखतको प्रमाणीकरण गर्ने विधेयक ल्याउने बैठकले सम्बन्धित मन्त्रालयलाई स्विकृति दिएको छ । ‘विभिन्न मन्त्रालयले तयार पारेका विधेयक प्रदेशसभामा टेबल हुनेछ,’ उद्योग पर्यटन तथा वनमन्त्रीसमेत रहेका बस्नेतले भने, ‘प्रदेश सभाले विधेयक पारित गरेसँगै कानुनको रुपमा कार्यान्वयमा लैजाने छौं ।’

    शुक्रबारकै मन्त्रिपरिषदको बैठकले गाउँपालिका, नगरपालिका र महानगरपालिकाका जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधा पनि तयार गरेको छ । साथै प्रदेश सभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धि तयार भएको विधेयक चैत ४ गते बस्ने प्रदेश सभाको बैठकमा टेबल गरिने प्रवक्ता बस्नेतले जानकारी दिए ।

    ‘मन्त्रिपरिषदले खाका त तयार पार्‍यो तर संसदमा टेबल हुनै बाँकी छ,’ बस्नेतले भने, ‘सरकारले तोकेको सिलिङभित्रै रहेर अन्य प्रदेशको नक्कल नगरीकन पृथक खालको पारिश्रमिक र सेवा सुविधा तोक्दैछौं ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.