×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ट्रम्पद्वरा ताइवान यात्रा कानूनमा हस्ताक्षर

  •  
  • शनिबार, चैत ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवाना यात्रासम्बन्धी एउटा कानूनमा हस्ताक्षर गरेका छन्, जसले संयुक्त राज्य अमेरिकाका अधिकारीहरूलाई आफ्ना समकक्षीलाई भेट्न ताइवानको भ्रमण गर्ने अनुमति दिनेछ।

    उक्त कदमले ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने चीनलाई आक्रोशित तुल्याउने देखिन्छ।

    अमेरिकाले ताइवानसँग हाल औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन।

    कानून अनुसार ताइवानको आत्मसुरक्षाका लागि उसले मद्दत पुर्‍याउनुपर्नेछ र अमेरिका उक्त प्रायद्वीपको हतियारको मुख्य स्रोत हो।

    प्रोत्साहन

    ट्रम्प

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ‘ताइवान ट्राभल एक्ट’ नामक उक्त कानूनले अमेरिकी र ताइवानी अधिकारीबीच सबै तहमा भेटवार्ताका लागि प्रोत्साहन गर्ने जनाएको छ।

    अहिले पनि अमेरिकी अधिकारीहरू ताइवान जाने र बेलाबेलामा ताइवानी अधिकारीहरू ह्वाइट हाउसको भ्रमण आउने गर्छन्। तर चीनले अपमानित महसुस नगरोस् भनेर त्यसलाई गुपचुप नै राख्ने गरिन्छ।

    वाशिङटनले बेइजिंगलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको थियो।

    तर उसले उक्त टापुसँग व्यापारिक सम्बन्ध कायम राखेको छ र चीनलाई आक्रोशित पार्ने तहमा हतियारहरु विक्री गर्ने गरेको छ।

    चीनले चाहिँ ताइवानलाई आफ्नो भगौडा प्रान्त ठान्ने गर्छ र उसले ताइवानलाई आफूमा समाहित गर्न चाहेको लामो समयदेखि बताइरहेको छ।

    नयाँ कानूनले ताइवानलाई एसियाको प्रजातन्त्रको ज्योतिका रूपमा चित्रण गर्दै ताइवानले हासिल गरेका उपलब्धिले यस क्षेत्रका अन्य देश र जनतालाई पनि प्रेरणा दिएको उल्लेख गरिएको छ।

    ताइवान

    चीन र ताइवानबीचको तनाव बढिरहँदा राष्ट्रपति ट्रम्पले उक्त कानूनमा हस्ताक्षर गरेको खबर आएको हो।

    चिनियाँ विदेश मन्त्रालयले शुक्रवार उक्त कानूनको विपक्षमा आफू रहेको दोहोर्‍याउँदै अमेरिकालाई एक चीन नीतिप्रति प्रतिबद्ध रहन र ताइवानसँग आधिकारिक सम्पर्क नराख्न आग्रह गरेको छ।

    ताइवानकी राष्ट्रपति साइ इंग विनले उक्त प्रायद्वीप एक चीनको हिस्सा भएको स्वीकार गर्न नमानेपछि बेइजिंगले ताइपेइसँगको औपचारिक सञ्चार नै विच्छेद गरेको छ।

    वाशिङटनबाट बीबीसीका क्रिश बक्लर भन्छन्, ह्वाइट हाउसले एकदमै सावधानीपूर्वक भाषा छनोट गर्दै यो विधेयक बाध्यकारी नभएको र राष्ट्रपति ट्रम्पले हस्ताक्षर नगरेकै भएपनि पनि त्यो कार्यान्वयनमा आउने उल्लेख गरेको छ।

    उनी थप्छन्, “सम्भवतः बेइजिंगलाई नचिढ्याउने अमेरिकी नीतितर्फ संकेत गर्छ किनभने उत्तर कोरियासँगको तनाव कम गर्न वाशिङटनले चीनको साथ खोजिरहेको छ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.