×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

थपिए १५ मन्त्री, कुल २२ मध्ये चार मात्र महिला

  •  
  • शनिबार, चैत ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री केपी शर्मा ओलीले ११ मन्त्री र चार राज्यमन्त्री थपेर आफ्नो मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्।

    राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आजको विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ।

    त्यसमा नेकपा एमालेबाट प्रधानमन्त्रीसमेत १४ र नेकपा माओवादी केन्द्रबाट आठ सदस्य छन्।

    प्रधानमन्त्री ओलीले सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने आफूसँगै राखेका छन्।

    को को बने ?

    एमालेबाट मन्त्री हुनेमा पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट छन्।

    शपथ

    ज्ञवालीलाई परराष्ट्र र बिष्टलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    त्यस्तै रवीन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, जगत् विश्वकर्मालाई युवा तथा खेलकुद र शेरबहादुर तामाङलाई कानुन मन्त्री बनाइएको छ।

    माओवादी केन्द्रबाट वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ, गिरिराजमणि पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि, चक्रपाणि खनालले कृषि, भूमि व्यवस्था तथा सहकारी र बीना मगरले खानेपानी मन्त्रालयको जिम्मा पाएका छन्।

    एमालेबाट राज्यमन्त्री नियुक्त पद्माकुमारी अर्यालले स्वास्थ्य तथा जनसङ्ख्या, गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जिम्मेवारी पाएका छन्।

    माओवादी केन्द्रबाट रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बनेकी छन्।

    यसअघि माओवादीले रामबहादुर थापा र मातृका यादवलाई मन्त्री बनाइसकेको छ।

    पहिला वातावरण तथा जनसङ्ख्याको जिम्मेवारी पाएका लालबाबु पण्डितले अब सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने छन्।

    महिला न्यून

    राज्यका महत्त्वपूर्ण अङ्गमा समावेशी समानुपातिक आधारमा प्रतिनिधित्व हुनु पर्ने संविधानको मर्म भएको तर्क गरिएको भए पनि मन्त्रिपरिषद्‌मा दुई मन्त्री र दुई राज्य मन्त्री गरी चार जना मात्र महिला परेका छन्।

    तीमध्ये एमाले र माओवादीबाट दुई-दुई जना छन्।

    मन्त्रिपरिषद्‌को मर्यादाक्रम र कार्यविभाजन

    प्रधानमन्त्री

    १)केपी शर्मा ओली – सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या

    मन्त्री

    २) ईश्वर पोखरेल – रक्षा

    ३) रामबहादुर थापा -गृह

    ४) प्रदीपकुमार ज्ञवाली – परराष्ट्र

    ५) वर्षमान पुन -ऊर्जा, जलस्रोत तथा सिँचाइ

    ६) गिरिराजमणि पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि

    ७) मातृकाप्रसाद यादव – उद्योग, वाणिज्य तथा आपूर्ति

    ८) रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात

    ९) गोकर्ण बिष्ट – श्रम,रोजगार तथा सामाजिक सुरक्षा

    १०) शक्तिबहादुर बस्नेत – वन तथा वातावरण

    ११) लालबाबु पण्डित – सङ्घीय मामिला तथा सामान्य प्रशासन

    १२) थममाया थापा – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

    १३) युवराज खतिवडा – अर्थ

    १४) जगत् विश्वकर्मा – युवा तथा खेलकुद

    १५) रवीन्द्र अधिकारी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

    १६) शेरबहादुर तामाङ – कानुन, न्याय तथा संसदीय मामिला

    १७)चक्रपाणि खनाल – कृषि, भूमि व्यवस्था तथा सहकारी

    १८) बीना मगर- खानेपानी

    राज्यमन्त्री

    १९) पद्माकुमारी अर्याल-स्वास्थ्य तथा जनसङ्‌ख्या

    २०) गोकुलप्रसाद बाँस्कोटा -सञ्‍चार तथा सूचना प्रविधि

    २१) धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

    २२) रामकुमारी चौधरी – कृषि, भूमि व्यवस्था तथा सहकारी

    (स्रोत: प्रधानमन्त्रीको कार्यालय)

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.