फाल्गुन २९, २०७४ काठमाडौँ — मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि मतदान जारी छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति पदका लागि मतदान गर्न लाइन बसेका मतदाताहरु ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् । भण्डारीलाई सत्तारूढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ । दिउँसाे ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था छ ।
निर्वाचन आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको थियाे। नामावली प्रकाशनपछि शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउने छैनन् । प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ ९दीपक मनाङे० को नाम अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका मनाङे फरार छन् ।
kantipurdaily


