- दुर्इ जना समातिए
तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ ।
संघका झापाका अध्यक्ष राजु धमलाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको हो ।एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् ।
स्रोतका अनुसार घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले पनि उनको शव भेटिएको पुष्टि गरे । शवलाई पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको छ ।
पक्राउ परेकाहरुले दिएको बयानका आधारमा मुखियाको शव खोज्दै प्रहरी टोली कोल्बुङ पुगेको थियो । एक जना प्रहरी अधिकारीले भने, ‘उनको दुवै हात बाँधेको अवस्थामा शव भेटिएको थियो । घाँटीमा पनि डोरी कस्सिको डाम देखिन्थ्यो ।’
मुखिया ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्किएका थिए । त्यसयता उनी बेपत्ता थिए ।
onlinekhabar


