×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

ब्याजदर विवादप्रति राष्ट्र ब्याङ्कको चासो

  •  
  • सोमबार, फागुन २८, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ब्याजदरको विषयलाई लिएर एनआईसी एसिया ब्याङ्क र अन्य ब्याङ्कहरुबीच चुलिएको विवाद सुल्झाउन नेपाल राष्ट्र ब्याङ्कले पहल थालिसकेको अधिकारीहरूले बताएका छन्।

    बचत र मुद्दतीमा दिने ब्याजबारे केही समयअघि भएको भद्र सहमति एनआइसी एसिया ब्याङ्कले तोडेको भन्दै उक्त ब्याङ्कसंग कारोबार नगर्ने निर्णय वाणिज्य ब्याङ्कहरुको छाता संगठन ब्याङ्कर्स संघले गरेको छ।

    ब्याजदरको विषयमा बाणिज्य ब्याङ्कहरूबीच भएको भद्र सहमतिका विषयमा राष्ट्र ब्याङ्कले अन्तत: आफ्नो मौनता तोडेको छ।

    एनआइसी एसिया ब्याङ्कले सहमतिभन्दा बढि दरमा ब्याज दिएको भन्दै अन्य ब्याङ्कले उसँग कारोबार नगर्ने निर्णय गरेपछि प्रतिकृया नदिएको राष्ट्र ब्याङ्कले अहिले विवाद हल गर्न दुवै पक्षसँग परामर्श थालेको बताएको छ।

    राष्ट्र ब्याङ्का सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, “राष्ट्र ब्याङ्कले यो नजिकबाट अध्ययन गरिरहेको छ। यो कसरी सुल्झाउने भन्ने हिसाबमा हामीले ब्याङ्कर्स संघका अधिकारी र एनआइसी एसिया दुवैसँग कुरा गरिरहेका छौं।”

    बजारमा तरलताको अभाव बढ्दै गएपछि वित्तीय संस्थाहरुबीच निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न भन्दै बाणिज्य ब्याङ्कहरुले बचत खातामा ८ र मुद्दती खातामा ११ प्रतिशत भन्दा बढि ब्याज नबढाउने ‘भद्र सहमति’ केहि समयअघि गरेका थिए।

    तर गत बिहिबार एनआईसी एसिया ब्याङ्कले बचतमा १० र मुद्दती खातामा १२ प्रतिशत ब्याज पुर्‍याए पछि अन्य ब्याङ्कहरू क्रुद्ध भएका थिए।

    ब्याङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने, “एनआइसी एसियाको कारणले गर्दा वित्तीय क्षेत्रमा जुन प्रणालीमै जोखिम देखियो । त्यो कारणले बाँकि सबै ब्याङ्कहरुले हाललाई एनआइसी एसियाले उसको प्रणालीमा सुधार नगर्दासम्मलाई अन्तरब्याङ्क कारोबार नगर्ने निर्णय गरेको हो। “

    आफ्नो ब्याजदरलाई लिएर विवाद बढेपछि एनआइसी एसिया ब्याङ्क पनि समस्या सुल्झाउन तत्पर रहेको बताउँछन् उक्त ब्याङ्कका प्रवक्ता सुर्यनाथ पाण्डे, “यो विवाद धेरै नै चर्केर जादाँ खेरी भोलि हामीप्रति ग्राहकहरुको विश्वास कम हुँदै जाने र अन्य अप्ठेरो खालको परिस्थिति आयो भने कसैलाई पनि राम्रो हुँदैन। त्यसैले हामीले छलफलबाट यसलाई टुङ्ग्याउनका लागि कुरा गरिरहेका छौं। दुई चार दिनमा एउटा निश्कर्ष निस्किहाल्छ।”

    अधिकारीहरूको भनाइमा एनआईसी एसिया ब्याङ्कले आफ्नो ब्याजदर बढाउने क्रममा नियम कानून मिचेको छैन।

    तर भद्र सहमति तोडेको आरोप अहिले एनआईसीले खेपिरहेको छ।

    कतिपय अर्थविद्हरू खुला अर्थतन्त्रमा ब्याङ्कहरुबीच ब्याजदर निर्धारण गर्ने विषयमा हुने मिलेमतोलाई खराब व्यवसायिक अभ्यास मान्दछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.