भोला भट्टराई
नागरिक अभियान्ता र सामाजिक संस्थाहरुको पहलमा“अर्को नेपाल संम्भव छ” भन्ने मुलनाराका साथयहि फाल्गुण २४, २५ र २६ गते काडमाण्डौमा पहिलो नेपाल सामाजीकमञ्च सम्पन्नभएको छ । एउटै स्थानमा ३ दिनमा ५३ वटा विभिन्नविषयमा सभा र गोष्ठि गरेर सम्पन्नउक्तकार्यक्रमले अपनाएको मोडल नेपालका सन्दर्भमाअहिले सम्मको नौलो देखीएको छ ।
नेपालकाविभिन्न स्थान र बंगलादेश, भारत, केन्यातथा फीनल्याण्डका समेत करिव १५०० को सहभागिमा एक र्यालीमार्फत ३ दिन अघि शुरु भएको उक्तकार्यक्रमका हरेक सत्रकाहरु खचाखच भरिएकादेखिन्थे । कार्यक्रमका सत्रहरुमा सभासदहरु, पुर्व मन्त्रिहरु, राजनीतीतथाअन्य क्षेत्रमा धेरै प्रभाव राख्नेहरुको सहभागिता देखीएपनिउद्घाटन समारोह भने सामाजीकआन्दोलनमा समुदायतहमामात्रकाम गरेका सामान्य व्यक्तित्वहरुवाट गराइनु अर्को नयाँपन देखिएको थियो ।
सामाजीक परिवर्तन अघि र त्यसको कार्यन्वयनको तहमाखुल्लावहस आवश्यक छ र त्यसकालागि सबैले स्विकार गर्नसक्ने अनौपचारिक प्रकारकामञ्चहरु आवश्यक छन् भन्ने विश्वास गर्ने सवैलाई यस आन्दोलनमा सहभागिवनाउनेउदेश्य पुरा गर्न र ठुला कार्यक्रमपनिभिभिआइपीहरु विना सफलगर्न सकिन्छ भन्ने सन्देश दिनयसो गरिएको मञ्चका संयोजक डा. उद्धव प्याकुरेलले वताउनु भयो ।
कार्यक्रमहरु हेर्दा आयोजक संस्था नेपाल सामाजीकमञ्चले उद्घाटन, समापन र तिनवटा मुख्यविषयमाप्लेनरी सत्रको आयोजना गरेको थियो भने अन्य ५० भन्दा वढि कार्यक्रमहरु सहभागिअन्य संस्थाहरुद्धारा आयाजीतथिए । मुख्य तिनवटा वाहेककाकार्यक्रमहरु एकै पटकमा ७देखी ९ फरक हलहरुमा समानान्तर रुपमाचलिरहने भएकाले सहभागितालाई मन परेको विषय र वक्ताहरु हेरेर सहभागिहुने अवसर पनिथियो । “दक्षिणएशियामा समाजवाद सम्भावना र चुनौती”काबारेमाभएको पहिलो मुख्य सत्रमाप्राध्यापक चैतन्यमिश्र, प्राध्यापक कृष्ण खनाल, भारतिय समाजवादी नेताविजयप्रताप र फिनल्याण्डका माट्टी कोहेननमुख्यवक्ता रहेकामा , अहिले लगाइदै आएको “समृद्धी, विकास र स्थायित्व”को नारालाई कसरी बुझ्ने भन्ने विषयको दोश्रो मुख्य सत्रमाप्राध्यापकलोकराज बराल, डा. प्रकास शरण महत, सरितागिरी मुख्यवक्ताहुनुहुन्थ्यो ।
“अर्को नेपाल”को नारा के हो भन्ने विषयका तेश्रो मुख्य सत्रमाप्राध्यापक कृष्ण भट्टचन, सामाजीकआन्दोलनकाअभियान्ताहरु भोला भट्टराई, गणेश विके, गौरा नेपालीलगायतमुख्यवक्ताहरु थिएभने तिनदिनसम्मचलेकाअन्यकार्यक्रमहरुकाअथितीवक्ताका रुपमापुर्व सांसदहरु जीवन परियार, तिलक परियार देखी वैकल्पिकविचारमाआस्था राख्नेउज्जल प्रसाई, सुप्रीयामानन्धर, युग पाठक, डा. इन्द्र अधिकारी, प्रा. देव कुमारी गुरुगं, प्रा. विनयकुसियैत, डा. प्रमोद ढकाल, प्रा. केशव खड्कालगायतहुनुहुन्थ्यो । “आन्तरिक वित्तीयश्रोत र न्यायपुर्ण वितरण”, “कालो धन, न्यायपुर्ण कर प्रणाली”, “के हरेक विषयलाई फरक ढंगले गर्न सकिन्छ ?” लगायतकाकार्यक्रमको संयोजन गरेकीपर्यावरयाीयलोकतन्त्रकालागि दक्षिण एशियाली संवाद (सेडेड नेपाल) कीअध्यक्षप्राध्यापक देव कुमारी गुरुगं यस्ताकार्यक्रमले नेपालका सामजीकअभियान्ता र युवा पुस्तालाई उत्साहप्रदान गरेको वताउनु हुन्छ ।
नेपाल सामाजीकमञ्चका सह संयोजक रहीखासगरि युवा परिचालनमा सक्रियभुमिका खेलेकायुथ एडभोकेसी नेपालकाअध्यक्ष नरेन खतिवडा पनियुवाहरुलाई राजनीतिकतथा सामाजीकविषयमाभएकायस्तागहनविषयमा सहभागि गराउन सकेकोमा सन्तुष्ठ हुनुहुन्छ । विभिन्नविषयलाई कसरी वुझने भन्नेमा सहभागिलाई राम्रो खुराकीमिलेको खतिवडाको बुझाइ छ ।
नेपाल सामाजीकमञ्चका संयोजक डा. उद्धब प्याकुरेल खासगरि नेपालमा दोश्रो जनआन्दोलन पछाडिको समावेसी लोकतन्त्रकाआयामलाई जोडेर ‘डेमोक्रेसी’ की ‘मैरिटोक्रेसी’ भनेर नेपालीअभिताज्यवर्गको एक हिस्साले वहस छेड्न खोजेको अवस्थामा यिविपरित रुपमाविकसितभइरहेकाविचारको विचमा देखिएकामतान्तरबारे ब्यापकवहस गर्दै, लोकतन्त्रकाकमजोर पक्षको मात्रचर्चा गरेर यसका सकारात्मकपक्षको नजरअन्दाजगर्ने दिसामाभइरहेकाकार्यलाई जनस्तरवाट जवाफदिनविश्व सामाजिकमञ्चआन्दोलननेपालमाआवश्यक देख्छन् ।
उनकाअनुसार यो आन्दोलनआफैमा समाज र विश्वलोकतन्त्रका सवालमाअझखुला र जनमुखीलोकतान्त्रीकरुपमा स्थापनाहवोस् र विचारधारात्मकतथा संरचनागत रुपबाट केहीशक्तिकेन्द्रहरुको दादागिरीकाबारेमावहस होस् र निर्णय प्रक्रियालाई जनताको हातमाल्याउन सकियोस् भन्ने मान्यता राख्दछ । यस आन्दोलनले अहिले प्रचार गरिएको भन्दा फरक प्रकृतीको वुझाई, ज्ञान र नेटवर्कले विधमानविश्व, समाज र राजनीतिमानयाँप्रक्रियाको सम्भावना हुन्छ, समाजमाव्याप्त सत्ताको विधमान संरचनालाई नयाँ रुप दिएर लोकतन्त्रको जरो राजनीतिक, सामाजीकतथा सांगठनिक रुपबाट आमजनताको संगठनसंग जोडिनसक्छ भन्नेमाजनविश्वास वढाइ दिन्छ ।
अनिलोकतन्त्र सामाजिकतथा सांस्कृतिक रुपबाट एक सृजनशीलप्रक्रियाको रुपमा स्थापित हुन्छ । विश्व सामाजिकमञ्चको करिव दुई दशकको अनुभवले यही सम्भावना साकार गर्ने आशादिलाएको छ । यस प्रक्रियाको शसरुवातकाकारण एक बहुलतावादीतथाअधिकजीवन्तदुनियाँबनाउने तर्फ एक अभूतपूर्व राजनीतिकऊर्जा तथाआशाको संचार भएको छ । भूमण्डलीकरणको तागतसंगै जसरी आजविश्वमा हैकमजमाएर वसेका एउटा समुहले हामीमाथिउनिहरुले सोचेको र रोजेको प्रकारको विश्वव्यापिशासन प्रणाली (ग्लोवलगभर्नेन्स) लाद्न चाहन्छ, यो प्रक्रियामार्फत त्यसको विरुद्धमा ग्लोबनगभर्नेन्स कै एउटा छुट्टै मोडल विकसितगर्न सकिन्छ भन्ने विश्व सामाजिकमञ्चकोआशा छ ।
गाँउ र शहरकाविचमाकायम दरार, धनि र गरिबकाविचको खाडल अनि एक जात र अर्को जातकाविचमा रहेको ठुलो र सानो भन्ने प्रकारको अहमता या लघुताबोध सवैलाई समाधानगर्ने विकल्पभनेको अझ परिस्कृत लोकतन्त्रहो र हरेक प्रकृयामाजनताको अधिकाअधिक सहभागिताले उक्तप्रकृयाको सफलतामा अरु सहयोग मिल्छ भन्नेमा यस आन्दोलनको जोड छ । विश्व सामाजिकमञ्चले शुरु गरेको यो मोडल हरेक स्तरमालोकतन्त्रीकरणको प्रक्रियाचलाउदै नेपालमापनि यस अवस्थामाआइपुगेको र यसले विश्वमालोकतन्त्र सुदृढ गर्न भइरहेकाआन्दोलन र नयाँ अनुभववाट सिकेर अघि वढ्ने अवसर प्रदानगर्दैआपसमाभएका अस्प्रटता, मतभेद र गुनासालाई हलगर्न अवसर र स्थानदुवै प्रदानगर्दै सुदृढ लोकतन्त्रका मेरुदण्डका रुपमा रहेको पिछडीएका र पछाडी पारिएकाहितलाई उच्चमान्यताका साथप्राथमिकतादिने कुरामालोकतान्त्रिकचरित्रको उच्चनमुनावन्नउद्दत यो आन्दोलनको दहे प्रतिवद्धता रहेकाकारण समाजकाशोषित, पिडित र हेपीएकाहरुको आकर्षणको केन्द्र विन्दुका रुपमा यो आन्दोलन रहीआएको उहाँको वुझाइछ ।
कुनै औपचारिक संगठनमा आबद्ध नभइपनि, नितान्तअनौपचारिक र समाजको लोकतान्त्रिक परिवर्तनमालाग्ने सवैलाई कार्यक्रमगर्न र सहभागिहुनखुल्ला राखीएको र एउटा सरकारी क्याम्पसकाकक्षाकोठाहरु पनि विशिष्ठ व्यक्तिहरु बेलाएर धनिभुत छलफल गर्न सफल यो मञ्चले गरेको अनुभव र दिएको सन्देबस ले भविष्यमाअभियान्ताहरुलाई खुल्लावहस रत्यसकालागि सबैले स्विकार गर्नसक्ने अनौपचारिक प्रकारकामञ्चहरु सभंवछन् र त्यसकालागिखासै ठुलो होटल र रकमपनिचाहीदैन भन्ने विश्वास जगाएको यसकाअनुयायिहरुको निचोड पाइयो ।


