×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

व्यावसायिक अम्रिसो खेतीमा आकर्षण

  •  
  • शनिबार, फागुन २६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रेखीराम राना

    पाल्पा, फागुन २६ गते । परम्परादेखि खोरिया फाडेर बढीमा तीन महिनाका खाद्यान्न पु¥याउने निस्दी–३ झिरुबासका स्थानीय बासिन्दा अहिले व्यावसायिक अम्रिसो खेतीमा व्यस्त छन् । खोरिया फाडेर मकै, पिँडालु, बेसार लगाउने यहाँका बासिन्दा अहिले अम्रिसोको कुचो, डाँठ र बिरुवा बिक्री गरेर वर्षमा लाखौँ रुपियाँ आम्दानी गर्न सफल भएका हुन् ।
    अम्रिसो खेती अहिले आम्दानीको अब्बल माध्यम बनेको यहाँका किसान बताउँछन् । परम्परादेखि नै मगर समुदायको बसोबास रहेको यस क्षेत्रका किसानले जीविकाका लागि वर्षौंदेखि सयौँ हेक्टर जमिनमा खोरिया (खेती गर्न लायक जग्गा) बनाई मकै, पिँडालु, अदुवा र बेसार लगाउने गर्थे । छ वर्षअघि कबुलियती वन कार्यक्रम सञ्चालन भएपछि यहाँका बासिन्दाले अम्रिसो, टिमुर, कागतीबाट फाइदा लिँदै आएका छन् । कबुलियती वनले आम्दानी बढाएर बचत गर्ने बानीको विकाससमेत गराएको छ । खोरिया फाड्दा तीन महिना पनि गुजारा गर्न हम्मेहम्मे हुन्थ्यो, स्थानीय बासिन्दा खिममाया सुनारीले भन्नुभयो । अहिले घरखर्च चलाएर समूहमा बचत पनि गरेकी छु ।
    यहाँका पाँचवटा समूहमा एक सय १९ घरका परिवार आबद्ध भएर अम्रिसोको गोडमेल, रेखदेख र स्याहारसुसार गरिरहेका छन् । पहिले खोरिया खन्ने क्षेत्रमा आ–आफ्नो प्लट बनाएर अम्रिसो, कागती, तेजपत्ता, टिमुरजस्ता जडीबुटी समेत लगाएका छन् । यस्तै व्यक्तिगत जग्गामा समेत यहाँका स्थानीय बासिन्दाले अम्रिसो खेती गरेको झिरुबास खादरका स्थानीय बासिन्दा अनिल सोमैले बताउनुभयो । वर्षमा आठ सयदेखि १२ सय किलोसम्म अम्रिसो बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अम्रिसो प्रतिकिलो ४० देखि ९० रुपियाँमा बिक्री हुने गरेको छ । गत वर्ष ९५ रुपियाँ किलोसम्म अम्रिसो बिक्री गरियो, सोमैले भन्नुभयो । यो वर्ष भाउ परेको छैन, त्यसैले किसानले अझै अम्रिसो काटेका छैनन् । उहाँका अनुसार अम्रिसोको डाँठ प्रतिकिलो तीनदेखि पाँच र बिरुवा प्रतिगोटा एकदेखि तीन रुपियाँसम्ममा बिक्री हुन्छ ।
    झिरुबास काउलेडाँडाका स्थानीय बासिन्दाले गत वर्षमा दुई करोड रुपियाँ बराबरको अम्रिसो, अम्रिसोको बिरुवा र डाँठ बिक्री गरेका थिए । यो वर्ष भाउ आएपछि अम्रिसो काटेर भित्र्याउने स्थानीय बासिन्दा तथा अम्रिसोका व्यापारी यामबहादुर सोमैले बताउनुभयो । दुई सय ४७ हेक्टर जमिनमा अम्रिसो लगाएपछि यहाँका स्थानीय बासिन्दाको दस गुणा बढी आम्दानी बढेको छ ।
    पहिले खोरिया फाडेर बस्दा तीन महिना खान पुग्ने यहाँका बासिन्दालाई कबुलियती वन समूहमार्फत बाख्रापालन, भैँसीपालनमा समेत सहयोग पुगेको काउलेडाँडा कबुलियती वन समूहका पूर्वअध्यक्ष दमनसिंह पाटाले बताउनुभयो । कबुलियती वनले यहाँका मानिसको जीवनमै आधारभूत रूपमा परिवर्तन ल्याएको छ, उहाँले भन्नुभयो । समूहमा काम गर्ने शैलीमा विकास भएको छ, बचत गर्ने बानीको विकास भएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.