×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

विसाखापट्नमको प्रयोग कति सहज?

  •  
  • शनिबार, फागुन १९, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    करिब ६ महिना अघिदेखि नेपालले प्रयोग गर्दै आएको भारतको विसाखापट्नम बन्दरगाहमा नेपाल सरकारको उपस्थिति नभएकाले कतिपय सामानका कन्टेनर छुटाउन गाह्रो भएको नेपाली व्यवसायीहरुले बताएका छन्।

    खासगरी साना तथा मझौला व्यवसायीका सामान उक्त बन्दरगाहमा लामो समय रहने गरेको उनीहरुको भनाइ छ।

    तर कोलकाता बन्दरगाहमा जस्तो सामान रहँदा लाग्ने कन्टेनरको विलम्ब शूल्क तिर्नुपर्ने बाध्यता विसाखापट्नममा नरहेको व्यवसायी तथा सरकारी अधिकारीहरूले बताएका छन्।

    तेस्रा देशहरूबाट सामान आयात गर्न नेपालले विगतदेखि प्रयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहदेखि ७५० किलोमिटर टाढा आन्ध्र प्रदेशको विसाखापट्नम बन्दरगाह रहेको छ।

    उक्त बन्दरगाहमार्फत नेपालमा करिब ३ हजार कन्टेनर अहिलेसम्म नेपाल आइसकेको नेपाली सामान आयातकर्ताहरू बताउँछन्।

    कोलकाताबाट हुने व्यापार अहिले विस्तारै विसाखापट्नमतिर सर्दै गरेको व्यवसायीहरूले बताएका छन्।

    कोलकाताको जस्तो महावाणिज्य दूतावासको कार्यालय नहुँदा कतिपय प्राविधिक त्रुटि भएका कन्टेनर छुटाउन गाह्रो भएको छ।

    राजन शर्मा, पूर्व अध्यक्ष, फ्रेट फर्वाडर्स एसोसिएसन

    तर धेरैवटा कन्टेनरमा सामान आयात गर्ने व्यवसायीलाई सहज भए पनि नेपाल सरकारको उपस्थिति नभएकाले त्यहाँबाट सामान आयात गर्न साना तथा मझौला व्यवसायीलाई गाह्रो भएको नेपाल फ्रेट फर्वाडर्स एशोसिएसनका पूर्व अध्यक्ष राजन शर्माले बताए।

    उनले भने, ‘कोलकाताको जस्तो महावाणिज्य दूतावासको कार्यालय नहुँदा कतिपय प्राविधिक त्रुटि भएका कन्टेनर छुटाउन गाह्रो भएको छ। कतिपय कन्टेनरको नम्बर मिल्दैन। कतिपयको सिल तोडिएको हुन्छ। ती सबै मिलाउने मान्छे त्यहाँ भएन।’

    ठूला व्यवसायीहरूका अनुसार विसाखापट्नममा नेपालको सीमासम्मकै ‘बिलिङ’ गर्ने प्रक्रिया शुरू भएको र सिपिङ लाइन्सले नेपालकै सीमामा कन्टेनर बुझ्ने भएकाले विगतको जस्तो कन्टेनरको विलम्ब शुल्क बुझाउनु पर्ने छैन।

    भारत

    तर कोलकातामा जस्तो सरकारी संरचनाको अभाव त्यहाँ खड्किएको छ।

    नेपाल फ्रेट फर्वाडर्स एशोसिएसनका पूर्व अध्यक्ष शर्माले भने, ‘भन्सार जाँचपास गराउने जिम्मेवारी सिपिङ कम्पनीले लिने होइन। हामीले त्यहाँ हाम्रो उपस्थिति राख्न सक्नुपर्यो।’

    अहिले दिल्लीस्थित नेपाली दूतावासले नै सो बन्दरगाह हेरिरहेको छ।

    सबै काम सिपिङ कम्पनी गरिदिएको छ। हाम्रा व्यवसायीले कागजात समयमा नदिँदा सामान छुटाउन गाह्रो भएको हो

    रविशंकर सैंजु, सहसचिव, वाणिज्य मन्त्रालय

    नेपाली व्यवसायीहरूले नै सामान आयातका कागज पत्र समयमा नदिएको हुनाले समयमा सामान छुटाउन नसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले बताए।

    सैंजुले भने, ‘सबै काम सिपिङ कम्पनी गरिदिएको छ। हाम्रा व्यवसायीले कागजात समयमा नदिँदा सामान छुटाउन गाह्रो भएको हो।’

    सरकार र नेपाली सामान आयातकर्ताहरूको समन्वय नदेखिएको भए पनि सरकारी अधिकारीहरूले कोलकाता बन्दरगाहको एकाधिकार तोडिएको विषयलाई सकारात्मक रूपमा लिइनुपर्ने बताउने गरेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.