×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

७ दिनभित्र राजस्व तिर्न क्यासिनोलाई पत्राचार

  •  
  • शनिबार, फागुन १९, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजस्व तिर्न अटेर गरिरहेका क्यासिनोहरूलाई उनीहरूले बुझाउन बाँकी शुल्क तथा जरिवाना सात दिनभित्र तिर्न भनी पत्र काट्ने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ।

    यसरी शुल्क नतिर्नेमा पाँचवटा क्यासिनो रहेका र उनीहरूले करिब २० करोड रूपैयाँ राजश्व तिर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

    तर यसबाहेक नै एक दर्जन क्यासिनोसँग पुरानो बक्यौता करिब एक अर्ब रूपैयाँ भने उठाउन अझै बाँकी छ।

    क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्न पर्ने कर राजस्व करिब २० करोड जति पुगेपछि ठूलो मात्रामा राजस्व नतिरेका क्यासिनोलाई सात दिनभित्र उक्त रकम तिर भनि पत्र काट्ने निर्णय भएको पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले बताए।

    उनले भने, “सबै क्यासिनोलाई जस जसको शुल्क तथा जरिवाना गरी जे जति छ सबै बुझाउनु पर्नेछ त्यो पठाउनु भनेको हो। पाँचवटा क्यासिनोहरूबाट करिब २० करोड रूपैयाँ उठाउनु पर्नेछ। अहिले काटेको चाहिँ कौसितो शाखामा पठाएको बाहेकको सरकारले लिनपर्ने रकम हो।”

    देशभरका विभिन्न क्यासिनोहरूबाट उठाउन नसकिएको एक अर्ब रूपैयाँ भन्दा बढी राजस्व असुली गर्न आवश्यक कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले सम्बन्धित निकायमा पठाएको थियो।

    सबै क्यासिनोलाई जस जसको शुल्क तथा जरिवाना गरी जे जति छ सबै बुझाउनु पर्नेछ त्यो पठाउनु भनेको हो। पाँचवटा क्यासिनोहरूबाट करिब २० करोड रूपैयाँ उठाउनु पर्नेछ।

    कृष्णप्रसाद देवकोटा, सचिव, पर्यटन मन्त्रालय

    ७० साल पछिमात्र क्यासिनोहरू पर्यटन मन्त्रालयमा दर्ता हुन थालेका हुन्।

    त्यसअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने प्रावधान रहेको थियो।

    यसरी पहिले देखिनै सञ्चालनमा आएका क्यासिनोहरूले राजस्व नतिरेका कारण अर्बौं रूपैयाँको राजस्व उठ्न समस्या परेको अधिरकारीहरूको भनाइ छ।

    यसबीच राजस्व तथा अन्य सञ्चालनसम्बन्धी विवादलाई लिएर उनीहरूले अदालतमा रिट हालेका थिए।

    र २०७२ सालमा आएको अदालतको अन्तरिम आदेश माथि टेकेर उनीहरू चलिरहेका छन्।

    तर अदालतको आदेशले कर उठाउन नछेक्ने बताउँछन् पर्यटन सचिव देवकोटा।

    उनले भने, “सरकारले पहिले नरम कदम चाल्छ त्यसरी पनि काम भएन भने कडा कदम पनि चालिन्छ। यसरी पत्र काट्दा पनि उहाँहरूले तिर्नु भएन भने उहाँहरूको कम्पनीको ब्याङ्क खाता रोक्का गर्नेदेखि सम्पत्ती रोक्का गर्न पनि सकिन्छ। “

    बीबीसीले सम्पर्क गर्दा क्यासिनो सञ्चालकहरूले भने प्रतिक्रिया दिन चाहेनन्।

    पर्यटन मन्त्रालय अन्तर्गत जम्मा सातवटा क्यासिनो दर्ता भएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.