×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

जलविद्युत् आयोजनामा कर्जा कडाइको असर

  •  
  • बुधबार, फागुन ०२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तरलता समस्याका कारण ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा कडाइ गरेपछि करिब ६० वटा निर्माणाधीन जलविद्युत् आयोजनामा असर परेको व्यवसायीले बताएका छन्।

    ब्याङ्कहरूले जलविद्युत् क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने रकम घटाउने राष्ट्र ब्याङ्कको निर्णयका कारण कर्जा प्रवाहमा असर परेको व्यवसायीहरूले बताएका हुन्।

    राष्ट्र ब्याङ्कका अधिकारीहरू भने ब्याङ्कहरूको कर्जा प्रवाह नीतिको अव्यवस्थाले गर्दा समस्या निम्तिएको बताउँछन्।

    ब्याङ्कहरूले ऊर्जा र कृषि क्षेत्रमा एकमुस्ट १२ प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य नीति परिवर्तन गर्दै यस आर्थिक वर्षदेखि जलविद्युत्‍मा ५ प्रतिशत र कृषिमा १० प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र ब्याङ्कले नीति ल्याएपछि ब्याङ्कहरूले जलविद्युत् क्षेत्रमा लगानी नगरेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका हुन्।

    तरलता अभाव भन्दै ब्याङ्कहरूले ऋण प्रवाहको सहमति गरिसकेका झण्डै ६० वटा साना तथा ठूला जलविद्युत् आयोजनामा समेत किस्ता अनुसारको पैसा दिन विगत दुई महिनादेखि आनाकानी गरेकाले काम रोकिन पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ।

    इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँ भन्छन्, “यो दुई महिना ढिला हुनु मात्र भनेको पनि एक वर्ष आयोजना धकेलिनु हो। त्यो भनेको लगानी बढ्नु हो, आउने विद्युत् नआउनु हो र समग्रमा अर्थतन्त्रमा असर पर्नु हो।”

    यी जलविद्युत् आयोजना सामान्यतया ३० प्रतिशत व्यवसायीको लगानी तथा ७० प्रतिशत ब्याङ्कको कर्जामा निर्भर रहेको बताइन्छ।

    लगानी

    हाल ब्याङ्कहरूले झण्डै डेढ खर्ब रुपैयाँ रकम यसरी रोकिदिएको इप्पानले जनाएको छ।

    पुराना आयोजनामा कर्जा प्रवाहमा आनाकानी भइरहेको अनि नयाँ जलविद्युत् आयोजनामा भने कर्जा ठप्पै भएको नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा जलविद्युत् व्यवसायी ज्ञानेन्द्रलाल प्रधान बताउँछन् ।

    उनले भने, “अब ठूलो समस्या कहाँ पर्‍यो भने जसले ब्याङ्कको लगानी खोजिरहेको छ उसले पैसा नै नपाउने भयो। किनकि सबै ब्याङ्कको पाँच प्रतिशत लगानी पुगिसकेको छ।”

    नेपाल राष्ट्र ब्याङ्कले भने अहिले देखिएको समस्याका निम्ति ब्याङ्कहरूले कर्जा प्रवाहमा अपनाउन नसकेको सावधानीलाई जिम्मेवार बताएको छ।

    राष्ट्र ब्याङ्कका प्रवक्ता नारायण पौडेल भन्छन्, “अहिले अलिकति तरलता अभाव भएको ब्याङ्कहरूले बहानाबाजी गरेका होलान्। जम्मा गर्ने काम जुन तुलनामा बढ्यो त्यसभन्दा धेरै माथि गएर ब्याङ्कले कर्जा दिएकोले ब्याङ्क आफैँले निम्त्याएको समस्या हो यो। “

    जलविद्युत् निर्माणको काम रोकिँदा अर्को वर्षमा कम्तीमा १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने निजी क्षेत्रको योजना प्रभावित हुन सक्ने व्यवसायीहरू बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.