- सिद्वि गणेशको स्थापना दिवश
कैलासबावु श्रेष्ठ/गोरखा
माघ २६ गते । गोरखा सदरमुकाममो कालिमाटी बजारमा रहेको सिद्वि गणेश बचत तथा ऋण सहमारी संस्थाले आफ्नो सातौ स्थापना दिवशको अवशरमा महिला समूहलाई ढिकी र स्कुले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेको छ ।
स्थापनाको सातौं बर्षमा शुक्रबार सदरमुकाममा एक कार्यक्रम आयोजना गरी साकोसले सामाजिक उत्तरदायित्व अन्तरर्गत गोरखा नगरपालिकाको कट्टेलमा रहेको जाग्रीती महिला समूहलाई पचिस हजार बरावरको ढिकी र सदरमुकाममा नै रहेको गोरक्षनाथ बैदिक गुरुकुल बिद्यालयमा अध्ययनरत १७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष अच्यूतलाल श्रेष्ठले जानकारी दिए ।

गुरुकुलमा अध्ययनरत बिद्यार्थीहरुलाई कपी, ढटपेन, झुलका साथै अन्य सामाग्रीहरु बितरण गरीएको संस्थाका ब्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।
सहकारीले स्थापना दिवशकै अवशर पारेर शुक्रबार देखी नै आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ई बैकिङ्ग, मोबाईल कलेक्सन तथा मोबाईल पासबुक सेवा सञ्चालनमा समेत ल्याएको छ । सहकारीले ल्याएको यो सुविधा भने अहिले एन्ड्रोईड भर्सनमा मात्र हुने र केही समय भित्रै अन्य भर्सनका लागि समेत सेवा सञ्चालनमा ल्याउने तयारी गरी रहेको छ ।
सहकारीले केही समय भित्रै ग्राहकको सुविधा थप्ने भन्दै मोबाइल एप्लिेकेशनबाटै रकम ट्रान्सफर र अन्तर सहकारी चेक क्लियरिङ्गको सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरी रहेको संस्थाले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

यसै बिच स्थापना दिवशकै दिन संस्थामा लामो समय देखी कार्यरत बजार प्रतिनिधी समिता गुरुङ्गलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको छ ।



