×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

  •  
  • सोमबार, माघ २२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ २२ गते । गोरखा उद्योग वाणिज्य सघंको अधिवेशसनले नयाँ नेतृत्व चयन गरेको छ । शनिवारबाट जिल्ला सदरमुकाममा सुरु भएको अधिवेशनले जिवनज्योति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । मुख्य शीर्ष पदमा एकल उम्मेदवारी परेपनि कोषाध्यक्ष, सचिव र सात कार्यसमिति सदस्यमा कडा चुनावी प्रतिस्पर्धाका बीच कार्यसमितिले पुर्णता पाएको छ ।

    उद्योग वाणिज्य सघंका आगामी नेतृत्वका लागि भएको निर्वाचनबाट कोषाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ ३२१ मत ल्याएर बिजयी भएका छन् । उनका निकटम् प्रतिस्पर्धी राजेन्द्र विश्वकर्माले १९४ मत ल्याएका छन् । त्यसैगरी सचिवमा अस्मकबाबु श्रेष्ठ बिजयी भएका छन् । ५५३ मत खसेकोमा श्रेष्ठले ४२० मत ल्याएका छन् । उनीसँग चुनावी प्रतिस्पर्धामा रहेका काजीराम श्रेष्ठ ६४ मत ल्याएका छन् ।

    उनले निर्वाचन सुरु हुनु केही समय अघि अस्मकबाबुलाई समर्थन गरेका थिए । सात खुल्ला सदस्यका लागि भएको निर्वाचनमा गोबिन्द बहादुर गुरुङ्गले सबै भन्दा धेरै ४२३ मत ल्याएका छन् । यसैगरी बसन्तकुमार श्रेष्ठ ३८३, चन्दनबाबु खत्री ३६८, शरण श्रेष्ठ ३६३, मानकाजी श्रेष्ठ ३४५, बसन्त बस्नेत ३२६ र रामहरी केसीले ३१० मत ल्याएर बिजयी भएका छन् ।

    सदस्यका उम्मेदवार पुस्कल अर्याल २६९, दिल कुमारी गुरुङ २२३, ओम बहादुर श्रेष्ठ १८३ र ज्ञानप्रसाद ढकालले १०६ मत ल्याएर पराजित भएको उद्योग वाणिज्य सघंका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए । गोरखा उद्योग वाणिज्य संघमा गोरखा शाखा, पालुङटार, भच्चेक, मनकामना र आरुघाट ईकाइ गरी कुल ६०८ प्रतिनिधि छन् । जसमध्ये निर्वाचनमा ५५३ जनाले मतदान गरेका थिए । अधिकाशं र्शीष पदाधिकारीहरुमा सर्बसम्वत भएपनि सचिव, कोसाध्यक्ष र सदस्य पदहरुमा सहमती नभएपछि मतदान गरिएको हो ।

    शनिवारबाट सुरु भएको सघंको १५ अधिबेसन तथा ४४ औं साधरण सभाबाट वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष भगवानबाबु मास्के, महासचिवमा राजुबाबु श्रेष्ठ महिला सदस्यमा विष्णु मायाँ मास्के र वस्तुगत सदस्य कृष्ण बिश्वकर्मा सर्वसम्वत भइसकेका छन् । पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठको नेतृत्वमा रहेको निर्वाचन मण्डलले आधिकारिक घोषणा गरेपनि नयाँ नेतृत्वको पदवाहाली भने केही दिन भित्र गर्ने सहमती भएको छ ।

    अधिवेशनमा मतदान गरेर काठमाण्डौ जाँदै गरेका सघंको मनकामना ईकाइका अध्यक्ष राजकुमार श्रेष्ठ सहित उनका भाईको सवारी दुर्घटनामा परी मृत्यु भएका कारण केही दिन पछि मात्र नयाँ कार्यसमितीले पदभार ग्रहण गर्ने बताइएको छ ।

    • व्यवसायीक हकहितका लागि लड्छु : श्रेष्ठ

    गोरखा उद्योग वाणिज्य सघंका अध्यक्ष जिवनज्योति श्रेष्ठले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने बताएका छन् । १५ औं अधिवेशनबाट सर्बसम्वत चयन भएका श्रेष्ठले गोरखा समाचारसँग कुराकानी गर्दै जिल्लाको ऐतिहासिक धार्मिक, पर्यटकिय सम्भावनाका आधार निजि क्षेत्रले लगानी बढाउने बताए ।

    ‘मुख्य त जिल्लाको ऐतिहासिक धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने मेरो योजना हुनेछ’ आफ्नो प्राथमिकताको क्षेत्रबारे जानकारी गराउँदै उनले भने । जिल्लाको व्यापार व्यवसायलाई बढवा दिदै व्यापारी व्यवसायीको हकहितलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।

    ‘पहिलो कुरो त मेरो जिल्लाको व्यापार व्यवसाय उकास्ने तर्फ ध्यान हुनेछ, दोश्रो कुरा व्यापारीहरुको हकहितको लागि मेरो फोकस हुनेछ’ श्रेष्ठले भने । जिल्लाको विकासमा निजि क्षेत्रको ठुलो भुमिका हुने भन्दै उनले राज्यका सबै पक्षहरुसँग समन्वय गरेर काम गर्ने योजना सुनाए ।

    ‘म पहिले सबैसँग छलफल गर्छु अनि योजना बनाएर काम अगाडी बढाउँछु ।’उद्योगी व्यापारीहरुको छाता सस्था भएकाले सबैको हक हितका कुराहरुलाई विशेष जोड दिएर काम गर्ने उनले बताए ।

    यस अघि वरिष्ठ उपाध्यक्ष भएर काम गर्नुभएका श्रेष्ठको बिरुद्धमा उम्मेदवारी नपरेपछि उनी सर्बसम्वत हुनभएको हो । स्थानीय तह बनेपछि गोरखा बजारको केही भविष्य के हुन्ने भन्ने हल्ला छ नी भन्ने हाम्रो जिज्ञासामा उनले भने ‘गोरखा ऐतिहासिक नगरी हो, अहिले नै आत्तिनु पर्दैन यहाँ थुपै्र सम्भावनाहरु छन्, हामी यहाँको व्यवसाय धरापमा पर्न दिदैनौं । ’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.