×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५९ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

गोरखालाई पर्यटनको हब बनाउनु पर्छ : भट्टराई

  •  
  • आइतबार, माघ २१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखालाई धार्मिक, ऐतिहासिक एवं साहसिक पर्यटकको लागि उत्कृष्ठ गन्तव्य बनाउनु पर्ने बताएका छन् । गोरखा उद्योग बाणिज्य संघको ४४ औं वार्षिक साधरण सभा तथा १५ औं अधिवेशनको उद्घाटन गर्दै गोरखा क्षेत्र नम्बर २ का सांसद भट्टराईले अथाह सम्भावना भएर पनि गोरखा पछाडी परेको बताए ।

    ‘हामीले कुरा मात्र गरेयौं, काम गर्न सकनौं, अब ५० वटा कुरा होइन, एउटा काम देखाउनुपर्छ’ उनले भने । नेपाल राज्यको उद्गम स्थल गोरखा शाहकालिन इतिहासका कारण देशभर प्रख्यात छ । दिनहुँ सयौंको संख्यामा पर्यटक गोरखा आएपनि आवश्यक पु्र्वाधार नहुँदा एकछिन बसेर फर्कने गरेका छन् । अहिले पनि गोरखा उत्कृष्ट गन्तव्यको रुपमा रहेको भन्दै नयाँ शक्ति पार्टीका संयोजक रहेका भट्टराईले सँस्कृति हेर्न गोरखा जाउँ भन्ने उखान बनाउनु पर्ने बताएका छन् ।

    ‘पहिले न्याय हराए गोरखा जानु भन्ने उखान थियो, अब सँस्कृती हेर्न गोरखा जाउँ भन्ने उखान प्रख्यात बनाउनु पर्छ ।’ गोरखा क्षेत्र नम्बर २ का सांसद समेत रहेका उनले गोरखाको बिकास र समृद्धिका लागि पर्यटन उद्योगलाई बढवा दिनुपर्ने तर्क गरे ‘गोरखालाई आकर्षक पर्यटकिय गन्तव्य बनाउन सकियो भने, जो कोही नेपाली पनि एक पटक गोरखा नआइरहन सक्दैन’ नयाँ शक्ति पार्टी संयोजक समेत रहनुभएका डाक्टर भट्टराईले भने ‘त्यसको लागि पुर्वाधार निर्माण गर्नु आवश्यक छ, अब निजि क्षेत्रको ध्यान त्यहाँ केन्द्रित हुनु परयो ।’ त्यसका लागि आवश्यक नितिगत कुराको व्यवस्थापनमा सांसद र पुर्व प्रधानमन्त्रीको हैसियतले सहयोग गर्न तयार रहेको उहाँले बताए ।

    फरक प्रशङ्गमा डाक्टर भट्टराई भारतिय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणलाई बेमौसीको संज्ञा दिएका छन् । कार्यक्रम बाट निस्कने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिदै उनले सरकार बन्न नसकेको बेला भारतिय बिदेश मन्त्री नेपाल आउनुले थुप्रै आशंका जन्माएको बताए । ‘नेपालको बिकास र समृद्धिमा छिमेकीहरुको भूमिका महत्वपूर्ण हुन्छ, तर यो समय उपयुक्त भएन भन्ने मेरो धारणा हो’ अब बन्ने सरकारले दुबै छिमेकीलाई सन्तुलनमा राखेर काम गर्नुपर्ने भन्दै उनले सरकार नबन्दै भेटघाटलाई प्राथमिकता दिन हतार भएको आरोप लगाए ।

    ‘आउनै हुँदैन थियो भन्न त मिल्दैन, तर नयाँ सरकार बने पछि आउनु राम्रो हुन्थ्यो ।’ कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले सबै मिलेर गोरखालाई सम्मुनत बनाउनु पर्ने तर्क राखे । ‘अब राजनितिक लडाइँ सकिएको छ, सबै मिलेर जिल्लाको मुहार फेर्ने काममा लाग्नु पर्छ’ उनले भने । कार्यक्रममा प्रदेश सभा सांसद हरिशण आर्चाय, लेख बहादुर थापा, प्रकाशचन्द्र दवाडी, जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरु, उद्योग बाणिज्य सघंका प्रतिनिधि, पत्रकार महासघंका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।

    अधिवेशनका क्रममा संघका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठ, साधारण सदस्य भुगोल कुमार श्रेष्ठ र गोरखा आयुर्वेदिक कम्पनीलाई दोल्सला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो । सघंका अध्यक्ष श्रवण कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव भगवानबाबु मास्केले बार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजुबाबु श्रेष्ठले आर्थिक प्रतिवेदन, बरिष्ठ उपाध्यक्ष जिवनज्योति श्रेष्ठ र उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ अतिथिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

    उद्योग बाणिज्यको सघंमा जिवनज्योति श्रेष्ठ अध्यक्ष, कृष्णकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, भगवानबाबु मास्के उपाध्यक्ष र राजबाबु श्रेष्ठ महासविचमा सर्व सम्बत भइसक्नु भएको छ । सचिव, कोषाध्यक्ष र ७ सदस्य गरी ९ पदमा भने सोमबार निर्वाचन हुँदै छ ।

    निर्वाचनमा १५ जनाले उम्मेदवारी दिएका छन् । गोरखा उद्योग बाणिज्य सघंमा ४ वटा इकाइ र एक बस्तुगत समिति गरी ६०८ जना प्रतिनिधि छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.