×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

टिप्पर छुटाउन मध्यमार्गी बाटो

  •  
  • शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ १९ गते । नदीजन्य पदार्थको अबैद्य ओसापसारमा संग्लन भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टिप्परहरु छुटाउन कसरत भइरहेको छ । जरिवाना रकम तिर्न आनाकानी गर्दै एकसाता अघि देखि प्रशासनको आसपासमा थन्किएका टिप्परहरु छुटाउन अनेक प्रयासहरु भइरहेका छन् ।

    बिहीबार साँझ जिल्ला प्रशासनमा भएको छलफलमा तिन दिन भित्र भ्याट बिल पेस गरे टिप्परहरु छोड्ने सहमती भएको छ । ‘उहाँहरुले भ्याट बिल छ भने पेस गर्नुस्, गाडी लैजानुस् भन्नुभएको छ, हामी भ्याट बिल बुझाएर हाम्रो गाडी ल्याउँछौ’ ढुवानी व्यवसायी समितीका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने । जनस्तरबाट व्यापक दबाब आएपछि केही दिन अघि नदिजन्य पदार्थको उत्खनन र ढुवानीलाई व्यवस्थित गर्ने निर्णयमा प्रशासन पुगेपछि शसंकित भएका व्यवसायीहरुले जरिवाना तिर्न अस्वीकार गदै आएका छन् ।

    अहिले झण्डै सम्म १७ वटा टिप्पर प्रहरी नियन्त्रणमा छन् । एक साता सम्म आवश्यक कागजपत्र बुझाउन नसकेका टिप्परहरुलाई मध्यमार्गी बाटो अपनाएर छुटाउने प्रयास भएको स्रोतले बताएको छ । भ्याट बिल नभएकै कारण थन्किएका उक्त टिप्परहरुले अहिले आफूसँग बिल रहेको दाबी गरेका छन् । ‘हामी सँग बिल छ, किन जरिबाना तिर्ने ? नहुने कोही छन भने तिर्छन, हुनेलाई छोड्ने सहमती भएको छ’ अध्यक्ष श्रेष्ठले भने ।

    यता प्रशासनले भने यस अघि भएको निर्णयबाट पछि नहट्ने दाबी गरेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भन्छन् ‘हामी निर्णय बाट पछि हट्ने अबस्था छैन, यो सुरुवात हो, गलत गर्ने जो कोहीलाई पनि छोड्दैनौं ।’ उनले यसो भनिरहँदा भ्याट बिलको बारेमा भने केही लचक भएको छनक देखिन्थ्यो । ‘भ्याट बिल नै छ भने त हामीले पनि गैरकानूनी भन्न मिलेन’ प्रजिअ बस्नेतले भने ‘बरु बिल भ्यालिट, इनभ्यालिट के हो जिल्ला समन्वय समितिले हेर्छ ।’

    नियन्त्रणमा रहेका टिप्पर छुटाउन व्यापक राजनितिक दबाब समेत खेपेको प्रहरी प्रशासन र जरिबाना तिर्दैनौ भनेर टसमस नभएका व्यवसायीहरु भ्याट बिल पेस गर्ने टिप्पर छुटाउने सहमतीमा पुगेको देखिन्छ । यो निर्णयलाई आलोचकहरुले भने मध्यमार्गी बाटो अपनाएर टिप्पर छोड्न खोजिएको आरोप लगाएका छन् । ‘दुबै पक्षको उइन्, उइन् गर्न खोजिएको जस्तो मात्र देखियो, यदी व्यापारीसँग बिल थियो भने, एक साता सम्म किन पेश गरेनन् ?’ नाम नबताउने सर्तमा जिल्लामा क्रियाशिल एक नागरिक अगुवाले भने ।

    प्रशासनले समातिएका टिप्परहरुलाई नक्कली बिल बनाएर पेश गर्ने छुट दिइएको उनको आरोप छ । ‘सबै व्यापारी एक जुट छन्, बिल त जहाँबाट पेश गरेपनि भयो नी ? यो त जनताको आँखामा छारो हाल्ने काम मात्र हो’ उनले थपे । बैठकले बिल पेश गर्न नसक्नेलाई भने कारवाही गर्ने निर्णय गरेको ढुवानी व्यवसायी समितिका अध्यक्ष श्रेष्ठले बताए । उनीहरुलाई कारवाही गरी जफत भएको निर्माण सामाग्री सरस्वती मावि आहालेमा लगेर राख्ने, अनि जिल्ला समन्वय समितिले लिलामीमा बिक्रि गर्ने सहमती समेत भएको छ ।

    प्रशासनले ३ दिन भित्र भ्याट बिल पेश गर्ने समय दिएपछि आन्दोलनरत ढुवानी व्यवसायीले आन्दोलन समेत फिर्ता लिएको श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.