×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

अलैँचीका बिरूवा बिक्नै गाह्रो

  •  
  • बुधबार, माघ ०३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नवीनराज कुइँकेल

    लमजुङ, माघ ३ गते । मस्र्याङ्दी गाउँपालिका–७ ताराचोक शेराका किसानले धान खेत मासेर अलैँचीका बिरुवा जमाए । २५ रोपनी क्षेत्रफलमा बनाइएको ग्रिन टनेलमा अहिले करिब २० लाख बिरुवा हुर्किएका छन् ।
    ४५ लाख बढी लगानी गरेर उत्पादन गरिएको बिरुवा बिक्री नहुँदा यतिबेला किसान निराश बनेका छन् । ‘धान खेत मासेर बिरुवा जमाएका हौँ, अलैँची नर्सरी किसान डम्बरसिं अधिकारीले भन्नुभयो, बिरुवा हुर्किएर नर्सरीमा फूल फुल्न लागिसक्यो, बिक्री नहुँदा निराश छौँ, बाहुनडाँडा, ताराचोक, लुदी, छिनखोला गाउँका १३ जना किसान मिलेर नर्सरी स्थापना गरेका हुन् ।
    ग्रिन टनेल नर्सरीमा ३१ किलो बीउ उमारिएको किसान इन्द्रप्रसाद तामाङले बताउनुभयो । एक केजी बीउबाट ८० हजार बिरुवा उम्रन्छ । ३१ किलो बीउबाट २० देखि २४ लाखसम्म बिरुवा उम्रिएको अनुमान गरेका छौँ’ तामाङले भन्नुभयो ।
    ग्रिन हाउसमा रामसाई, गोलसाई, भर्लाङ्गे, डम्बरसाई, जिर्मले, साउन्ने जातका बिरुवा उत्पादन गरिएको छ । सिँचाइ तथा नेटजालीको समस्याले बिरुवा सुक्न थालेको किसान सोमबहादुर तामाङले बताउनुभयो । पर्याप्त सिँचाइ छैन । असोजदेखि खडेरीले पानी परेको छैन, तामाङले भन्नुभयो, सिँचाइ र नेटजाली नहुँदा बिरुवा सुक्न थालेका छन् । गत असारमै बिक्री हुनुपर्ने बिरुवा बिक्री हुन नसकेको किसानहरू बताउँछन् ।
    भुलभुले नयाँगाउँका किसान डम्बरजङ्ग गुरुङले बिरुवा बिक्री नहुँदा किसानहरू निराश भएको बताउनुहुन्छ । गुरुङका अनुसार गाउँका कसैको पनि बिरुवा बिक्री भएको छैन ।
    नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले माग कम तर बिरुवा उत्पादन धेरै भएकाले बिक्रीमा समस्या भएको बताउनुभयो । यो वर्ष २५ लाख बिरुवा बिक्री भएको हो तर यहाँ उत्पादन धेरै भएकाले बिक्रीमा समस्या देखिएको हो, तामाङले भन्नुभयो ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यक्रमका प्रमुख गोविन्द कोइरालाले जिल्लामा उत्पादन गरिएका बिरुवाको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले जोन कार्यक्रम, कृषि कार्यालय, स्थानीय तह, विभिन्न सङ्घ, संस्थासँग समन्वय गरी बिरुवा बिक्रीको पहल गरिने बताउनुभयो ।
    बिरुवा उत्पादन बढेपछि महासङ्घले बिरुवाको मूल्य पनि घटाएको छ ।
    जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलँैची व्यवसायी महासङ्घ लमजुङ शाखाले संयुक्त रूपमा अलैँचीको बिरुवाको नयाँ मूल्य निर्धारण गरेका हुन् । रामसाई, गोलसाई, डम्बरसाई, साउने, जिर्मले र भर्लाङ्गे जातको अलैँची बिरुवाको मूल्य प्रतिगोटा नौ रुपियाँ, पुराना गाँजबाट निकालिएको (पन्ना) बिरुवा प्रतिबिरुवा सात रुपियाँ निर्धारण गरिएको छ । गत वर्ष प्रतिबिरुवा १२ रुपियाँमा बिक्री भएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.