×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जिबिको पार्जन माध्यम बन्दै होमस्टे

  •  
  • सोमबार, माघ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    माघ १ गते । परम्परागत खानपान र रहन सहनका लागि होमस्टे प्रति आकर्षण बढ्दो छ । भुकम्प पहिले जिल्ला केही स्थानमा स्थापना भएका होमस्टेहरु लामा समय बन्द रहे । अहिले सरकारी र गैरसरकारी क्षेत्र मिलेर होमस्टहरु ब्यँुताउने अभियानमा छन् । ‘पैला पनि केहीघरमा चलाएका थियौ, भुकम्प गयो, चम्चापनि नभेट्टिने गरि सबै पुरिदियो, अ‍ैले घर बनाएर फेरी सुरु गरेका छौ’ अजिरकोट वडा नम्बर ३ नम्कीको अमज्योती आमा समुहकी अध्यक्ष मिना तामाङले भनिन् । अक्सफाम र एकिरण नेपालको साझेदारीमा सञ्चालित भुकम्प प्रतिकार्य तथा पुनस्थापना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न ठाउँका २० भन्दा बढि होमस्ट सञ्चालकहरु अहिले नम्कीमा जम्मा भएका छन् । ‘गाउँमा पाहुनाहरु आउनु हुन्छ राम्रो सँग स्वागत सत्कार गरेर राख्न पाएँ उहाँहरु पनि खुसि हुनुहुन्थ्यो, दुईचार पैसा कमाउने बाटो पनि हुन्छ’ अजिरकोट ४ सिम्जुङ बाझेगाउँकी रनुका गुरुङले भनिन् ।
    १५ दिने उक्त तालिममा स्थानीय उत्पादनबाट बनाइने खानेकुराको परिकार, आदार सत्कार तथा होमस्टे ब्यवस्थापन सम्बन्धि तालिम दिइएको कार्यक्रम संयोजक तुलसीराज धितालले जानकारी दिए । सिमजुङ्ग, घ्याच्चोक, भच्चेक, नम्की लगायतका स्थानका सहभागीहरुले स्थानीय स्तरमा उपलब्ध सामाग्री बाट कसरी खानेकुरा तयार गर्ने, पाहुनाको स्वागत सस्कार कसरी गर्ने लगायतका कुराहरु सिकिरहेको तालिमको सजिकरण गरिरहेको होममेड नामक सस्थाका प्रशिक्षक अजित कुमार आर्चायले बताए ।
    उनीहरु झण्डै १ साता अघि देखि सुरु भएको होमस्ट सञ्चालन र व्यवस्थापन सम्बन्धी तालिम लिन व्यस्त छन् । ‘तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रयास गर्छौ, जसले गाउँमा आएका पाउनलाई सेवा दिन पाइयोस्’ अजिरकोट गाउँपालिका वडा नम्बर १ की नन्दमायाँ गुरुङले भनिन् । हामेस्टका लाग यस अघि नै चर्चामा रहेको नम्कीमा भएको तालिममा सहभागी स्थानीयले भने आफ्नो अनुभव समेत साटासाट गरिरहेका छन् ।
    ५५ घरधुरी रहेको नम्कीमा हाल १० घरमा मात्र होमस्टे सञ्चालनमा रहेको भएपनि चाँडै २० घर थप गर्ने योजना रहेको अध्यक्ष तामाङको भनाई छ ‘अहिले जम्मा १० घरमा मात्रै पाहुना राख्छौ, अब छिट्टै ३० घरमा होमस्टे चलाउन तयारी गर्दैछौ ।’ बौद्ध हिमालको काखमा रहेको यस क्षेत्रमा स्थानीय जातिको संस्कृति तथा मौलिकताका कारण पर्यटकको ध्यान त्यहाँको होमस्टेले तानेको छ । बिशेष गरेर तामाङ जातीको बसोबास रहेको नम्कीमा पाहुनाका लागि आवास, मौलिक परिकार र रात्री मनोरञ्जनको लागि नृत्यको समेत प्रबन्ध गरिएको आमा समुहकी उपाध्यक्ष चन्द्रमाया तामाङ बताउछिन् । ‘पाहुनाको स्वागत गर्न हामीले यहाँको मौलिकता झल्कने खालको नृत्य, स्तरिय आवास, खानपानको राम्रो ब्यवस्था मिलाएका छौ ।’ दुर्गम बस्तिको जनजिवन हेर्न, हिमाल तथा पहाडहरुको दृष्य, अलैची, चियाखेतीको अवोलोकन यस क्षेत्रको मुख्य बिशेषता रहेको स्थानीय मनकुमारी लामाको भनाई छ । होमस्टेमा एक बसेको विदेशी पर्यटकका लागि एक हजार र नेपालीका लागि पाँच सय रुपैया लिनेगरेको लामा बताउछिन् । तालिमको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहित संचारकर्मीहरुबाट अनुगमन समेत भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.