×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

क्लिंकर नेपालमै झार्ने तयारी

  •  
  • बिहिबार, पुष २७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सीमावर्ती भारतीय नगर रक्सौलका बासिन्दाको विरोधपश्चात् केही सातायता वीरगञ्जको नाकाबाट सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकर आयात हुन रोकिएपछि सरकारले नेपालकै भूभागमा क्लिंकर झार्ने व्यवस्था मिलाउनेबारे सोचिरहेको बताएको छ।

    क्लिंकरको धुलोले प्रदूषण भएको भन्दै रक्सौलका बासिन्दाले त्यहाँ नेपालले आयात गरेको क्लिंकर झार्न नदिएपछि खासगरी वीरगञ्ज क्षेत्र वरपर रहेका करिब एक दर्जन सिमेन्ट कारखानालाई पूर्ण रुपमा असर परेको व्यवसायीहरूले बताएका छन्।

    सिमेन्ट उत्पादन गर्ने मुख्य समयमै कच्चा पदार्थको अभाव यसरी बढ्दै गए यसले देशभरका अन्य सिमेन्ट उत्पादक कम्पनीलाई समेत नकारात्मक असर पर्न सक्ने चेतावनी व्यवसायीहरूले दिएका छन्।

    प्रदूषणका कारण देखाइ सीमावर्ती भारतीय नागरिकहरूले रक्सौल नाकामा क्लिंकर झार्न नदिएपछि करिब दुई साता यता वीरगञ्ज नाकाबाट सो कच्चा पदार्थ आयात हुन सकेको छैन।

    समस्या लम्बिँदै गएपछि सरकारले अब त्यसको वैकल्पिक समाधानबारे सोचिरहेको अधिकारीहरूले बताएका छन्।

    क्लिंकर झार्ने गर्ने विषयलाई लिएर भारतीय पक्षसंग पनि विभिन्न चरणमा छलफल गरिसकेको सरकारी अधिकारीहरूले बताएका छन्।

    अब यसको दीर्घकालीन समाधान भनेको नेपालकै भूभागमा क्लिंकर झार्ने व्यवस्था मिलाउनु नै देखिएको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजुले बताए।

    वीरगञ्जको अहिलेको सुख्खा बन्दरगाहबाट ५-७ किलोमिटर नजिकै कुनै जग्गा खोजेर त्यहाँ छुट्टै बन्दरगाह बनाउनेमा हामी लागि रहेका छौँ

    रविशंकर सैँजु, प्रवक्ता, वाणिज्य मन्त्रालय

    उनले भने, “वीरगञ्जको अहिलेको सुख्खा बन्दरगाहबाट ५-७ किलोमिटर नजिकै कुनै जग्गा खोजेर त्यहाँ छुट्टै बन्दरगाह बनाउनेमा हामी लागि रहेका छौँ। जग्गा खोज्न त्यहाँ हाम्रो टोली गएका छन्। त्यो भयो भने हामी तीब्र गतिमा काम अघि बढाउनेछौँ। “

    साथै अन्य नाकाबाट क्लिंकर ल्याउन सकिने बारे पनि चर्चा चलेको छ।

    तर वीरगञ्ज नाकाबाट ल्याउने भनि व्यवस्था मिलाइसकिएका क्लिंकरलाई अब अन्य नाकाबाट ल्याउने व्यवस्था मिलाउन निकै धेरै समय र श्रोत लाग्ने व्यवसायीहरूले बताउँदै आएका छन्।

    त्यसकारण यसपटकको सिजनको लागि माग भएका क्लिंकर त्यहीँबाट आउन पर्ने उनीहरूको भनाई छ।

    सिमेन्ट उत्पादनको लागि चाहिने महत्वपूर्ण कच्चा पदार्थ क्लिंकरको अभावले मुख्यगरी वीरगञ्ज वरपरका कारखानामा प्रभाव परेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए।

    धेरै माग हुने बेलामा आपूर्ति पनि ठ्याक्कै बन्द भयो भने बजारमा समस्या श्रृजना हुन्छ

    ध्रुव थापा, अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

    उनले भने, “वीरगञ्ज वरपरको सिमेन्ट कारखाना बन्द हुने अवस्थामा पुगिसक्यो। बजारको मागको ४० प्रतिशत सिमेन्ट वीरगञ्जबाट आउँछ फेरि अहिले सिमेन्टको माग बढी हुने समय हो। यसरी धेरै माग हुने बेलामा आपूर्ति पनि ठ्याक्कै बन्द भयो भने बजारमा समस्या श्रृजना हुन्छ। “

    क्लिंकर आयात वापत सरकारले यस आर्थिक वर्षमा हालसम्म करिब १ अर्ब ५१ करोड रुपियाँ राजश्व संकलन गरिसकेको वीरगञ्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए।

    विगत केही सातायता यसको आयात रोकिएपछि हालका निम्ति यसले राजश्व संकलनमा असर परेको प्रमुख पोखरेलले बताए।

    उनले भने, “क्लिंकरबाट वीरगञ्ज भन्सारले प्रति महिना करिब ३५ करोड रुपियाँ संकलन गर्ने गरेको थियो। क्लिंकर आयात बन्द भएपछि त्यसबाट संकलन हुने राजश्व अब प्राप्त नहुने देखिन्छ।”

    कच्चा पदार्थको अभावका कारण महत्वपूर्ण निर्माण सामाग्री सिमेन्टको मूल्य बढ्न सक्ने चिन्ता व्यक्त भएका छन्।

    अनि त्यसले भूकम्पपछिको पुनर्निर्माण अभियानमा समेत असर पर्ने ठानिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.