×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

भुँईस्याउ खेती गर्ने राई नमूना कृषक बन्ने धुनमा

  •  
  • मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पथरी, मोरङ, पुस २५ गते । मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ । मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गर्नुभएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७० हजारको भुँई स्याउ बेच्नुभयो । घरमै खरिद गर्न पुगेकालाई प्रतिकेजी रु ७० का दरले बिक्री गरेको बताउँदै राईले भन्नुभयो, “तराईका बजारमा पु¥याउँदा प्रतिकेजी रु २०० सम्ममा बिक्री भयो । भुँई स्याउको माग बढेपछि उहाँले यो वर्ष १० रोपनीमा बाली लगाउनु भएको छ ।

    राईकी पत्नी बीना खजुमले भन्नुभयो, “भुँई स्याउलाई मल पु¥याउन गाह्रो भयो । सडक विकट छ, गोबर मलले मात्र उत्पादन लिन समस्या भयो, रासायनिक मल गाउँसम्म पु¥याउन सकिएन, त्यसैले सोचे जति उत्पादन लिन सकिएन ।”

    प्रतिबोट १० देखि १५ केजीसम्म उत्पादन हुने भुँई स्याउ मधुमेह र उच्च रक्तचापका रोगीका लागि उपयोगी हुने बताइन्छ । नारायण राई यतिबेला दुई चार पैसा कमाउने ध्याउन्नमा मात्र हुनुहुन्न । गाउँ, जिल्ला र राष्ट्रका लागि कृषि उद्यम गरेर नमूना बन्ने सपना बुनिरहनुभएको छ ।

    पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको खोर्सानेबाट १७ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय क्षेत्र जेफालेको काखमा राईले कृषि व्यवसायबाटै ५० जनाभन्दा बढीलाई रोजगार दिनुभएको छ ।

    गाउँमा कोही जग्गा बेच्ने भए भने राई नै किनी दिनुहुन्छ । भन्नुहुन्छ, “सबै सुख खोज्न तराई झरिरहेका छन् । म यहीँ सुख खोजिरहेको छु ।” उहाँको जग्गामा चिया मात्र छैन । कफीखेती पनि शुरु गर्नुभएको छ । कागती तथा सुन्तला जातको समेत खेती थाल्नुभएका राई भन्नुहुन्छ, “धानबाहेक यो भूगोलमा सबै खेती गर्न सकिने रहेछ ।”

    उहाँले अम्लिसो, अदुवा पनि झण्डै १०० रोपनीमा लगाउनुभएको छ । भन्नुहुन्छ, “राज्यले सडक, सञ्चार र सुरक्षाको प्रत्याभूति गर्ने हो भने सिंहदेवी मोरङको मात्र होइन, नेपाल कै नमूना कृषि उद्यमको गाउँ बन्न सक्छ ।”

    त्यसो त कृषि व्यवसायमा लगाएको राईको प्रारम्भिक पूँजी स्वदेशमा कमाएको होइन । ११ वर्ष ओमानमा पसिना बगाएर कमाएको सिरिखुरी सबै सम्पत्ति उहाँले कृषि कर्ममा लगाउनु भएको हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.