कैलासबावु श्रेष्ठ/गोरखा
पुस २४ गते । गोरखा सदरमुकाममा सोमबार देखी एनआईसी एशिया बैंकको शाखा स्थापना भै सञ्चालनमा आएको छ ।
बैंकको एक कार्यक्रम बिच गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले रिबन काटेर उदघाटन गनु भएको थियो । अध्यक्ष जोशीले बैंकको उदघाटन गर्दै पहाडी जिल्लामा बैंकहरुको शाखा विस्तार हुनु सुखद भएता पनि राष्ट्र बैंकले हरेक पटक ऋणको निती परिवर्तन गर्दा ग्राहक बर्गमा असुविधा पुग्न गएको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, नामजेली डाडाँमा रहेको नेपाली सेनाका प्रमुख तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधी एवं सर्व साधारण र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

राष्ट्र बैंकबाट स्विकृत प्राप्त यस बैंकको गोरखामा रहेको १४४ औं शाखा हो ।




