×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

लोपोन्मुख धानको बीउ बीउ बैंकमा संरक्षण

  •  
  • सोमबार, पुष २४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर, पुस २४ गते । लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो ।

    बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै गएका कारण । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले सञ्चालन गर्दै आएको बीउ बैंकमा संरक्षण गरी राखिएको छ । छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताउनुभयो ।

    छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनिया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् । ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनी लगायतका धान संरक्षण गरिएका छन् ।

    प्रतिवर्ष स्थानीय जातका धान खेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउँदै आएका छन् । “स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिइ खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ”– अध्यक्ष रानाले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल विगतमा छोड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

    स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहनसक्ने र डुबान भएमा समेत थोरै मात्रै नोक्सानी हुने भएकाले सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गराएको मल प्रयोग गरी लोपोन्मुख अवस्थामा पुगेका धानको संरक्षणमा टेवा पु¥याउँदै आएका हुन् । धेरै टाढाबाट समेत स्थानीय जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेकाले सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।

    बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान रामप्यारा चौधरीले बताउनुभयो । यस वर्ष स्थानीय जातको धानको बीउ २० क्विन्टल बढी उत्पादन भएको छ । बजार मूल्यभन्दा रु १० देखि १५ सस्तोमा धानको बीउ बिक्री हँुदै आएको छ ।

    स्थानीय धानको बीउ मात्रै बिक्री गर्दैनौँ सहकारीका पदाधिकारी आशाराम चौधरीले भन्नुभयो, “स्थानीय जातका धानमा विकासे धान क्रसिङ गरेर नयाँ धानका प्रजातिको विकासमा समेत लागेका छौँ ।” सुक्खा सहनसक्ने र कम मलमै बढी प्रतिफल दिने धानका प्रजातिको विकासमा लागेको उहाँले बताउनुभयो । स्थानीय जातका धानको खेती गर्न र भण्डारण गर्न निकै चुनौती रहेको सहकारीमा आबद्ध सदस्यको भनाइ छ ।

    संस्थाले बीउ भण्डारणका लागि दुईतले पक्की भण्डारण गृहसमेत निर्माण गरेकामा बीउको उत्पादनभन्दा भण्डारण गृहको क्षमता कम भएकाले बीउ राख्न समस्या छ । भण्डारण गृह ५० क्विन्टल क्षमताको छ ।

    बीउलाई कीरा र ढुसीबाट जोगाउन जैविक विषादीको प्रयोग गरी टिनको भकारीमा भण्डारण गरिँदै आएको छ । “बीउको माग बढी भए पनि भण्डार गृहको क्षमता कम भएकाले किसानको मागअनुरुप बीउ उपलब्ध गराउनसक्ने अवस्था छैन”– सहकारीका अध्यक्ष रानाले भन्नुभयो ।

    शंकरपुर, देखतभूली, बेलौरी नगरपालिका, रामपुर विलासिपुर र कृष्णपुर क्षेत्रका एक हजार बढी किसानले बीउ बैंकबाट बीउ खरिद गरेर खेतमा लगाउने गरेका छन् । गाउँबाटै किसानले बीउ पाउने भएकाले समयको बचत, पैसाको बचत हुने गरेको बैंकका सचिव आशाराम चौधरीले बताउनुभयो ।

    स्थानीय जातका धानका बीउसँगै बैंकले किसानलाई उन्नत जातका राधा चार, सावित्री, हर्दिनाथ लगायतका धानको बीउ र बढी फल्ने गौतम, आदित्य र भृकुटी जातका गहुँको बीउसमेत बैंकबाट किसानलाई उपलब्ध गराईदै आएको छ ।

    उन्नत जातका धानको बीउ मात्रै यस वर्ष बैंकमा आबद्ध किसानले ६० क्विन्टल बढी उत्पादन गरेका छन् । गत बर्ष ५० क्विन्टल गहुँको बीउ बैंकमा आबद्ध किसानले उत्पादन गरेकामा लालझाडी गाउँपालिकाले त्यो बीउ खरिद गरी अनुदानमा किसानलाई उपलब्ध गराएको थियो ।

    सहकारीले सञ्चालन गर्दै आएको बीउ बैंकले स्थानीय जातका धानका बीउसँगै उन्नत जातका धान, गहुँको गुणस्तरीय बीउ उत्पादन गरी सघाउ पु¥याउँदै आएकाले सो बीउ बैंकलाई आइपरेको समस्या समाधानका लागि कार्य अगाडि बढाइने लालझाडी गाउँपालिकाका प्रमुख मदनसेन वडायकले बताउनुभयो ।

    बीउ बैंकका लागि उत्पादनअनुरुपको भण्डारण गृह, कृषि औजार, बीउ भण्डारण सामग्री र कर्मचारीको तलबको व्यवस्था उक्त सहकारीले व्यहोर्दै आएको छ । गैरसहकारी संस्थाको सहयोगमा विसं २०६४ मा स्थापना गरिएको बीउ बैंक जिल्ला कृषि विकास कार्यालय र दातृ निकायको सहयोगमा सञ्चालन हुँदै आएको थियो । सहकारी गठनपछि सबै निकायले सहयोग उपलब्ध गराउन बन्द गरेपछि बैंक सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष २४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.