नरेन्द्र ढकाल/गोरखा
पुस १७ गते । मुस्ताङको स्याउ जस्तै गोरखाको सुन्तला देशभर प्रख्यात छ । जब सुन्तलाको मौसम सुरु हुन्छ तब देश भरका फलफुल बजारमा मनकामनाको सुन्तलामाग ह्वात्तै बढ्छ । व्यापारीहरुले झुक्याएर भए पनि मनकामनाकै सुन्तला भनी ग्राहकलाई बिक्रिवितरण गर्ने गर्छन् । अहिले बजारमा मनकामनाको सुन्तलाको मुल्य १२० भन्दा बढि छ । तर थोकमा सुन्तला बेचेका किसानहरु किलोको ५० रुपयाँ पनि नपाएको गुनासो गरेका छन् । मनकामना गाविस वडा नम्बर ४ का नर बहादुर थापाले सुन्तला खेतिगर्न थालेको २५ वर्ष भन्दा बढि भयो । २०४५ साल बाट व्यवसायिक सुन्तला खेतिगर्न थालेका थापाले वर्षभरी गरेको दुखः ठेकेदारले नै खान्छ । ‘वर्षभरी दुःख गरयो फाईदा जतिअर्केले खान्छ, दुःख गर्ने हामी पैसा कमाउँछ ठेकेदारले’ थापाले गुनासो गरे ।
यस वर्ष पनि कार्तिक लाग्दा नलाग्दै उनको नर्सरीको मुल्याङ्कन भइसकेको छ । ‘मेरो बारीमा यस वर्ष ७ टिप (गाडी) सुन्तला फलेको अनुमान गरेको छु तर ठेकेदारले ५ टिप देखि छैन भन्यो, ६ टिपमा ठेक्का दिएँ’ थापाले भने । गतवर्ष उनले ४ लाख १७ हजारमा सुन्तला बेचेको थिए । ‘मलाई त पोहोर जत्तिकै फल्यो जस्तो लाग्छ तर ठेकेदारले छैन भनेर मान्दै मानेन, बोटमा सुक्न दिन भएन सस्तै दिएँ’ थापाले गुनासो गरे । नेपाल भर चर्चित गोरखा मनकामनाको सुन्तलामा बिचौलियाले रजाइ गरेको किसानहरुले गुनासो गरेका छन् ।

बजारमा अहिले किलोको एक सय भन्दा बढिमा बिक्रिवितरण भएको मनकामनाको सुन्तला किसानहरुले भने किलोको ५०/६० रुपयाँमा सुम्पिन बाध्यभएको कृषक जगबहादुर थापाको भनाई छ ‘अहिले खुद्रा बेच्दा यहीँ १५० रुपयाँ भन्नथाले हाम्रो नर्सरी नै बेच्दा त ठकेदारले ५०/६० रुपयाँमा पारेको छ ।’ ठेकेदार एक किलोमा ५० देखि ७५ रुपयाँ सम्मफाईदा लिने गरेको किसानहरु बताउँछन् । ‘एक/एककिलो गरेर बेच्न सकिदैन, बाहिर लैजाउँ हामीले कहाँलाने फाइदा जति ठेकदारले खान्छ, हामी त वर्षभरी दुःखगरयो हेरयो बस्यो’ अर्का सुन्तला कृषक शेरबहादुर थापाले भने ।
सरकारले बजार प्रवद्र्धन गरिदिए आफूलाई ठुलो राहत मिल्ने सुन्तला कृषकहरु बताउँछन् । यताजिल्ला कृषि विकास कार्यलयले भने सुन्तलाको बजार प्रवद्र्धनका लागि प्रयास सुरु गरिसकेको दाबी गरेको छ । ‘जब सम्म ठेक्का प्रथा तोड्न सक्दैनौ तब सम्म किसानले वास्तविक मुल्य पाउँन गाहो छ, त्यस्कालागि हामीले प्रयास थालेका छौ’ जिल्ला कृषि विकास कार्यलय गोरखाका बरिष्ठ कृषि बिकास अधिकृत यामकुमार श्रेष्ठले भने ।
कार्यलयको पहलमा स्थानिय कृषि सहकारी संस्था मार्फत स्टीकर टाँसेर सुन्तला बिक्रि सुरु गरिएको छ । यस वर्ष सुन्तला उत्पादन घटे पनि आम्दानी भने बढ्ने भएको छ । गतवर्ष भन्दा यस वर्ष २ करोड वढी आम्दानी हुने जिल्ला कृषि विकास कार्यालय गोरखाले अनुमान गरेको छ । गतवर्ष ४ हजार ४० मेटिूक टन सुन्तला उत्पादन हुँदा १९ करोड रुपैयाँआम्दानीभएको थियो । यस वर्ष २१ करोड मुल्य वरावरकोे २७ सय २२ मेट्रिक टन सुन्तला उत्पादन हुने कृषि विकास कार्यालयका प्रमुख यम कुमार श्रेष्ठले बताए । सुन्तलाको पकेट क्षेत्र मानिने मनकामना, भुम्लीचोक, दुर्वुङ क्षेत्रमा सुन्तला उत्पादन घटेपनि देउरालीमा भने यस वर्ष ५० प्रतिशतले सुन्तला उत्पादन वढेको श्रेष्ठले बताए ।



