मोहसिन अलि मियाँ/गोरखा
पुस १४ गते । सदरमुकाममाचलिरहेको गोरखकाली मेलाको आज समापनहुने भउको छ । पौष ७गतेदेखिभइरहेको मेलाको आजजिल्ला समन्वय समितीकाप्रमुखअशोक कुमार गुरुङले समापनगर्ने कार्यक्रम रहेको आयोजक हरमटारी क्लबकाअध्यक्षविशाल गुरुङले जानकारी दिएका छन् ।
मेलाको सातौ दिनबिहिबार चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले मेलानिक्कै रोमाञ्चितबनेको थियो । हास्यकलाकारहरु जिक्रि र पाँडेले दर्शकलाई निक्कै हसाएकाथिए । त्यस्तै चर्चित गायकप्रमोद निर्वाणले बिभिन्नआधादर्जन गितगाएर दर्शक नचाएकाथिए ।
त्यसैगरी गोर्खालीगायकरामचन्द्र अर्याल र मधु थापाको दोहारीको कार्यक्रमले मेलानिकै रमाइलो बनेको थियो । मेलाको सातौ दिनसम्म ३० हजार भन्दा बढि टिकट बिक्रीभइसकेको आयोजकक्लबकाजिवन गुरुङले बताएका छन् । । मेलामाबालउद्यान, खानामहोत्सवसँगै ७० भन्दा बढि ब्यापारीक स्टलहरु पनि रहेका छन् ।
मेलाको आजअन्तिमदिनचर्चित गायकधिरज राइलगायतका राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।




















