×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

अमेरिकामा नेपाली छुर्पीको छुट्टै ‘ब्राण्ड’

  •  
  • बिहिबार, पुष १३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजु शिवा

    पशुपतिनगर, पुस १३ गते । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्राण्ड बनाउन थालेको छ ।
    दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ ।
    कुकुरको आहाराका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन । इलामका विभिन्न गाउँका गोठबाट छुर्पी सङ्कलन गर्दै आउनुभएका जमुनाका केवल राई यहाँको छुर्पी पोषिलो र स्वादिलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘यसको माग बढ्न थालेपछि किसानले पहिलाभन्दा बढी मूल्य पनि पाइरहेका छन् । ’
    अमेरिकामा अहिले वार्षिक चार लाख किलो नेपाली छुर्पीको माग भए पनि नेपालले दुई लाख किलो मात्रै निर्यात गर्न सकेको निर्यातकर्ताले जनाएका छन् । ‘अहिले वार्षिक चार लाख किलोभन्दा बढी नेपाली छुर्पीको माग छ’, अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेसनका सुजन श्रेष्ठले भन्नुभयोे– ‘मागको तुलनामा आधा मात्र पु¥याउन सकेका छौँ । ’ ‘हिमालयन डग ट्यु’ को ब्राण्डमा नेपाली छुर्पी अमेरिकालगायतका देशमा निर्यात हुन थालेपछि उत्पादकले समेत राम्रो मूल्य पाइरहेका छन् । १० वर्षदेखि मुख्य गरी अमेरिका, क्यानडा, मेक्सीको, जापानलगायतका देशमा कुकुरको आहाराका लागि नेपाली छुर्पी निर्यात हुँदै आएको छ ।
    ‘अन्य देशममा समेत गरेर सात लाख किलो जति छुर्पीको माग छ’, निर्यातकर्ता श्रेष्ठ भन्नुभयो–‘अहिलेसम्म चार लाख किलो छुर्पी गइरहेको छ । ’ माग पूरा गर्न नसकेपछि हिमालयन कर्पोरेसनले युरोपियन देशहरूमा अहिले छुर्पी निर्यात गर्न नसकेको उहाँले जानकारी दिनुभयो । इलामको पूर्वी क्षेत्रबाट कुकुरको आहाराका रूपमा छुर्पी विदेश निर्यात भइरहेको छ । इलाम, तेह्रथुम र ताप्लेजुङका साना उद्योगमा उत्पादन भएको छुर्पी सङ्कलन गरेर ग्रेडिङ गरेपछि विदेश निर्यात हुने गरेको छ । निर्यातकर्ताले ग्रेडिङको आधारमा चार सय रुपियाँदेखि साढे सात सय रुपियाँ प्रतिकिलोका दरले किनेर छुर्पी निर्यात गर्ने गरेका छन् ।
    ‘गुणस्तर र एकै साइजको छुर्पी नबन्दा निर्यात पूरा गर्न नसकेका हौँ’–निर्यातकर्ता श्रेष्ठ भन्नुहुन्छ– ‘राम्रो बनाउन सक्ने हो भने नेपाली छुर्पीको ब्राण्ड स्थापित भइसकेको छ । ’ अमेरिकाको माग पूरा गर्नका लागि बाँकी छुर्पी त्यही (अमेरिकामा) नै उत्पादन सुरु भएको उहाँले जानकारी दिनुभयो । ‘अमेरिकामा नै कुकुरका लागि बर्सेनि दुई लाख किलो छुर्पी उत्पादन गर्दै आएका छौँ’– उहाँ भन्नुहुन्छ– ‘त्यहाँ उत्पादन गर्न सस्तो पर्छ तर, नेपालमा बनेको छुर्पीको माग नै बढी छ । ’
    इलाममा मात्रै छुर्पी बनाउने एक सय एकवटा उद्योग छन् तर साना उद्योग मात्र भएकाले गुणस्तरको उत्पादन हुन सकेको छैन । प्रतिकिलो छुर्पी उत्पादनमा सरदर छ सय ५० रुपियाँ पर्ने एक अध्ययनले देखाएको छ । यहाँको कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको उन्नति कार्यक्रमले गरेको अध्ययन अनुसार प्रतिकिलो छुर्पीको उत्पादनमा छ सय ५० रुपियाँ लगानी लाग्ने उन्नतिका कृषि व्यवसायविज्ञ रुद्र बरालले जानकारी दिनुभएको छ । ‘एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्छ’, उहाँले भन्नुभयोे– ‘तर एक किलो छुर्पी बनाउँदा एक किलो घ्यू पनि निस्किन्छ, त्यसबाट किसानलाई छुट्टै फाइदा हुन्छ । ’
    बाहिरी बजारमा तीन सयदेखि चार सय रुपियाँको हाराहारीमा छुर्पी बिक्री हुने गरेको छ । क्रेताको मापदण्ड अनुसार उत्पादन गर्न सकिए छुर्पी विदेश निर्यात गरेर राम्रो कमाइ गर्न सकिने विज्ञ बराल बताउनुहुन्छ । ‘छुर्पीलाई अन्य उत्पादन जस्तै ठूलो परिमाणमा उत्पादन गरियो भने उत्पादन लागतसमेत घट्छ, बजार पनि विस्तार हुन्छ’– उहाँले भन्नुभयो–‘उत्पादन र निर्यात बढाउन त्यता ध्यान दिनुपर्छ । ’ इलाममा मात्रै सरदर दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादनको ५४ प्रतिशत मात्रै फ्रेस मिल्कमा बिक्री हुने गरेको उन्नतिले जनाएको छ । आधा जति दूध छुर्पी, चिज, ललिपप बनाइन्छ । इलाममा वार्षिक दुई सय सात मेट्रिक टन छुर्पी उत्पादन हुने गरेको छ ।
    हिमालयन कर्पोरेसनले कुकुरका लागि चाहिने छुर्पी बनाउन अहिले उद्योग सञ्चालकलाई तालिम गराउँदै आएको छ । माग बढेपछि कुकुरको आहारामा छुर्पी निर्यातको काम अन्य व्यावसायिक कम्पनीले समेत थालेका छन् ।
    नेपालमा उत्पादित छुर्पी अन्य देशको भन्दा स्वस्थ र गुणस्तरीय हुने गरेका कारण तेस्रो मुलुकका नागरिकको माग नेपाली उत्पादनतर्फ नै बढी रहेको बताइएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.