×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

रुपन्देहीमा पाँच अर्बको पाँचतारे रिसोर्ट, २२ सयलाई जागिर

  •  
  • बुधबार, पुष १२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     लक्ष्मण पोखरेल

    बुटवल : रुपन्देहीको कोटिहवामा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको छ। हङकङको सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड लागतमा रिसोर्ट सञ्चालनमा आएको हो।रिसोर्टको फूलफेज सञ्चालन भने अझै दुई महिना लाग्नेछ। तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ विगाहा क्षेत्रफलमा बनेको रिसोर्ट काठमाडौं बाहिरको सबैभन्दा ठूलो लगानी भएको संरचना हो।

    यस रिसोर्टमा ४ सय कोठाहरु हुनेछन्। हङकङ बेस सिल्भर कम्पनी अष्ट्रेलियाको सेयर बजारमा सूचिकृत कम्पनी हो। यसकै लगानीमा बनेको यस रिसोर्टमा करिब दुई महिनाअघिदेखि २४ घण्टे रेष्टुरेन्ट सञ्चालनमा छन्।‘हामी २४ घण्टे रेष्टुरेन्ट सेवासहित सञ्चालनमा आएका छौं, लगानीकर्तामध्येका एक नवराज बजगाईले भने–‘दुई महिनाभित्र फूल फेजमा सञ्चालन हुनेछ।’ हाल एक सय ५० कोठा सञ्चालनमा रहेका छन्।

    टाइगर प्यालेसमा क्यासिनो समेत सञ्चालन हुनेछ। यो प्रविधिका हिसाबले दक्षिण एसियाकै ठूलो क्यासिनो रहेको लगानीकर्ताको दावी छ। क्यासिनो निर्माणमा मात्रै दुई अर्ब लगानी गरिएको छ। यो रिसोर्ट रुपन्देहीको पहिलो पाँचतारे हो। भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनी क्षेत्र आसपासमा स्वदेशी तथा विदेशी लगानीकर्ताले अर्बाे लगानीमा होटल निर्माण गरिरहेका छन्। संरचनाको दृष्टिकोणले टाइगर रिर्सार्ट निकै फरक र आकर्षक रहेको छ।

    Resort--panchatare--

    लुम्बिनी विश्वको सहरका रुपमा विकसित हुँदै गरेकाले हङकङका लगानीकर्ताले लुम्बिनीमा लगानी गरेका हुन। रिसोर्टले तेस्रो मुलकका सFगसँगै भारतीय पर्यटकलाई बढी लक्षित गरेको छ। भैरहवामा मिनी क्यासिनो भए पनि त्यसमा प्रर्याप्त सुविधा छैन। भारतीय पर्यटकको चाहानालाई सिल्भर ग्रुपकको यो रिसोर्टले पूरा गर्ने बजगाईले बताए। क्यासिनोमा एकै पटकमा चार सय जनाले सेवा लिन सक्ने बताइएको छ।

    क्यासिनो सञ्चालनका लागि स्वीकृति लिने प्रक्रिया सुरु भइसकेको छ भने सरकारबाट पाँचतारे होटलको स्वीकृति पाइसकेको छ। भारतबाट ८ किलोमिटर मात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँच सय भारतीय पर्यटक भित्र्याउने अपेक्षा रहेको छ। लुम्बिनीमा घुम्न आउने पर्यटकलाई पैंसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुने विश्वास लिइएको छ। यस क्षेत्रमा २४ घण्टा चल्ने होटलहरु छैनन्। जसको परिपूर्ति टाइगर प्यालेसले गर्नेछ।

    पाँचतारे सुविधाको रिसोर्टले स्तरीय पर्यटकलाई आर्कर्षित गर्ने योजना बनाएको छ। ‘खाना पोको बोकेर लुम्बिनी आउने पर्यटक देशलाई फाइदा छैन, बजगाईले भने–‘हामी स्तरीय पंैसा खर्च गर्ने पर्यटकलाई यहाँ आकर्षित गर्ने संरचना बनाएका छौं।’यहाँ निर्मित ६ वटा रुमबाट सिधैं स्विमिङ पुलमा पौडी खेल्न सक्नेछन्। जिम क्लब, क्यासिनो, डान्स, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण भइसकेका छन्।

    पन्ध्र सय जना अट्ने ठूलो हलको व्यवस्थासहित मिनी हलहरु समेत बनाइएका छन्। या रिसोर्टले करिब ३ बिगाहा जमिन ओगटेको छ।सिल्भर ग्रुपले मंगोलियन मूलका पर्यटकलाई लुम्बिनी निम्त्याउँदै सेवा प्रवाह गर्ने योजना बनाएको छ। काठमाडौंमा मिलिनियर क्लवबसहित भियतनाम, लाओस, कम्बोडिया, फिलिपिन्समा करिब दुई दर्जन होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन्। यो रिसोर्ट पनि सोही चेनमा आवद्ध रहेको छ।

    २२ सय जना रोजगार

    टाइगर रिसोर्टले २२ सय जनालाई रोजगारी दिएको छ। स्थानीय बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइएको बजगाईले बताए। कोटिहवाको रिसोर्ट आसपासलाई पर्यटन विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने दीर्घकालीन योजना समेत राखिएको छ। रिसोर्टले रोजगारी सिर्जना गरेपछि स्थानीयहरु उत्साहित बनेका छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.