×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रथम गोरखकाली मेलाको तयारी अन्तिम चरणमा

  •  
  • बिहिबार, पुष ०६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • मेलाको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेले गर्ने

    मोहसिन अलि मियाँ/गोरखा
    पुस ६ गते । सदरमुकाममा भोलीदेखि सुरु हुने प्रथम गोरखकाली मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । हरमटारी क्लबले पहिलो पटक गर्न लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबाट सुरु हुने मेलाको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले गर्ने क्बलले जनाएको छ । ‘हामी मेला पहिलो पटक गर्दैछौ, यसलाई हामी सभ्य, भब्य बनाउन लागिपरेका छौ, मेलाको उद्घाटन गर्न योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले आउने निश्चित भएको छ’ क्लबका अध्यक्ष विशाल गुरुङले भने

    ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन पहिलो गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको मेला हुन लागेको हो । ‘लगभग हामी रेडि भयौ, अब केही साना तिना काम बाँकी छन्, ति सब आज सक्किन्छ’ अध्यक्ष गुरुङले भने ।

    भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्र्धनका गर्ने उदेश्यका साथ हुन लागेको मेलामा करिब एक सय स्टल रहने आयोजकले जनाएको छ । सदरमुकाम स्थित खेलकुद मैदानमा आठ दिनसम्म चल्ने मेलाको हाल स्टेज र स्टल निर्माणको काम भइरहेको  क्लबका किरण ढकालले बताएका छन् । ‘खासमा पहिले हुने गरेका महोत्सव, मेला भन्दा बलि फरक शैलीमा हामी यो मेला गर्दैछौ, लगभग तयारी सकियो भन्दा पनि हुन्छ अब’

    मेलालाई भब्य बनाउन क्लबले हिजोदेखि हरमटारी क्षेत्रको सिंगार समेत थालेको छ । यस क्षेत्रका मुख्य सडक र बजार क्षेत्रलाई सफा र धजापतकाले रंगाउने काम पनि भइरहेको मेला आयेजना सचिवालयले जानकारी दिएको छ ।

    मेलालाई आकर्षक बनाउन क्लबले तिन वटा घोडा र एक उँट समेत ल्याउन लागेको बताएको छ । क्लबले पहिलो पटक गर्न लागेको मेलामा बिभिन्न मनोञ्जनात्मक प्रस्तुती दिन आउने ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको टुंगो लागिसकेको क्लबले जनाएको छ । लोक दोहोरी, पप, आधुनिक देखि राष्ट्रिय ब्याण्ड तथा हाँस्य कलाकारहरुको टुंगो लागिसकेको क्लबका ढकाल बताउछन् । ‘मेलामा को को कलाकार आउने भन्ने निश्चित भैसकेको छ’

    मेलामा नेपाल आइडलका रनर अप प्रताप दासको समेत प्रस्तुती रहनेछ । साथै लोक दोहोरी गायक पशुपति शर्मा, बद्रि पंगेनी, तिश्ना गुरुङ, सर्मिला गुरुङ, कृति आले, बविता बाँनिया ‘जेरी’ लगायत आउने निश्चित भएको छ । त्यस्तै पप गायकहरु संजिव सिं, प्रमोद निर्वाण, श्रेया स्ताङ आउने आयोजकले जनाएको छ । मेला कै अवसरमा सविन राई र उनको ब्याण्ड समेत आउने निश्चित भएको ढकालले जानकारी दिएका छन् ।

    त्यस्तै हाँस्य कलाकारहरुमा मनोज गजुरेल, कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, केदार घिमिरे ‘माग्ने बुढा’, मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ लगायतका हाँस्य कलाकार आउने टुंगो लागिसकेको आयोजकले जनाएको छ । मेलाको अवोलोकन गर्नका लागि पचार रुपैया र विद्यार्थीका लागि ३० रुपैयाको टिकटको ब्यवस्था क्लबले गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.