×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

लुइँटेल भञ्जाङ–भच्चेक सडकको काम सुस्त

  •  
  • बुधबार, पुष ०५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    पुस ४ गते । भुकम्प आपत्तकालिन सहायता आयोजना अन्र्तगत स्तरउन्नती भइरहेको लुइँटेल भञ्जाङ–चित्रेपोखरी–भच्चेक सडकको काम सुस्त देखिएको छ । सम्झौता अवधिका आधारमा आधा काम सक्नु पर्ने भएपछी अहिले सम्म २५ प्रतिशत पनि काम हुन सकेको छैन् । ‘उहाँहरुले ५४९ दिनमा यो सडक पिच गरिसक्नुपर्छ, अहिले आधा समय सकिएको छ तर कामको प्रतिशत भने २५ भन्दा पनि तल छ’ जिल्ला प्राबिधिक कार्यालयका सिनियर डिभिजन इन्यिनियर होमनाथ पौडेलले भने ।

    एसियाली बिकास बैङ्कको सहयोगमा लुइँटेल भञ्जाङ देखि आँपिपल, चित्रपोखरी हुँदै भच्चेक सडक स्तरउन्नतीको लागि दुई खण्डमा बिभाजन गरेर ठेक्का लगाइएको छ । ३० किलोमिटरको उक्त सडक लुइँटेल भञ्जाङबाट १७ किलो मिटर लामा अम्मर जेवी र बाँकी १३ किलो मिटर लामा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । तर ठेकेदारले अनेक कारण देखाउँदै काम गरेको देखिदैन ।

    ‘वर्खामा काम गर्न सकिए, त्यसपछि चाडपर्व लाग्यो कामदार सबै घर गए’ निर्माण कम्पनीका एक कर्मचारीले भने ‘चुनाव पनि सकिएको छ कामदार पनि फर्किसकेका छन्, अब काम द्रुत रुपमा अगाडी बढ्छ ।’ हाल सम्म उक्त आयोजनामा सडक चौडा गर्ने, ग्रेड मिलाउने, ग्याबिङ लगाउने जस्ता काम भइरहेको छ । तर काम सोचे जस्तो ढङ्गले अगाडी नबढेको जिल्ला आयोजना कार्यान्वय इकाइले जनाएको छ ।

    उक्त इकाइका प्रमुख एवं सिडि पौडेल भन्छन् ‘काम पटक्कै सोचे जस्तो भएको छैन्, हाम्ले ताकेताको गरी रहेका छौ ।’ ठेकेदारले प्रयाप्त मात्रामा जनशक्ति र श्रोत परिचालन नगर्दा काममा ढिलाइ भएको हो । आगामी असार मसान्त सम्म सम्पन्न गर्न यहि ढङ्गले भए आधा समेत सम्पन्न नहुने अवस्था देखिन्छ । ‘पिचको काम वर्खा अघि नै सक्नु पर्छ, जेठमा वर्खा सुरु भइहाल्छ, यही चाल हो भने ठेकेदारले काम गर्न मुस्किल छ’ पौडेलले भने ।

    भुकम्प आपत्तकालिन सहायता आयोजना अन्र्तगत निर्माण उक्त सडक ६ मिटर २५ सेन्टिर चौडा हुनेछ । जसमा ३ मिटर ७५ सेन्टिमिटर पिच र बाँकीमा पदैलयात्रीका लागि बाटो र नाली बन्नेछ । सडक निर्माणका क्रममा सिरानचोक गाउँपालिका ५ तार्केडाँडा क्षेत्रमा बिवाद हुँदा सर्बे समेत हुन सकेको छैन् । पहिले द्रव्यशाह राजमार्गमा ट्रयाक खोल्दा वस्ती भन्दा टाढा जंगलको विचबाट लगिएको तर पछि स्थानीयले आफ्नै पहलमा वस्तीहुँदै सडक विस्तार गरेका थिए ।

    अहिले बिस्तार भएको उक्त सडकलाई नै मान्यता दिएर सोही सडक पिच गर्नुपर्ने माग राखेपछि झण्डै १७ किलोमिटर सडकको सर्बे समेत हुन सकेको छैन् । ‘उहाँहरुले विवाद निकालेर सर्बे गर्न समेत गर्न दिनुभएको छैन्, त्यहाँ कटिङको काम समेत गर्न सकेका छैनौं’ पौडेलले भने । स्थानीयको माग अनुसार केन्द्रिय आयोजना कार्यन्वयन इकाइ र एसियाली बिकास बैङ्कको एक टोलीले उक्त क्षेत्रको अनुगम गरिसकेको छ ।

    तर दाताले नयाँ सर्बे गर्ने विषयमा असहमती जनाएपछि पुरानै बाटोलाई स्त्तरउन्नती गर्नुपर्ने आयोजनालाई दबाब परेको छ । यता स्थानीयले भने उक्त कार्य जनताको हित विपरित भएको भन्दै बिरोध जनाइरहेका छन् । त्यसैगरी उक्त सडकको अधिग्रहणका लागि सुचना प्रकाशन गर्दा वास्तविक जग्गा छुट्न गएको भन्दै परेको उजुरीको छानबिन सकिएर सर्बे समेत भइसकेको पौडेलले बताए । ‘केन्द्रबाटै प्राबिधिकहरुको टोली आएर पुर्नसर्वेक्षण समेत गरिसकेको छ, अब उक्त समस्या हल हुन्छ’ उनले भने ।

    उक्त सडकको काम सुस्त हुँदा आयोजनामा तोकिएको समयमै सम्पन्न नहुने आशंका बढेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.