×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

  •  
  • मङ्गलबार, पुष ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • मुख्यमन्त्रीमा महिलाको चर्चा न्यून

    सुरेन्द्र काफ्ले

    काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक राजधानीका लागि आन्दोलन र चक्काजाम सुरु भइरहँदा मुख्य मन्त्री बन्न पनि नेताहरुबीच दौडधुप तीब्र भएको छ ।

    मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् ।

    वाम गठबन्धन बनाएर चुनाव लडेपछि दुईतिहाइ बहुमत ल्याएका यी दुई दलले प्रदेशको मुख्यमन्त्री पनि भागवण्डा गर्ने तयारी गरेका छन् । जसमा प्रदेश १, ३, ४ र ५ एमालेको भागमा पर्ने करिब पक्का जस्तै छ भने ६ र ७ मा माओवादी केन्द्रले दाबी गरिरहेको छ ।

    अर्कातिर प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेकाले उनीहरु नै सरकार निर्माणको तयारीमा छन् । यो अवस्थामा प्रदेश १ देखि ७ सम्मका मुख्यमन्त्रीका दाबेबार अनुहारबारे हामी यहाँ चर्चा गर्दैछौँ ।

    प्रदेश १ : शेरधन र भीम

    प्रदेश नम्बर १ मा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सचिव भिम आचार्य मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा रहेका छन् । राई भोजपुरको प्रदेश सभा(ख) बाट निर्वाचित भएका हुन् भने आचार्यले सुनसरी क्षेत्र नम्बर १(ख) बाट चुनाव जितेका छन् ।

    ९३ सिट रहेको प्रदेश १ मा ५२ सिट जित्दै एमालेले बहुमत ल्याएको छ । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले १५ सिट जितेको छ । एमालेको एकल बहुमत भएको अवस्थामा यहाँ वाम गठबन्धनको दुईतिहाइ बहुमत हुन्छ ।

    प्रदेश २ मा राउत र सोनाल

    मधेसवादी दलको झिनो बहुमत रहेको प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत मुख्यमन्त्रीका दाबेदार छन् । त्यसैगरी राजपाका महासचिव मनिष सुमन र नेता जितेन्द्र सोनलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ ।

    प्रदेश २ मा प्रत्यक्षमा फोरमले २० सिट र राजपाले १५ सिट जितेको छ । राजपा र फोरम दुवैले समानुपातिकमा ९-९ सिट पाउने सम्भावना छ । यो अवस्था यहाँ दुई दलको बहुमत पुग्छ । प्रदेश २ मा प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी कुल १०७ सिट छ ।

    प्रदेश ३ मा महिलाको दाबेदारी

    अन्य प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको चर्चा न्यून रहेका बेला प्रदेश नम्बर ३ मा भने महिलाको बलियो दाबेदारी छ । प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीमा महिलाको नाम चर्चामा आएको हो ।

    मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् ।

    काठमाडौं क्षेत्र नम्बर ८(ख) बाट विजयी अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छन् । मुख्यमन्त्री हुने चाहनामा नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश सभाबाट चुनाव लडेकी हुन् ।

    शाक्यका साथै प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ र केशव स्थापित पनि चर्चा छन् । प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । ११० सिट रहेको यहाँ एमालेले मात्रै ५९ सिट जित्दा माओवादी केन्द्रले २४ सिट जितेको छ । यो अवस्थामा यहाँ वाम गठबन्धनको मात्रै दुईतिहाइ हुन्छ ।

    प्रदेश ४ मा दुई गुरुङ

    प्रदेश ४ मा मुख्यमन्त्रीका लागि एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र अर्का नेता किरण गुरुङ दाबेदार छन् । एमाले सचिव गुरुङ लमजुङ प्रदेश सभा(ख) बाट बिजयी भएका हुन् । अर्कातिर किरण गुरुङ तनहुँ क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका छन् । ६० सिट रहेको प्रदेश ४ मा एमालेले २७ र माओवादी केन्द्रले १२ सिट जितेको छ । यो प्रदेशम वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

    प्रदेश ५ मा शंकर पोखरेल बलियो

    प्रदेश नम्बर ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीमा प्रबल दाबेदार हुन् । उनी दाङ क्षेत्र २(क) बाट विजयी भएका हुन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको लागि दाबेदारी प्रस्तुत गरेका छन् । कुल ८७ सिट रहेको प्रदेश ५ मा एमालेले ४४ सिट जित्दा माओवादीले २२ सिट जितेको छ । प्रदेश ५ समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

    प्रदेश ६ मा शाही र भण्डारी

    प्रदेश नम्बर ६ मुख्यमन्त्रीमा लागि माआवोदी केन्द्रका नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारी प्रमुख दाबेदार छन् । शाही कालिकोट प्रदेश सभा(ख)बाट निर्वाचित भएका हुन् भने भण्डारी जुम्ला प्रदेश सभा(क) मा बिजयी भएका हुन ।

    यहाँ एमाले नेता प्रकाश ज्वाला र यामलाल कंडेलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ । प्रदेश ६ मा समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ । ४० सिट रहेका प्रदेश ६ मा एमालेले २० सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट जितेको छ ।

    प्रदेश ७ मा वीरमान र कर्णबहादुर

    माओवादी भाग पर्ने सम्भावना रहेको प्रदेश नम्बर ७ मा वीरमान चौधरी मुख्यमन्त्रीको लाइनमा छन् । चौधरी कैलाली क्षेत्र नम्बर ३(क) बाट निर्वाचित भएका छन् । एमालेका नेताहरु कर्णबहादुर थापा, दीर्घ सोडारी र प्रकाश शाह लगायतको नाम समेत मुख्यमन्त्रीको चर्चामा छ ।

    मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका केन्द्रीय सदस्य थापा समानुपातिक सूचीमा छन् । कुल ५३ सिट रहेको प्रदेश सातमा एमालेले २४ सिट जितेको छ भने माओवादीले १४ सिट जितेको छ । प्रदेश ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । सात प्रदेशमध्ये प्रदेश नम्बर ३ बाहेक अरु कुनै प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको नाम चर्चामा समेत छैन ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.