×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘अमेरिकाको प्रतिद्वन्द्वी रुस र चीन’

  •  
  • मङ्गलबार, पुष ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गरेका छन् जसले ‘अमेरिका फर्स्ट’ वा पहिले अमेरिका भन्ने उनको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ।

    उक्त रणनीतिले आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिँदै कडा सीमा नियन्त्रण र बलियो सेनाको पक्ष लिएको छ।

    आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई विश्व मञ्चमा चुनौती दिइरहेका प्रतिस्पर्धी शक्तिहरुका रुपमा चीन र रुसलाई उल्लेख गरेका थिए।

    त्यसबाहेक उनले अमेरिकाले आतंकवादी संगठन, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र हिंसात्मक गतिविधि गरिरहेका अन्य समूहबाट चुनौती खेपिरहेको उल्लेख गरेका थिए।

    राष्ट्रपति ट्रम्पले घोषणा गरेको उक्त नीति अमेरिकाले बाँकी विश्वलाई कसरी व्यवहार गर्नेछ भन्नेमा केन्द्रित छ।

    ट्रम्प

    आफ्ना पूर्ववर्ती भन्दा कतिपय चाखलाग्दा कुरा उनले समेटेका छन्।

    उनले सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिएका छन् र मस्को र बेइजिङलाई अमेरिकाको प्रतिस्पर्धी भनेका छन्।

    ट्रम्पले भने, “हामीले हाम्रा प्रतिद्वन्द्वी शक्तिका रुपमा रुस र चीनको सामना गरिरहेका छौँ। उनीहरु अमेरिकी प्रभाव मान्यता र सम्पत्तिलाई चुनौती दिने कोशिश गरिरहेका छन्।”

    उनले थपे, “हामी हाम्रो राष्ट्रिय स्वार्थ संरक्षण गर्ने हिसाबमा ती दुई र अरु देशहरुसँग एउटा दरो साझेदारी निर्माणको प्रयास गर्नेछौँ।”

    उक्त दस्ताबेजमा चिनियाँ आर्थिक अभ्यासहरुले अमेरिकीहरुलाई आक्रोशित बनाउने उल्लेख गरिएको छ।

    ट्रम्प र सि को भिन्ना भिन्नै दृष्टिकोण

    रुस-अमेरिका सम्बन्ध ‘खराब’ अवस्थामा

    रुसले चाहिँ अरु देशको आन्तरिक र राजनीतिक मामिलामा हस्तक्षेप गर्ने गरेको सन्दर्भ राखिएको छ।

    तर अघिल्लो वर्षको अमेरिकी राष्ट्रपति चुनावमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपबारे भने केही उल्लेख गरिएको छैन।

    खासमा धेरै तामझाम विना नै राष्ट्रिय सुरक्षा रणनीतिहरु सार्वजनिक गर्ने गरिन्थ्यो तर आफ्नो चुनावी अभियानमा आर्थिक मुद्दाहरुलाई प्राथमिकता दिने बाचा गरेका ट्रम्पले एउटा विशेष कार्यक्रम गरेर यसलाई सार्वजनिक गर्ने निर्णय लिए।

    उनले भने, “पहिलोपटक अमेरिकी रणनीतिले आर्थिक सुरक्षालाई राष्ट्रिय सुरक्षाको रुपमा मान्यता दिएको छ। देशभित्रको आर्थिक सामर्थ्य र समृद्धि अमेरिकाको शक्ति र देशबाहिर रहेको प्रभावका लागि एकदम महत्वपूर्ण छ।”

    उक्त रणनीतिले अस्वाभाविक रुपमा होमल्याण्ड सेक्युरिटी भनिने आन्तरिक सुरक्षा मामिलालाई जोड दिएको छ।

    चीन

    उनले सीमा नियन्त्रण र आप्रवासन नीतिहरुबारे बोलेका पनि छन्।

    तर राष्ट्रपति ओबामाले जसरी जलवायु परिवर्तनको विषय भन्ने उनले उठाएनन्।

    अमेरिकी मान्यताको कुरा गर्दा, ट्रम्पले अमेरिकाले त्यस्ता मान्यताको प्रवर्द्धन गर्ने तर नथोपर्ने उल्लेख गरे।

    उक्त दस्तावेजले कानूनी शासन र व्यक्तिगत स्वतन्त्रतालाई त्यस्ता मान्यताका रुपमा उल्लेख गरेको छ तर विश्वव्यापी मानवअधिकार जस्ता शब्दावली उल्लेख गरेको छैन।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.