×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सार्वजनिक सवारी चढ्न लाइन !

  •  
  • मङ्गलबार, पुष ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौंँ, पुस ४ गते । लाइन लागेर सार्वजनिक सवारी साधन चढ्दा कतिको सहज भयो ? नयाँ सडकस्थित एनएसीबाट माइक्रो बस चढेर कोटेश्वर जाँदै गरेका रन्जन श्रेष्ठलाई प्रश्न सोध्न नपाउँदै जवाफ आयो– एकदम राम्रो ।  सोमबार साँझ एनएसीबाट भक्तपुरका लागि छुटेको माइक्रो बसमा सवार अधिकांश यात्रुले लाइनमा बसेर सवारी साधन चढ्ने अभियानको निरन्तरताका लागि आग्रह गरेका छन् । पालो कुर्दा अलि ढिलो हुन्छ तर, यात्रा सहज र सुरक्षित बनाएको छ, एक यात्रुले थप्नुभयो ।

    आइतबारदेखि उपत्यकाका १० स्थानबाट एकैसाथै सुरु भएको सो अभियानले यात्रुलाई शिष्ट र सभ्य बनाउन पनि सघाउ पुरयाएको देखिन्छ । माइक्रो बस चढ्न पालो पर्खेर बसेका चाबहिलका रविन्द्र शङकरले भन्नुभयो गरे पछि के कुरामा नै सुधार हुँदैन र ?

    ‘एक आपसमा ठेलमठेल र लडाईं गरेर गाडी चढ्न हतार गर्नुभन्दा एक मिनेट पालो कुरेर बस्दा पनि सहजै रुपमा गन्तव्यमा पुग्न सकिँदो रहेछ’ शङकरले थप्नुभयो– यस्तो अभियान कडाइका साथ निरन्तर रुपमा लागु गर्नुपर्छ ।

    यसअघि बालाजु वनस्थली क्षेत्रमा यात्रु लाइन लागेर सार्वजनिक सवारीमा यात्रा गर्ने गरेको कुरा विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएको बताउने लक्ष्मी पराजुली एनएसीमा पनि सो अभियान लागु भएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

    न्यूरोडस्थित एक बैङकमा कार्यरत पराजुलीलाई साँझको समयमा घरपरिवारको भन्दा माइक्रो बस चढेर कसरी घर जाने होला भन्ने कुराको पीरले सताउँथ्यो । नजिक भए त हिँडेर गइन्थ्यो तर बुढानीलकण्ठ पुग्नका लागि त झुण्डिएरै भए पनि जाने गर्थेँ, उहाँले भन्नुभयो ।

    लाइन लागेर यात्रा गर्नेहरुको सहजताका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई–दुई मिटरको अन्तरमा विभिन्न रुटका लागि छुट्ने माइक्रो बस तथा मिनी बसको पार्किङ तोकिदिएको छ । अगाडि एउटा सवारी साधनले यात्रु चढाइरहेको छ भने अवदेखि सोही पछाडि अर्कोले पार्किङ गर्न पाउने छैनन् ।
    प्रत्येक बस तथा माइक्रो बसले आफूलाई तोकिएको निश्चित स्थानमा मात्र रोकेर यात्रु ओराल्ने र चढाउनु पर्नेछ । त्यस्तै, महिला, बालबालिका, अशक्त, अपाङ्ग, सुत्केरी र वृद्धालाई सिट आरक्षण गरी अन्यलाई यात्रा गराउनु पर्नेछ ।

    यात्रा गराउँदा अगाडि लाइनमा बसेकाहरुलाई पहिलो प्राथमिकता दिई त्यसपछि क्रमशः सबैलाई सहज र सुरक्षित यात्रा गराउन चालक तथा सहचालकलाई निर्देशन दिइएको जानकारी महाशाखा प्रमुख खनालले दिनुभयो ।

    यात्रुको चाप बढ्दै गएको अवस्थामा राति अबेरसम्म पनि सार्वजनिक सवारी चलाउनुपर्ने विषयमा यातायात व्यवसायीहरुसँग छलफल भइरहेको महाशाखाले जनाएको छ । यात्रुको चाप बढेमा राति अबेरसम्म सवारी चलाउन सकिने कुरामा व्यवसायीसमेत सहमत देखिएका छन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.