×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सवारी साधनका लागि अनिवार्य इम्बोस्ड नम्बर

  •  
  • शनिबार, पुष ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आगामी चैत्र मसान्तसम्म प्रदेश नं. ३ अर्थात साविकको बागमती अञ्चलमा दर्ता भएका चार पाङ्ग्रे सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।  यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी तोकिएको समयभित्र अनिवार्य रूपमा उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेट जडान गर्न आह्वान गरेको हो ।

    विभागका अनुसार सरकारी र संस्थानका सबै चारपाङ्ग्रे सवारीसाधनले चैत्र मसान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ ।  त्यस्तै निजी चारपाङ्ग्रे सवारीसाधनतर्फ लट नम्बर १ देखि १२ सम्मले अनिवार्य रूपमा चैत्र मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नु पर्नेछ ।  साथै सो अवधिमा ऐच्छिक रूपमा लट नं. १२ देखि माथिका २ र ३ पाङ्ग्रे सवारीसाधनले पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।
    लट नं. १३ देखि माथिका सम्पूर्ण चारपाङ्ग्रे सवारीसाधनले २०७५ असार मसान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर राखिसक्नु पर्ने विभागले जनाएको छ ।  इम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन आवेदन २४ घण्टा खुला राखिएको प्रवक्ता डा. पाण्डेले बताउनुभयो ।  इम्बोस्ड नम्बर प्लेट वितरणका लागि सबै तयारी पूरा भएको र प्रक्रिया पूरा हुनासाथ प्लेट प्राप्त गर्नसक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
    विभागले गत भदौ ५ गतेबाट उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो ।  भदौ ९ गतेबाट बागमती अञ्चलमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।
    विभागका अनुसार नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ट नम्बर प्लेटबाट सवारीधनी र सवारीसाधनका बारेमा एकै ठाउँबाट विवरण उपलब्ध हुनेछ ।  राजस्व असुलीको अवस्थाका बारेमा पनि तत्काल जानकारी हुनेछ ।  सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सहयोग पुग्नेछ ।  साथै, चोरीका सवारी पूर्ण नियन्त्रण हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेको दाबी छ ।
    इम्बोस्ट नम्बर प्लेट जडान गरेपछि देशभरका सवारीसाधनको अवस्थालाई एकै ठाउँबाट निरीक्षण तथा अनुगमन गर्न सकिने छ ।  पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले सुरुमै चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर खर्च गरेको छ ।
    २३ प्रकारका नम्बर प्लेटलाई पाँच प्रकारमा सीमित गरिएको छ ।  सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा सेतो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ ।
    इम्बोस्ट नम्बर प्लेटका लागि ठूला सवारीसाधनलाई तीन हजार छ सय रुपियाँ, चार पाङ्ग्रेको तीन हजार दुई सय, तीन पाङ्ग्रेको दुई हजार नौ सय र मोटरसाइकलको दुई हजार पाँच सय रुपियाँ लाग्ने छ ।
    चारपाङ्ग्रे सवारीसाधनमा अगाडि सिसाभित्र फ्राइड एण्टीना स्टीकर राखिने छ ।  उक्त चिप्समा सो सवारीसाधन र सवारीधनीको सम्पूर्ण विवरण राखिएको हुन्छ ।  दुई पाङ्ग्रे सवारीमा पछाडिको नम्बर प्लेटमा विशेष प्रकारको कभर बनाएर चिप्स राखिएको छ ।  जसमा सम्पूर्ण विवरण उल्लेख छ ।  उक्त विवरणको जानकारी लिन काठमाडौँ उपत्यकाको पाँचवटै प्रवेश नाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुनमा एफआरआईडी गेट राखिने छ ।  सो गेटबाट प्रवेश हुने सम्पूर्ण सवारीसाधनको पूरा जानकारी विभागमा जडित कन्ट्रोल कक्षमा देखिने छ ।
    नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया
    इम्बोस्ट नम्बर प्राप्त गर्नका लागि अनलाईनबाट फारम भर्नुपर्छ ।  यातायात व्यवस्था विभागको वेबसाइटको पेजमा इम्बोस्ट नम्बर प्लेट अनलाईन निवेदन क्लिक गरी फारम भर्नुपर्छ ।  जसमा पहिलो चरणमा सवारीसाधनको नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना पठाएपछि विभागले तुरुन्तै कोर्ड नम्बर मोबाइल म्यासेजमा पठाउन्छ ।  प्राप्त म्यासेज फारममा पुनः टाइप गरेपछि अर्को फारम खुल्छ जसमा सवारीको सम्पूर्ण विवरण र वैयक्तिक विवरण भर्नुपर्छ ।
    त्यसपछि सम्बन्धित यातायात कार्यालयमा गई पैसा बुझाएको भौचर नम्बर फारममा उल्लेख गरी अनलाईनमा पठाएपछि नम्बर प्लेट लिन कहिले र कहाँ जाने भन्ने बारेमा इमेल र मोबाइलमा म्यासेज आउँछ ।  म्यासेजमा तोकिएको समयमा आफ्नो सवारीसाधन लिएर गएपछि इम्बोस्ट नम्बर प्लेट जडान गरिन्छ ।  अनलाईन फारममा भरिएको विवरण अनुसार इम्बोस्ट नम्बर छापिने छ ।  छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यालयमा तोकिएको समयमै पठाउने छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.