×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

बन्द रबर उद्योग देखि एयरपोट चलाउने आर्चायको योजना

  •  
  • शनिबार, पुष ०१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    पौष १ गते । प्रदेशसभामा नवनिर्वाचित सांसद हरिशरण आर्चायले बन्द रबर उद्योग र पालुङटारको बिमान स्थल पुनःसञ्चालन ल्याउने बताएका छन् । क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ बाट निर्वाचित आर्चायले गोरखा समाचारसँग कुराकानी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दुई ठुला संरचनालाई नयाँ ढङ्गले पुनः सञ्चालनमा दाबी गरे । ‘अहिले कै अबस्थामा यहि ढङ्गले रबर उद्योग चलाउन सकिदैन, यसको पुर्नसंरचना गर्नु जरुरी छ’ उनले भने ‘पालुङटारको एयरपोटको अबस्था पनि उस्तै छ, ती दुबै संरचनालाई नयाँ ढङ्गले सञ्चालने गर्ने मेरो प्रयास हुन्छ ।’ नेपालकै एक मात्र गोरखकाली रबर उद्योग लामो समय देखि बन्द हुँदा त्यसबाट गोरखाली जनतालाई ठुलो घाटा भएको भन्दै आर्चायले अब उद्योग आधुनिक किसिमले चलाउने पर्ने तर्क राखेका छन् ।

    ‘रबर उद्योगलाई एक पटक अलि नयाँ ढङ्गले गुरुयोजना बनाएर चलाउन चाहान्छौ’ पुरानो ढङ्गले हामीले नै चलाउने हो भने त्यो असम्भव छ’ आर्चायले भने । रबर उद्योग सञ्चालनका लागि यस अघि भएका सबै प्रयास चुहिने भाँडामा पानी हाले जस्तो भएकाले अब त्यस्तो हुन नदिन आफुले नयाँ गुरुयोजना निर्माण गर्ने आर्चायले बताए । पालुङटार बिमानस्थल चरन क्षेत्रमा परिणत हुँदै गएको र यस क्षेत्रका मानिसहरुले पुर्वाधार भएर पनि हवाईसेवा उपभोग गर्न नपाएको भन्दै आर्यायले एयरपोट पुनः सञ्चालनमा ल्याउने प्रयास पनि थाल्ने दावी गरेका छन् ।

    गोरखाका ४ प्रदेश सभा क्षेत्र मध्ये सबै भन्दा सुगम मानिएको उक्त क्षेत्रमा बिजयी हुन पाउनु निकै खुसीको कुरा भएको भन्दै आफ्नै अगाडी अबसर र चुनौती दुबै भएको उनले बताए ।‘मेरो सामु अबसर र चुनौति दुबै छ, म चुनौती मोलेर अबसर सिर्जना गर्न चाहान्छु’ आर्चायले भने । गोरखा नगरपालिका वडा नम्बर ८ देखि १४ र पालुङटार नगरपलिका क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा पर्छ । पृथ्वीराजमार्गको छेवैमा र मध्येपहाडी लोकमार्ग भएर जाने उक्त क्षेत्र थुप्रै संभावना भएकाले बस्ती बिकासको कामलाई विशेषजोड दिने आर्यायको योजना छ ‘हामीले काठमाण्डौबाट देखि सकेका छौ, बेलैमा बस्ती बिकास गर्न सकेनौं भने के हुन्छ भनेर, पालुङटारलाई नेपाल कै व्यवस्थित शहर बनाउने मेरो प्रयत्न हुनेछ ।’

    विगत देखि चर्चामा रहेको स्मार्ट सिटी र औधोगिक क्षेत्रको बारेमा अध्ययन गरी काम अगाडी बढाउने आर्चायले बताए । गोरखा नगरपालिका र पालुङटार नगरपालिका भित्र प्रशस्त खेति योग्य भुभाग रहेकोले विगत देखि चर्चामा रहेका चेपेघाट सिंचाई आयोजना र कुन्दुुरटार सिंचाई आयोजनाको काम अगाडी बढाउनका साथै अन्य स्थानमा लिफ्टिङ प्रविधिबाट सिंचाईका पुर्वाधारहरु निर्माण गर्ने उनले बताए । ‘गोरखकाली र लिगकोटको पाउमा रहेका अति सुन्दर, संभावनाले भरिएको यो क्षेत्रलाई ५ वर्षमा सबैले तारिफ गर्न लायक बनाउने मेरो प्रतिज्ञा छ’ आर्चायले भने ।

    भुकम्प पछिको पुर्ननिर्माणको कामलाई पनि मुख्य प्राथमिकतमा राखेर काम गर्ने उनको योजना छ । आर्चाय बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी कमला नहर्कीलाई ३ हजार २७८ मतान्तरले पछि बिजयी भएका हुन । २९ हजार १२६ मत खसेको उक्त क्षेत्रमा आर्चायले १५ हजार ३४३ ल्याएका थिए भने नहर्कीको १२ हजार ०६५ आएको थियो । आर्चाय पालुङटार नगरपालिका २ स्थायी बासिन्दा हुन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.