×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मुआब्जा वितरण यसै वर्ष

  •  
  • मङ्गलबार, मङि्सर २६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ मङ्सिर २६ गते ।  बूढीगण्डकी जलविद्युत् आयोजनाको डुवानबाट प्रभावित धादिङ र गोरखामा यस अघि मुआब्जा निर्धारण भइसकेका सबै स्थानीय बासिन्दालाई चालु आर्थिक वर्षभित्रै रकम वितरण गर्ने तयारीमा सरकार जुटेको छ ।
    गत कात्तिक २६ गतेको मन्त्रीपरिषदको निर्णयले चिनियाँ कम्पनीसँगको सम्झौता खारेजी गरेर नेपाल विद्युत् प्राधिकरणलाई निर्माणको जिम्मा दिए लगत्तै विगत लामो समयदेखि रोकिएको मुआब्जा वितरणको काम विशेष कार्ययोजनाका साथ  पुनः सुचारु गरिएको छ ।
    बूढीगण्डकी जलविद्युत् आयोजना वातावरणीय, पुर्नस्थापना, पुर्नवास तथा मुआब्जा वितरण इकाईका संयोजक कृष्ण कार्कीका अनुसार यो वर्ष १० अर्ब रुपियाँ मुआब्जा वितरण गर्नका लागि केही दिन अघि सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।  संघ तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेकाले अब मुआब्जा वितरणलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ ।  आयोजनाका लागि करिब ६० अर्ब रुपियाँ मुआब्जा बितरणको अनुमान गरिएको छ ।  गत वर्ष पाँच अर्ब रुपियाँ वितरण गरिसकिएको छ ।  चालु आर्थिक वर्षमा १० अर्ब रुपियाँ वितरण गरिसकेपछि अर्थ मन्न्त्रालयसँग पुनः थप बजेटको माग गरिने ऊर्जा मन्त्रालयले जनाएको छ ।
    धादिङ र गोरखा जिल्लाको सीमानामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रका बासिन्दाले छिटो मुआब्जा बितरण गर्न र स्थानीय बासिन्दासँग गरिएका सम्झौता कार्यान्वायनमा ल्याई आयोजनाको निर्माणमा लाग्न सरकारलाई आग्रह गरिरहेका बेला मुआब्जा वितरणकाृ कार्यलाई सुरु गरिएको छ ।
    बुढी गण्डकी जलविद्युत् विकास समिति भङ्ग गरी आयोजना चिनियाँ कम्पनीले दिएपछि ऊर्जा मन्त्रालयले वातावरणीय, पुर्नस्थापना, पुर्नवास तथा मुआब्जा वितरण इकाई गठन गरेको थियो ।  चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेपछि यो इकाईलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण सिर्जना गरिएको मन्त्रालयले जनाएको छ ।
    आयोजनाबाट प्रभावित क्षेत्रका करिब ६० हजार रोपनीको मुआब्जा वितरण गर्नुपर्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।  हाल डुवान क्षेत्रको ग्रामीण वस्तीको मुआब्जा निर्धारण भइसकेको छ भने आरुघाट, आरुखेत र खहरे बजारको मुआब्जा निर्धारण अझै हुन सकेको छैन ।  संयोजक कार्कीले भन्नुभयो, —“यस अघि नै मुआब्जा निर्धारण भइसकेको क्षेत्रका बासिन्दालाई रकम वितरण गर्न हामी सक्रिय रूपमा लागि रहेका छौँ ।  आरुघाट, खहरे र आरुखेत बजारको मुआब्जा निर्धारण गर्न गोरखा र धादिङका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी, मालपोत, भवन निर्माण लगायतका सरोकारवाला निकायका प्रतिनिधित्व रहने गरी एउटा अध्ययन समिति निर्माण गरिएको छ ।  त्यो समितिले प्रतिवेदन दिएपछि राजनीतिक उच्च तहमा छलफल गरेर त्यसको काम पनि तत्कालै अघि बढाइने भएको छ । ” ऊर्जा मन्त्रालयबाट बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि समन्वयकर्ताको भूमिकामा रहनुभएका  सहसचिव चिरिञ्जीबी चटौतले भन्नुभयो, —“मन्त्रालयले मुआब्जाको विषयलाई छिटो भन्दा छिटो टुङ्ग्याउने प्रयास गरिरहेको छ ।  यसका लागि इकाईलाई प्रभावकारी रूपमा परिचालन गर्ने र थप रकम माग गर्नुपर्ने भएमा अर्थ मन्त्रालयसँग समन्वय गरेर रकम निकासाका लागि भूमिका खेल्ने योजना बनाएको छ । ”
    एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)  अनुसार आयोजना निर्माणका लागि दुई खर्ब ५५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।  आयोजना बनेपछि १५ वर्षसम्म बार्षिक ६२ करोड २७ लाख रुपियाँ राजस्व आम्दानी हुने र पछिल्ला वर्षमा बार्षिक रूपमा तीन अर्ब ७१ करोड रुपियाँ भन्दाबढी राजस्व आम्दानी हुने अपेक्षा राखिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.