- म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा र बझाङमा भैरवबहादुर सिंह निर्वाचित
मंसिर २२, २०७४-प्रतिनिधिसभा निर्वाचनको घोषित परिणामअनुसार एमालेले थप दुई स्थान जितेको छ ।
म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा र बझाङमा एमालेकै भैरवबहादुर सिंह निर्वाचित भएका छन् । म्याग्दीमा थापालदे २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए ।
बझाङमा एमालेका सिंहले ३४ हजार ६ सय १२ मत पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत पाए ।
ekantipur


