×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिँदै ट्रम्प

  •  
  • बुधबार, मङि्सर २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    वरिष्ठ अमेरिकी अधिकारीहरुले राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई बुधवार अबेर इजरेलको राजधानीको रुपमा मान्यता दिने बताएका छन्।

    उनले अमेरिकी विदेश मन्त्रालयलाई तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसलेममा सार्न पनि निर्देशन दिनेछन्।

    उक्त निर्णयले उक्त विवादित शहरबारेको वर्षौंयताको अमेरिकी नीतिलाई तोड्नुका साथै अन्तर्राष्ट्रिय सहमति समेत उल्लंघन गर्नेछ।

    अरब देशहरुले उक्त कदमले मुसलमान विश्वमा हिंसालाई बढावा दिनसक्ने चेतावनी दिएका छन्।

    तर अमेरिकी अधिकारीहरुले चाहिँ जेरुसलेम इजरेलको राजधानी भएको यथार्थलाई राष्ट्रपति ट्रम्पले स्वीकार मात्रै गर्न लागेको जनाएका छन्।

    प्यालेस्टाइनले पनि जेरुसलेमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ।

    राष्ट्रपति ट्रम्पले गर्न लागेको भनिएको घोषणाले मध्यपूर्वमा शान्तिका लागि मध्यस्थता गर्ने उनको प्रयासमा नै धक्का पुर्याउनसक्ने देखिन्छ।

    ट्रम्प

    राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा इजरेल समर्थक मतदाताहरुसँग गरेको वाचा पूरा गर्ने योजना बनाइरहेको देखिन्छ।

    त्यसक्रममा उनले इजरेल प्यालेस्टाइन तनावको सबैभन्दा संवेदनशील विषय जेरुसलेमको हैसियतकाबारेमा उनले आफ्नो धारणा राख्न गइरहेका छन्।

    उनको प्रशासनका उच्च अधिकारीहरु ट्रम्पले जेरुसलेम इजरेलको राजधानीका रुपमा काम गरिरहेको यथार्थलाई स्वीकार मात्रै गर्न लागेको बताउँछन्।

    अमेरिकी संसदले २२ वर्षदेखि त्यस्तो कदम चाल्न भनिरहेको थियो तर विगतका अमेरिकी राष्ट्रपतिहरुले त्यस्तो नगर्ने अडान लिइरहेका थिए।

    उनीहरुले जेरुसलेमको भविष्य लेनदेनका आधारमा तय गरिने समझदारीबाट टुङ्गो लगाइनुपर्नेमा एकमत रहँदै आएका थिए।

    एकजना अमेरिकी अधिकारीले उक्त निर्णय रोक्दा पनि शान्ति प्रयासलाई अघि बढाउन कुनै उपलब्धी हासिल नभएको बताए।

    तर संयुक्त राष्ट्रसंघ, युरोप र अरब विश्वले लामो समयदेखि त्यसले द्वन्द्व रोक्ने बताउँदै आएका छन्।

    जेरुसलेमलाई लिएर इजरेल र प्यालेस्टाइनबीच विवाद मात्रै छैन दुवै देशले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।

    मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन्।

    इस्लामका धार्मिक स्थलको सुरक्षाको अभिभारा सम्हालिरहेका जोर्डन र साउदी अरेबियाले कडा चेतावनी दिँदै जेरुसलेमलाई इजरेली राजधानीको रुपमा मान्यता दिने कदमले मुसलमान विश्वमा तनाव बढाउनसक्ने चेतावनी दिएका छन्।

    तेल अभिभ

    तर ट्रम्प प्रशासनका अधिकारीहरु चाहिँ नयाँ निर्णयले धार्मिक स्थलहरुलाई कुनै प्रभाव नपार्ने र सिमाना तथा सार्वभौमसत्ता जस्ता विषय निर्धारण नगर्ने बताउँछन्।

    उनीहरु भन्छन् राष्ट्रपति ट्रम्पले अरब नेताहरुसँग विस्तृत कुराकानी गरेका छन् र शान्ति कायम गर्ने एउटा सम्झौताको वातावरण बनाउन उनी प्रतिबद्ध रहेका छन्।

    राष्ट्रपति ट्रम्प त्यस्तो समझदारी कायम हुनेमा आशावादी रहेको पनि उनीहरुको भनाइ छ।

    जेरुसलेममाथिको इजरेली सार्वभौमसत्ता अन्तर्राष्ट्रिय स्तरबाट हालसम्म स्वीकार गरिएको छैन र इजरेलको सबैभन्दा नजिकको साझेदार रहेको अमेरिका सहित सबै देशहरुले तेल अभिभमा आफ्ना दूतावास राखेका छन्।

    सन् १९६७ यता इजरेलले पूर्वी जेरुसलेममा दर्जनौं बस्तीहरु बनाएको छ जहाँ करिब दुई लाख यहुदीहरुको बसोबास छ।

    अन्तर्राष्ट्रिय कानुन अनुसार ती बस्तीहरु गैरकानूनी मानिन्छन् तर इजरेलले त्यसलाई अस्वीकार गर्ने गरेको छ।

    जेरुसलेमले अमेरिकाबाट इजरेली राजधानीको मान्यता पायो भने ती वस्तीहरु वैधानिक रहेको भन्ने इजरेलको दाबीलाई बल पुग्ने देखिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.