×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आचारसंहिता उल्लंघन: कारबाही भएन

  •  
  • बुधबार, मङि्सर २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेको भन्दै निर्वाचन आयोगको तीब्र आलोचना भइरहे पनि त्यसमाथि परेका उजुरीमा कसैलाई पनि कारबाही नगरिएको आयोगका अधिकारीले बताएका छन्।

    आचारसंहिता लागु गराउने आयोगमात्र होइन, पालना गर्नुपर्ने सरकारी निकाय र दलहरुमा समेत देखिएको हेपाहा प्रवृत्तिका कारण उल्लंघनका घटना बढेको विज्ञहरुको भनाई छ।

    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिता सम्बन्धी कानूनमा नै सुधारको आवश्यकता रहेको बताएका छन्।

    आचारसंहिता उल्लंघनका विभिन्न ८० प्रकारका उजुरी निर्वाचन आयोगमा परेका थिए।

    त्यसमा स्पष्टिकरण सोध्ने, सम्बन्धित पक्षलाई पत्राचार गर्ने, जस्ता काम भएपनि कारबाही कसैलाई नगरिएको निर्वाचन आयोगका सह न्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले बताए।

    उनले भने , “हामीले स्पष्टिकरण सोध्यौं। कति कुरा बदर गर्न निर्णय पनि गर्यौं। तर जरिवाना वा उम्मेदवारी रद्द गर्ने जस्ता कारबाही भने भएको छैन।”

    आचारसंहिता उल्लंघन गरेकाहरुलाई एकलाख रुपैँयासम्म जरिवाना गर्ने र उम्मेदवारी नै रद्द गर्ने सम्मको अधिकार निर्वाचन आयोगलाई छ।

    तर स्थानीय तह निर्वाचनदेखि पहिलो र दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका बेला पनि लगातार उल्लंघनका घटनाहरु दोहोरिए।

    विज्ञहरु भन्छन् आचारसंहिता उल्लंघनका घटनाहरु नरोकिनुमा आयोगमात्र एक्लो जिम्मेवार निकाय भने होइन।

    निर्वाचन आयोगका पूर्व आयुक्त दोलखबहादुर गुरुङ भन्छन्, “सरकारले उल्लंघन गरेको छ। ठूला दलहरुले गरेका छन्। उनीहरुलाई कसले कारबाही गर्ने ? सरकार अटेरी छ। ठूला दलहरुको हेपाई छ। हामीलाई कसले के गर्न सक्छ ? हामीले नै गर्न सक्छौं भन्ने दम्भ छ।”

    उनका अनुसार जिल्लामा अनुगमनकर्तादेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई कारबाही गर्ने अधिकार दिइए पनि कसैले हिम्मत नगर्नु अर्को समस्या हो।

    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आचारसंहिता सम्बन्धी कानुनमा नै सुधारको आवश्यकता देख्छन्।

    उनी भन्छन्, “सबै कुरामा सुधार गर्नुपर्छ। निर्वाचन प्रणालीमा नै सुधारको खाँचो छ। क्रमश: कानूनमा सुधार गर्दै जानु पर्छ।”

    प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गर्ने जस्ता कार्य बारम्बार गरिनुलाई कतिपयले सरकारको हेपाहा प्रवृत्ति भनेका थिए।

    तर तुल, ब्यानर हटाउने जस्ता आचारसंहिता उल्लंघनका सामान्य मानिने घटना समेत रोक्न नसक्नुलाई कतिपयले आयोग अधिकारीहरुको लाचारी भनेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.