कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर १८ गते । दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज राति १२ बजेबाट मौनअवधि सुरु हुदैछ । त्यसअघि तिन शिर्ष नेताहरुले अन्तिम प्रचार प्रसारमा व्यस्त हुने भएका छन् । उनिहरुको दिनभरीको कार्य कार्यतालिका यस्तो रहेको छ ।
शेरबहादुर देउवा
कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज डडेलधुरामा अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डडेलधुराको अमरगढीमा हुने सभालाई सम्बोधनपछि देउवाले केही समय घरदैलो पनि गर्नेछन् । उनी आज गृहजिल्लामै बस्नेछन् । देउवा बिहीबार मतदान सकेर मात्रै काठमाडौं फर्किने छ ।

केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौं क्षेत्र नम्बर ४,५ को बाम गठबन्धनको चुनावीसभालाई कपन र बसुन्धरामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि ओलीले आजै भक्तपुर निर्वाचन क्षेत्र नं २ को चुनावी सभालाई पनि सम्बोधन गर्ने छ ।

पुष्पकमल दाहाल
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्डले आज चितवनको विभिन्न कार्यक्रममा सहभागि हुदै छ । दाहालले आजै आज भरतपुर महानगरपालिकामा गाडीको हुटमा बसेर जनतालाई अभिवादन गर्ने रोड सो कार्यक्रम पनि रहेको छ । दाहालले आजै चितवनको टाडीमा हुने सभामालाई संबोधन गर्ने छ ।
आजै राती देखी लागु हुने मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न पाइने छैन ।
४५ जिल्लामा प्रतिनिधिसभाका लागि १ सय २८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६ सय ६३ तथा प्रदेशसभा सदस्यतर्फ २ सय ५६ क्षेत्रबाट २ हजार ८ सय १९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छ ।
यसअघि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ ।


