गोरखा समाचारदाता
मंसिर १७ गते । प्रथम गोरखकाली मेलाको तयारी तिब्र रुपमा भइरहेको आयोजक हरमटारी क्लबले जनाएको छ । शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी मेलाको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको बताएको छ । ‘मेला गर्न हाम्रो आन्तिरक तयारी सकिएको छ, अब बाहिरी तयारीमा लाग्दैछौ’ आयोजक क्लबका अध्यक्ष बिशाल गुरुङले भने ।
‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्धन पहिलो गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ पौष ७ गते देखि १४ गतेसम्म सदरमुकाम स्थित खेलकुद मैदानमा मेला हुने अध्यक्ष गुरुङको भनाई छ ।
भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्धनका लागि मेला गर्न लागेको बताएको छ । ‘मेला गर्नुको मुख्य उदेश्य नै गोरखामा रहेका बिभिन्न जातजाती, धर्मको भाषा, संस्कृति लगायतको पहिचान गराउने हो र तिनको संरक्षणमा सहयोग पुगोस भन्ने हो’ क्लबका बिक्रम बस्नेत भने ।
मेला अवधिभर लोकदोहोरी, हास्यब्यंग्य, पप गायक, आधुनिक लगायत गरि ५० जना राष्ट्रिय कलाकारको प्रस्तुती रहने क्लबले जनाएको छ । करिब ५० हजार आन्तरिक तथा बाह्य दर्शक भित्राउने लक्ष्य सहित हुन लागेको मेलामा ८० वटा स्टल रहने बताइएको छ । करिब ४६ लाख खर्च अनुमान गरिएको मेलाको बाल उद्यान, साँस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शनी मुख्य आकर्षण रहेको क्लबका बस्नेत बताउछन् । ‘हामीले ४६ लाख खर्च हुने अनुमान गरेका छौ, गोरखामा हुने गरेका मेला महोत्सव भन्दा केही फरक ढंगबाट यो मेला गर्ने कोसिसमा छौ’
मेला अबधी भर क्लबमा अवद्ध भएका १ सय ५० स्वयमसेवक खटाउने तयारी गरेको क्लबले शान्ति सुरक्षालाई ध्यानमा राखेर खेलकुद मैदान परिसर र आसपासमा सिसि क्यामेरा समेत जडान गर्ने बताएको छ । मेलाबाट १० लाख आम्दानी गर्ने लक्ष्य राखेको क्लबका किरण ढकालले बताएका छन् । ‘हामीले १० लाख नाफा हुन्छ भन्ने अनुमान गरेका छौ, त्यो रकम सामाजिक कार्यमा खर्च गर्ने हाम्रो सोच छ’ ढकालले भने ।
नाफा भएको केही रकम जिल्लामा रहेको मानवसेवा आश्रमका अनाथ बालबालिकाको हितका लागि खर्च गर्ने क्लबले योजना बनाएको पत्रकार सम्मेलनमा बताएको छ । साथै मेलाबाट नाफा भएको रकमबाटै गोरखकाली कपको पाँचौ संस्करण आयोजना गर्ने क्लबको तयारी छ । हालसम्म मेला आयोजना गर्न कतैबाट सहयोग रकम प्राप्त नभएको र बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग सहयोगका लागि आग्रह गरिएको क्लबले जनाएको छ । मेला आयोजनाको तयारीका लागि क्लबका अध्यक्ष बिशाल गुरुङको संयोजकत्वको मुल आयोजक समिती सहित बिभिन्न उपसमिती समेत गठन भइसकेको क्लबका जिवन गुरुङले बताएका छन् ।
पौष ७ गते देखि प्रथम गोरखकाली मेला हुने, तयारी तिब्र रुपमा हुदै
पौष ७ गते देखि प्रथम गोरखकाली मेला हुने, तयारी तिब्र रुपमा हुदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



